विराटनगर – विराटनगरको विकल्प एन अल्टरनेटिभले ‘ एसिया लिवर्टि अवार्ड २०२३ ‘ जितेको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा ३० भन्दा बढि देशबाट आएका १५० भन्दा बढि प्रतिनिधिहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममा विकल्पलाई १० हजार अमेरिकी डलर रकम पुरस्कार रहेको सो अवार्ड विहिबार प्रदान गरिएको हो । अवार्ड विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले ग्रहण गरेका थिए । नेपालको पूर्वी क्षेत्रमा लाइसेन्सको समस्या समाधान गर्नको निम्ति विकल्पको भूमिकालाई मध्यनजर गरेर एसिया लिबर्टी एवार्ड २०२३ विकल्पले जितेको हो । एसिया लिबर्टी अवार्ड २०२३ फाइनलिस्टका लागि नेपालबाट विकल्प एन अल्टरनेटिभ सहित इन्डोनेसियाको पोलिसी स्टडिज र फाउन्डेसन फर इकोनोमिक फ्रिडम फिलिपिन्ससँग छनोट भएको थियो ।
विगत सात बर्ष देखि विकल्पले मोटरसाइकलको कर र लाइसेन्सको बिषयमा निरन्तर आवाज उठाउदै आएको थियो । विकल्पले लेखहरु मार्फत नागरिकहरुलाई सुसुचित गराउने उद्धेश्यले विभिन्न माध्यमबाट लेखहरु प्रकाशित गरेको थियो भने यसै बिषयसंग सम्बन्धित रही डकुमेन्ट्री, छोटो लघुचित्र, कमेण्टरि र लाइसेन्स पाउनबाट बन्चित सवारीचालकहरु सित अन्तर्वार्ता गरी विभिन्न समयमा प्रशारण गरेको थियो जसले मुद्दालाइ धेरै मानिसहरु समक्ष पुर्याई सचेतना जगाउन मद्दत पुर्यायो । विभिन्न सडक संघर्स जस्ता अन्य दवावमुलक कदमका कारण कुनैबेला मोटरबाइकको लाइसेन्सको अनलाइन एपोइण्ट्मेण्ट लिन मात्र पनि १ देखि दुइ बर्ष लाग्ने अवस्थालाइ अन्त्य गरि एक देखि २ हफ्ता भित्र सहजै लाइसेन्स पाउने बाताबरण सिर्जना गरिदियो l जसले मानिसहरुको समय र पैसाको बचत गर्न मद्दत पुर्यायो भने लाइसेन्स लिन टाडा धाउनु पर्ने बाध्यतालाइ अन्त्य गरिदियो l त्यसैगरी बिचौलिया र दलालहरुलाई धेरै रकम खुवाउनु पर्ने स्थितिको अन्त्य भयो l मानिसहरु अनावस्यक ट्राफिकलाइ देखेर भाग्नु परेन, उनीहरुको गालि र हप्कीदप्की खानु पर्ने र जरिवाना रकम तिरिराख्नु पर्ने स्थिति रहेन l लाइसेन्स नभएकै कारण जागिर गुमाउनु पर्ने वा जेल जीवन भोग्नु पर्ने स्थितिलाइ पनि टारीदिएको छ ।
लाइसेन्स पाउने व्यवस्था सहज हुनुपर्दछ भनेर विकल्पले विराटनगरमा सर्वसाधारण तथा सरोकार वाला निकायहरुलाइ निरन्तर सचेत गराई रह्यो। पुर्वमा लाइसेन्सको समस्या समाधान गर्नको निम्ति विकल्पको भूमिकालाई मध्यनजर गरेर एसिया लिबर्टी एवार्ड २०२३ विकल्पले जितेको विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले बताएका छन् ।
एट्लास नेटवर्कले समुदायमा समृद्धि, नवीनता र मानव हक हित र मर्यादाको विषयमा काम गर्दै आएको संस्थालाई मुल्याङकन गर्दै प्रत्येक वर्ष एसिया लिवर्टि अवार्डले सम्मान गर्ने गर्दछ । टेम्पलटन फ्रिडम अवार्ड प्राइज कार्यक्रमको एक भागको रूपमा एटलस नेटवर्कको क्षेत्रीय लिबर्टी अवार्डहरूले विश्वभरि स्वतन्त्रताको बुझाइमा महत्त्वपूर्ण योगदान पुर्याएका थिंक ट्याङ्कहरूलाई मान्यता दिन्छ।
एटलस नेटवर्कले अफ्रिका, एशिया, युरोप, ल्याटिन अमेरिका, मध्य पूर्व र उत्तर अफ्रिका र उत्तर अमेरिका मध्ये प्रत्येकबाट एक क्षेत्रीय लिबर्टी पुरस्कार विजेता चयन गर्छ । लामो समयदेखि चलिरहेका परियोजनाहरूमा केन्द्रित हुने प्राप्त आवेदनहरूको आधारमा जजहरुले विगत दुई वर्षभित्र हासिल गरेको प्रभावलाई विशेष रूपमा दस्तावेज गर्न सक्ने आवेदनहरूलाई प्राथमिकता दिई छनौट गरी विजेता चयन गर्दछन ।