इटहरी – आफ्नो मालिकले गरेको ठगी धन्दामा फसाइएका भनिएका इटहरी तरहराका लाल बहादुर विश्वकर्माको पक्षमा इटहरीमा प्रदर्शन भएको छ । जाहेरीवाला लगायत उनका मालिकले बकपत्र मै उनी निर्दोष भनको तथा सम्पूर्ण समाजले नै निर्दोष ठम्याएको मजदुर लाल बहादुरलाई यति ठुलो सजाय न्यायोचित नभएको भन्दा लाल बहादुरका गाउँलेहरुको नेतृत्वमा प्रदर्शन गरिएको हो । प्रदर्शन र र्यालीसंगै उनीहरुले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई पिडितको लागि चासो देखौन अनुरोध गर्दै ज्ञापन पत्र पनि बुझाएका थिए । प्रदर्शनमा लाल बहादुरका गाउँलेहरुलाई ऐक्यबद्धता जनाउन नागरिक समाज , मजदुर , राजनीतिज्ञ , युवायुवती तथा स्थानिय व्यापारीहरु र जाहेरवालाहरुको को समेत उपस्थिति रहेको थियो।
जिल्लाले गरेको त्यही फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दासमेत फैसला नभएपछि लालबहादुरको पक्षमा देशका विभिन्ना स्थानमा प्रदर्शन भैरहेको छ । सामाजिक संजालमा पनि लाल बाहदुरका न्यायको लागि ब्यापक माग गरिएको छ ।
सुनसरी जिल्ला अदालतको आदेशपछि सुनुवाइको पर्खाइमा लालबहादुर छ महिनादेखि रामधुनीस्थित क्षेत्रीय कारागार झुम्कामा छन् । इटहरी–२० मा २०७२ देखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा गहना बनाउने लालबहादुरलाई अदालतले ठगी गरेको भन्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगीको अर्को मुद्दामा ७० हजार जरिवानासहित डेढ वर्ष कैद तोकेको थियो ।
उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने भएकाले लालबहादुरको मुद्दामा सुनुवाइ सर्दै आएकाे छ । हाल सम्म उनको ८ वटा पेशी मध्ये २ वटा मात्र सुनुवाई भएको छ।