अहिले दुर्गा प्रसाई नेपाली माडवाडी समूहको बिरुद्दमा खनिएको अवस्था छ भने, धेरै मानिसहरु लगायत नेपाली समाजमा बुद्धिजीवी कहलाइएका मानिसहरु समेत यसको समार्थानमा उत्रिनुको साथै मारवाडी समुदायलाई लखेट्नु पर्छ भन्ने जस्ता बहस सुरु गरेका छन् l कसै-कसैले त दुर्गा प्रसाईलाइ यो देशको बागडोर नै सुम्पिनु पर्ने भन्ने जस्ता तर्क अघि सार्न थालेका छन् l
आफुलाई यो देशको सच्चा नागरिक र राष्ट्रवादी भनेर घोसित गर्ने दुर्गा प्रसाई आफै कति नैतिक र इमान्दार छन् भन्ने कुरा समयले बताएपनि, उनको बिगतलाई केलाएर हेर्दा उनि त्यति विश्वशानीय मानिस हैनन् भन्ने देखिन्छ l मात्र केहि दशक अघिसम्म सरकारी रकम दुरुपयोग गरि भैसी पालन गर्ने मानिस कसरि ५ अर्ब ऋण पत्याउने मानिस बन्न पुगे भन्ने बिषय सोचनीय छ l जबकि यति छोटो समयमै नेपालमा बैधानिक रुपले यति धेरै सम्पति आर्जन गर्ने सहज अवस्था देखिदैन l उनि अवसरको पछाडी दगुर्ने हुन् भन्नेकुरा छोटो समयमा माओवादी हुदै, एमाले र अहिले राजतन्त्रको गुनगान गाउन सुरु गरेका व्यवहारले व्यक्त गर्दछ l
माडवाडी समुदाय मात्र हैन, फटाहा, बेइमान र अपराध मनोवृति बोकेका मानिसहरु संसारभरी जुनसुकै समुदायमा पनि हुन्छन् । मारवाडि समूहका केहि व्यक्तिहरुले गलत गरेका होलान, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनु पर्दछ l उनीहरु मात्र होइन, गलत गर्ने जो सुकै र जुनसुकै समुदायको मानिस किन नहोस, उसलाई कानुनी कारवाही हुनु पर्दछ। तर केहि ब्याक्तिले गरेको अपराधको भागिदार सिङ्गै समुदायलाइ बनाउन भने मिल्दैन l एउटा प्रसाईले फटाइ गर्यो भन्ने बित्तिकै सबै प्रसाईहरु फटाहा हुन भन्ने डिस्कोर्स सृजना गर्नु बेइमानी हो l
सन् १९२०-३० ताका जर्मनीका सबै समस्याका जरो यहुदीहरु हुन भन्ने प्रोपोगान्डा सिर्जना गरि नाजीहरु शक्तिमा आए l यस विषयलाई गोयबल्स र नाजीहरुले यसरि प्रचारित गरे कि अधिकांस जर्मन नागरिकहरुले नाजीहरुको साथ् दिए l बिगतको दिनमा यहुदीहरु संग मिलेर बसेका जर्मनहरुले आफ्ना यहुदी छिमेकिलाइ राष्ट्रिय शत्रुको रुपमा हेर्न थाले l फलस्वरूप राज्यलाई यहुदीहरु माथि अत्याचार गर्ने लाइसेन्स प्राप्त भयो, झन्डै ६० लाख यहुदीहरुले यातानागृहमा आफ्नो ज्यान गुमाए भने धेरै यहुदीहरु जर्मनीबाट पलायन भए l
