विराटनगर – विराटनगरमा “गलत/भ्रामक सूचना सम्बन्धी बुझाइ र यस विरुद्धको लडाईं” विषयक दुई दिवसीय प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । युथ इन्नोभेसन ल्याबद्वारा नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरिएको कार्यशालामा पत्रकार, ब्लगर, भ्लगर, सूचना सामग्री निर्माता तथा युवा सहित २० जनाको सहभागीता रहेको थियो ।
आजको डिजिटल युगमा गलत\भ्रामक सूचनाबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न सहभागीहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गर्नु कार्यशालाको रहेको उद्देश्य थियो। कार्यशालाका सहभागीहरूलाई नेपालका पत्रकारहरूको क्षेत्रगत विज्ञ समूहद्वारा तयार पारिएको अन्तरक्रियात्मक ई–लर्निङ पोर्टल “शिक्षा डट ओआरजी” shikshya.org का बारेमा जानकारी प्रदान गरिएको थियो।
कार्यशालाका क्रममा सहभागीहरूले गलत\भ्रामक सूचनाको वृद्धिका कारण सूचना सामग्री निर्माताहरूले सामना गर्नुपरेका वास्तविक जीवनका चुनौतीहरूबारे छलफल गर्नुका साथै अभ्यास (व्यावहारिक) र अनलाइन सिकाइ विधि सम्बन्धी दुवै सत्रमा भाग लिएका थिए।
कार्यशालाले नेपालको विकसित मिडिया परिदृश्यलाई मार्गदर्श, सत्यतथ्य जाँच र मिडिया साक्षरता , पूर्वाग्रह तोड्ने, गलत सूचना र भ्रामक सूचना विरुद्ध लड्न कानूनी तथा नियामकीय अवधारणा लगायत विषयमा प्रशिक्षण गराइएको थियो ।
अन्तरक्रियात्मक सत्रका क्रममा सहभागीहरूले परम्परागत र नयाँ मिडिया मार्फत फैलाइने भ्रामक सूचना पहिचान र मूल्याङ्कन गर्ने गलत सूचना विरुद्धको लडाईंमा सत्यतथ्य जाँच र मिडिया साक्षरता अत्यावश्यक औजारका रूपमा दिँदै सहभागीहरूलाई नेपाली मिडिया परिदृश्यभित्रका उत्कृष्ट अभ्यासहरूबारे अवगत गराइएको थियो।
छलफल सत्रमा आफ्नो मन्तव्य राख्दै मुख्य प्रशिक्षक तथा मोड्युल सामग्री निर्माता राजन पोखरेलले परम्परागत सञ्चार माध्यमको भूमिकामाथि प्रकाश पार्दै त्यसमा रहेका रिक्ततालाई सम्बोधन गर्न नयाँ प्रविधिहरू अपनाउनुपर्नेमा जोड
दिए । साथै, उनले यसका लागि तयार पारिएको पाठ्यक्रमले विकसित मिडिया परिदृश्यलाई प्रभावकारी रूपमा बुझ्न र नेपालमा गलत÷भ्रामक सूचना विरुद्ध लड्न मानिसहरूलाई सक्षम बनाउने विश्वास व्यक्त गरे ।
युथ इन्नोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले मानिसहरूलाई सशक्तीकरण गर्न र शिक्षित बनाउन “शिक्षा डट ओआरजी” shikshya.org प्लेटफर्मको महत्वमाथि प्रकाश परेका थिए । उनले सुसूचित, शिक्षित र सशक्त समाज निर्माणका गर्न यस पाठ्यक्रमले सञ्चार अनुरागी, सर्वसाधारण र विद्यार्थीहरूका लागि एउटा महत्वपूर्ण सिकाइ स्रोतको भूमिका खेल्ने बताएका थिए ।