विराटनगर – यो समाचार तयार गर्दै गर्दा गायक सुगम पोखरेलले भुइचालोले मृत्यु भएकाको सम्झनामा मौनधारण गर्न खोज्दा त्यसलाई वेवास्ता गरेपछिको प्रतिक्रिया भएको भिडियोमार्फत बताएका छन् । उनले नेपाली समाज यति संवेदनहिन भएको हो र ? भनेर प्रश्न गर्दै नेपाली मनहरुलाई चित्त दुखाउन नचाहेको बताएका छन् । उनले कसैको चित्त दुखाएको भए क्षमा माग्दै जहिले पनि नेपाली संगीतको सेवा गर्ने बताएका छन् ।
कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया पुगेका गायक सुगम पोखरेलले गएको साँझ प्रस्तुतीका क्रममा दर्शकलाई माइक्रोफोनको झटारो हानेका थिए । एक हलमा सयौ नेपालीहरुका माझ आयोजित कार्यक्रममा उनका गीत सुन्न उपस्थित दर्शकहरुले सुगमले गरेका कुराहरु सुन्न नचाहेपाछि माहोल बिग्रिएको थियो। गायक सुगमले नेपालमा १३० जना भुकम्पका कारण मृत्यु भएको कारण उनीहरूको सम्झनामा मौन धारण गरौं भन्ने आग्रह गरेका थिए । मौन धारण गरेको समयमा दर्शकहरूले बेवास्ता गरेर निरन्तर हल्ला गरेपछि सुगम आक्रोसित बनेका थिए र स्टेजबाट ओर्लिएर एक दर्शकलाई ताकेर माइकले प्रहार गरेका थिए। धेरैले सुगम पोखरेल मादक पदार्थ सेवन गरेर कार्यक्रममा आएको आँकलन गरिरहेका छन् ।
भिडियोमा यस्तो देखिन्छ,
सुगम: मैले भर्खर सुने नेपालमा १३० जना बित्नुभएको छ । (दर्शकबाट हल्ला भइरहेको छ)
सुगम: ओए, ब्रुस लीको भाइ हल्ला नगर्नु न ! हाम्रो घरको मान्छे पनि हुन सक्छन् । काठमाडौँमा हरेक घरको मान्छे हुन्छन् आजकल । एकचोटी उहाँहरूको लागि मौन धारण गरौँ न ।
(दर्शकबाट हल्ला भइरहेको छ)
सुगम: साईलेन्स ! (एक छिन उनी बोल्दैनन्)
सुगम: बहिनी कमला, बिमला त पोईला गइन् दोकान समाल । एक छिन एक छिन । नेपालमा धेरै जना बित्नुभएको छ । आज मैले पोस्ट गर्दा खेरी मलाई नरमाइलो लागिरहेको छ । वि बिलंग टु दयाट कन्ट्री ।
(सुगम एक जना दर्शकसँग रिसाउँछन्)
सुगम: ए भाइ, तिमीलाई … कसम झट्टी हान्छु फेरी ।
(सुगमले औँला ठड्याउँछन्)
सुगम: यसलाई बोला त । यो भाइलाई । आई नीड टु टल्क विद हिम, कमअन । यो यो तालुवाला भाइलाई ।
(सुगम स्टेजबाट तल झर्छन् । )
सुरक्षा गार्डले रोकेपछि एक दर्शकलाई ताकेर सुगमले माइक्रोफोनले झटारो हान्छन् ।
सुरक्षा गार्डले रोकेर उनलाई पुनः स्टेज लैजान्छन् । स्टेज पुगेपछि सुगमले एक वस्तुले फेरी झटारो हान्छन् । अन्ततः उनलाई स्टेजको पछाडि लगिन्छ ।