माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अर्थात बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने बताएइको छ । एमाले संसदीय दलको बैठ कले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग औपचारिक रूपमा विश्वासको मत माग्ने र बैठकमा प्रस्ताव पेस गर्ने निर्णय भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संचारमाध्यमलाई जानकारी दिएका छन् ।
प्रदेशसभाको अहिलेको अंकगणितलाई लिएर कार्कीले विश्वासको मत पाउछन कि पाउदैनन भनेर चासो बढेको छ । कोशी प्रदेश सभामा ९३ सदस्यहरु छन्। हालको अवस्थामा सत्तारुढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेश सांसदको मुख्यमन्त्री कार्कीलाई समर्थन रहेको देखिएको छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ प्रदेश सांसद छन् । यसरि हेर्दा मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा बहुमत पुर्याउन एक जना प्रदेश सांसद अपुग देखिएको छ । विश्वासको मतका लागि भने दुई जना प्रदेश सांसद आवश्यक छ ।
मुख्य हिक्मत कार्की विश्वासको मत लिएर सरकार बचाउने दौडमा छन् भने गठबन्धन दलले कार्कीले लिने विश्वासको मत विफल बनाउने जोडदार तयारीमा छन् ।