यहुदीहरु दिमागका तीक्ष्ण हुन्छन भन्ने मान्यता छ, उनीहरु जहापनि रहन्छन ग्यान र सम्पति सृजना गर्दछन भन्ने कुरा तथ्यहरुले पनि उजागर गर्दछ l त्यसैगरि माडवाडीहरु ब्यापार गर्नमा माहिर हुन्छन भन्ने मान्यता नेपाली समाजमा व्याप्त छ र धेरै हदसम्म यो कुरा सहि प्रतित हुन्छ l आज नेपाली समाजको ब्यापारमा अन्य समुदायहरु प्रवेश गरेपनि बिगतका दिनमा नेवार तथा मारवाडी समुदायहरु नै ब्यापारमा आबद्द थिए, सम्पति कमाउने उपाय ब्यापार नै भएकोले निस्चयपनि केहि समुदायको हातमा सम्पति जम्मा हुन पुग्यो, जस्कारान समाजका आर्थिक, सामाजिक, राजनीतिक आदि केहि क्षेत्रमा उनीहरुको बर्चस्व हुन पुग्यो भने कसै-कसैले राज्य संयन्त्रलाइ आफ्नो हितको निम्ति उपयोग गरि आफ्नो स्वार्थ सिद्द गर्न थाले l केहि ब्याक्तिले गलत गरेपनि, यो देशको अर्थतन्त्र चलायमान बनाउन तथा स्वदेशमा उत्पादन तथा रोजगारी सिर्जना गर्न मारवाडी समुदायले खेलेको महत्वपूर्ण भूमिकालाइ भने नजरअन्दाज गर्न मिल्दैन l
सम्पति आर्जन गर्न सबै जनाको चाहना भएपनि सम्पति सृजना गर्ने मानिसहरुलाइ हेर्ने सामाजिक दृस्टीकोण भने सकारात्मक पाइदैन l यो कुरा नेपालमा मात्र नभएर प्राय संसारभरि नै पाइन्छ l यो इर्षा, धार्मिक तथा सामाजिक मूल्य-मान्यता वा बिशेस सिद्दान्तको कारणले गर्दा भएको हुन सक्छ l तर मेरो बुझाइमा जुन समाजले सम्पति सृजना गर्ने मानिसहरुलाई घृणा गर्दछ त्यो समाज कहिले पनि समृद्द हुन सक्दैन l
पैसा दुइ तरिकाले कमाउन सकिन्छ, एउटा सेवा दिएर, अर्को लुटेर वा लुट्ने नीति-कानुनि आधार तयार गरेर, मारवाडी समुदाय उधम तथा ब्यापार गरि समाजलाई उपयोगिता सृजना गरि सम्पति आर्जन गर्ने वर्गमा पर्दछन l यदि उनीहरुले अरुको अहित नगरी सेवा दिएर सम्पति कमाएका हुन भने उनीहरु प्रति हामीले कुनै किसिमको रिस, राग, इर्स्या र द्वेस राख्नुको साटो मान सम्मान इज्जत दिन सक्नु पर्दछ l तर उनीहरुमद्धे कसैले गलत काम गरेर वा अरुको जिउ-धनमा नोक्सानी पुर्याउने काम गरि सम्पति सृजना गरेका छन् भने निसन्देह ति ब्याक्ति कारवाहीको भागिदार हुनु पर्दछ l
ऋषि धमलाको टेलिभिजन कार्यक्रममा पवन गोल्यान र दुर्गा प्रसाई बीच भएको भनाभन मा प्रसाईले गोल्यान समूहले ४ बर्ष सम्म राज्यको बिजुलीको महसुल नतिरेको आरोप लगाए l सो आरोप पवन गोल्यानले स्वीकारेको उनको अभिव्यक्तिले झल्काउदछ l यस बिषयलाई जनता माझ ल्याएकोमा दुर्गा प्रसाई धन्यवादको पात्र छन् र यसले राज्य कसरी सेटिङमा चल्छ भन्ने कुरा ब्यक्त गर्दछ l तर यहा बेइमानी गोल्यान मात्र नभएर राज्यका मानिसहरुको संलग्नता उतिकै देखिन्छ l यदि गोल्यान समुहले बदमासी गरिरहेको थियो भने, किन राज्य वा सम्बन्धित निकायले समयमा कारवाही गर्न सकेन l मेरो बुझाइमा सरकारका मानिसहरुको सहयोग र संलग्नता बिना कुनै पनि ब्यापारी वा अन्य मानिसहरुले लामो समयसम्म अपराधलाई निरन्तरता दिन सक्दैन l राज्य चलाउने मानिसहरु इमान्दार भएको खण्डमा धेरै अपराधहरू आफै समाप्त हुनेछन l राज्यको प्रमुख दायित्व २-४ जना स्वार्थ समूहको हितलाई संरक्षण गर्ने नभएर नागरिकहरुको जिउ-धनको रक्षा र उनीहरुको हितको निम्ति कार्य गर्नु हो l
