प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गर्न माग गरेका हुन् ।
उनले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउ छोराको संलग्नता रहेको आरोप लगाउदै महारा र उनका छोरामाथि छानबिन गर्न माग गरेका छन् ।
उनले भने,, ‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ ।”
उनले प्रश्न गरे , ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने?’