विराटनगरस्थीत नेपाल विजनेस कलेजमा अध्ययनरत विद्यार्थी अंसप्रसा कुमारी जैसवाल अध्ययनको शिलशिलामा अमेरिका जान लगेकोमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ। उक्त कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष डा. भेष प्रसाद धमलाले उज्ज्वल भविष्यको कामना सहीत खादा ओढाई विदाई गरेका थिए ।
नेपाल बिजनेस कलेजमा अध्ययनरत विद्यार्थी अंसप्रसाको अमेरिका स्थीत नेब्रस्का वेस्लेयन विश्वविद्यालय ( Nebraska Wesleyan University, Saint Paul Avenue, Lincoln, NE ) ले क्रेडिट ट्रान्सफर ( Credit ट्रांस्फेर ) स्विकृत गरेको छ। बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी जैसवालको Bachelor’s in Business & Accounting program मा ७o% छात्रवृत्ति सहीत क्रेडिट ट्रान्सफर (Credit Transfer) भएको कलेजले जनाएको छ।
एक देश बाट अर्को देश, एक विश्वविद्यालयबाट अर्को विश्वविद्यालयमा अधयन निरन्तरता को सुनिश्चिता हुनु नै क्रेडिट ट्रान्सफर हुनु हो । जैसवालले बिबिएमा हाल सम्म अध्ययन पुरा गरेको विषयहरु पुन: पढ्नु नपर्ने गरी क्रेडिट ट्रान्सफर भएको हो। यस कलेजमा हाल सम्म अध्ययन पुरा गरेका ७o % भन्दा बढी विद्यार्थीहरु विभिन्न रोजगारि तथा वैदेशिक अध्ययनमा रहेका छन । लिंकन युनिभर्सिटी कलेज , मलेसिया (Lincon University College, Malaysia ) बाट सम्बधन प्राप्त विराटनगरस्थित नेपाल विजनेस कलेजमा हाल बिबिए , बिआइटि र एमबीए पढाइ भइरहेको छ ।