अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताए । फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारणपनि औषधि क्षेत्रमा समस्या रहेको बताए ।
उनले भने , ‘देशभरका फामेर्सीहरुको अनुगमन गर्ने कार्यक्रम राखेका छौं । त्यसै अनुरुप काठमाडौं उपत्यकाका फार्मेसीहरुको अनुगमन गर्न लागेका हौं । एउटा टोलीले तीनदेखि पाँच वटा फार्मेसीको अनुगमन गर्नेछ । फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका छन् । कतिपय फार्मेसीहरु स्वीकृत बिना सञ्चालन भइरहेको भन्ने गुनासो आएको छ । फार्मेसीमा परिवारका सदस्यहरुलाई राख्ने गरेको समेत गुनासो प्राप्त भएको छ ।’ ‘औषधि बिक्री वितरतणमा अराजक स्थिति सृजना भयो । हाइडोजका औषधिहरु जाने भए । लागुुऔषध औषधिहरु पनि गलत तरिकाले वितरण हुन थाल्यो, एन्टीबायोटिक औषधिहरु चिकित्सकहरुको प्रेष्कृप्सन बिना बिक्री हुन थाल्यो भन्ने गुनासो प्राप्त भएपछि यी गुनासा नियन्त्रण गर्नका लागि निरीक्षणको काम शुरु गर्न खोजेका हौं ।’
मन्त्री बस्नेतले फार्मेसी नभएर लाइसेन्स प्राप्त फर्मासिस्टको प्रमाणपत्र झुन्डाइएको अवस्था देखिएको बताए ।