विराटनगर । समाजवादी मोर्चा, नेपालले जिल्ला स्तरीय सन्देशसभाको आयोजना गर्ने भएको छ । असोज २५ गते बिहान ११ः३० बजेदेखि मोरङको रंगेलीमा मोर्चाको जिल्ला स्तरिय सन्देश सभाको आयोजना गर्ने भएको हो ।
समाजावादी मोर्चा नेपालले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र चार पार्टीका केन्द्र नेताले सम्बोधन गर्ने जानकारी दिएको छ ।
समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।