आफ्नो संख्या ठुलो भयो भन्दैमा अल्पसंख्यामा रहेका मानिस वा समुदायलाइ हेप्नु वा होच्याउनु कदाचित न्यायसंगत हुन सक्दैन l अधिकारी वा प्रसाई थर हुने बित्तिकै उसको नागरिक अधिकार धेरै हुने र त्यो व्यक्ति राष्ट्रप्रेमको भावनाले ओतप्रोत हुने, अनि अग्रवाल वा गुप्ता हुने बित्तिकै उसले देशलाइ माया नगर्ने वा उसको नागरिक अधिकार कम हुने भन्ने हुदैन l अबैधानिक तवरले नागरिकता प्राप्त नगरेर बैधानिक तरिकाले प्राप्त गरेका जो कोहि नागरिकहरुको बराबर हक हुन्छ र उनीहरुले सम्मानपुर्वक नागरिक जीवन व्यतित गर्न पाउनु पर्छ जबसम्म उसले देश र समाजको अहित हुने कार्य गर्दैन l
अहिले नेपालमा जातिय, धार्मिक, सामुदायिक सबै किसिमका अतिवादले प्रसय पाएको अवस्था छ l यस किसिमको अतिवाद निकै घातक हुन सक्छ भन्ने कुरा बिगतको इतिहासले ब्यक्त गर्दछ l त्यसैले कुनै पनि अतिवाद, लोकप्रियवाद र त्यस किसिमका नारा तथा मुद्दालाइ निस्तेज पार्नु आजको नेपाली समाजको आवस्यकता हो l सामाजिक संजालको ठुलो उपयोगिता भएपनि हिजो आज सामाजिक साद्भावलाइ खल्बलाउन सामाजिक संजालले नै ठुलो भूमिका खेलेको छ, जसकारण संबेदनशील बिषय प्रति आफु जिम्मेवार हुने र अरुलाई जिम्मेवार र जवाफदेही बनाउनको निम्ति पहल गर्न आवस्यक देखिन्छ l समाज २-४ जना खराब ब्याक्तिको कारणले मात्र बिग्रदैन, समाज त्यसबेला बिग्रन्छ, जतिबेला असल मानिसहरु चुप लागेर वा त्यसकुरालाइ सहेर बसिदिन्छन।
फेरीपनि भन्छु, अरु सबै समुदायमा जस्तै, मारवाडी समुदायमा पनि केहि व्यक्तिले देश र समाजको अहित हुने काम गरेका होलान l दुर्गा प्रसाइले भने जस्तो ब्यान्किंग क्षेत्रमा एकाधिकार जमाएर कर्जा र ब्याज माथि आफ्नो नियन्त्रण राखेका होलान l राज्यको संयन्त्र र मानिसहरुलाइ मिलाएर कर छली गरेका होलान, मिसावट गरि फाइदा आर्जन गरेका होलान l तर यसो भयो भन्दैमा सबै समुदायलाइ भने प्रहार गर्नु न्यायोचित हुदैन l कुनै बिशेस समुदायलाइ टार्गेट गर्नु भन्दापनि, गलत मानिसहरुलाई राज्य तथा समाज कसैले पनि प्रसय दिनु हुदैन, उनीहरुलाइ कानिनी कारवाहीको दायरामा ल्याइनु पर्दछ चाहे त्यो जो सुकै र जुनसुकै जाति तथा समुदायको किन नहोस भन्ने बहस महत्वपुर्ण छ l