विराटनगरमा गत साता एक मजदुरलाई ज्यान मार्ने गरी कुटपिट गरेको आरोपमा मोरङका आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दामा दर्ता गराई कानुनी कारबाही अगाडि बढाएको छ । असार २० गते बुधबार विराटनगर महानगरपालिका ४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक पवन साहलाई कारमा सवार आयुष भेटुवालले कुटपिट गरेर ढालेका थिए । साह ढलेपछि भेटुवालले साहलाई घिसारेर सडक छेउमा फालेको भिडियो सामाजिक सञ्जालमा यतिबेला छ्याप्तछ्याप्ती फैलिएको छ ।
सोही घटनाबारे अनुसन्धान अगाडि बढाउने क्रममा प्रहरीले भेटुवाललाई नियन्त्रणमा लिएको हो । कुटपिटमा संलग्न अरु दुई जना १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की हालसम्म फरार छन् ।
विराटनगर महानगरपालिका ६ बस्ने २७ वर्षीय पवन साह सो दिन रातको साढे आठ बजेतिर आरति स्टिलमा आफ्नो काम सकेर फर्कदै थिए । सिसि क्यामेरामा देखिएको भिडीयोमा विपरीत दिशाबाट जाँदै गरेको बा. १५ च ३४४५ नम्बरको कारमा सवार एक पुरुषले कारबाट झरी साइकलमा सवार पवन शाहलाई मरणासन्न हुने गरी मुक्का प्रहार गरी ढलाएका छन् । साह ढलेपछि उनलाई घिसारेर सडक छेउमा लागि लापता अवस्थामा छाडेर ती युवाहरु त्यहाबाट फरार भएका थिए । सोहि कारमा १९ वर्षीय आयुष भेटुवाल, १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुम घर भएका ३० वर्षीय रोशन कार्की सवार थिए ।
घाइते बनाएको विषयमा पीडकहरूमध्ये आयुष भेटुवाललाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडि बढाएको हो । सोही घटनामा संलग्न रही फरार रहेका वर्षीय कुशल भेटुवाल र रोशन कार्कीको जिल्ला प्रशासन कार्यालय मोरङले खोजतलास गरिरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । सामजिक संजालमा यतिबेला आक्रमणकारीहरुलाई कडाभन्दा कडाको सजाय माग गर्न थलिएको छ ।
त्यसो त कारमा सवार धनीमानीहरुको यस प्रकारको रवाफ नौलो भने होइन । यहि रवाफलाई झनै प्रेरित गर्ने न्यायालयको रवाफ पनि देखिएकै हो । रक्सीले मातेर कार चलाई त्यसको ठक्करबाट ३५ वर्षीय मजदुर मारेका प्रदेश सांसदका छोरालाई अदालतले दिएको उन्मुक्ति त्यसको एक उदाहरण ह। यो घटनामा पनि दोषीलाई उन्मुक्ति दिने प्रयास नहोला भन्न सकिन्न । त्यसो भएमा यो देशमा यहि देशका जनता सुरक्षित छैन भन्ने नजिर प्रमाणित हुनेछ । त्यसैले पवन शाहलाई मरणासन्न हुने गरी कुट्पिट गर्ने मानवरुपी दानवलाई हदै सम्मको कारवाही होस् ,