विराटनगर – पुस्तकको लागि देउसी विराटनगरमा सनिबारदेखि विगतका बर्ष झैँ यस वर्षपनि विकल्प एन अल्टरनेटिभको सहकार्यमा विराटनगरका युवाहरूले पुस्तकालय संचालनको निम्ति किताब मागेर देउसी खेल्ने परम्परालाइ निरन्तरता दिने भएका छन् । युवाहरुले खेल्ने यस देउसीमा पैसाको साटो किताब नै मागेर देउसी खेल्ने गरिँदै आइएको छ।
कसैले किताब र कसैले पैसा समेत दिने हुदा, संकलन भएको रकमले किताब, किताब राख्ने दराज तथा लाइब्रेरीमा आवस्यक पर्ने अन्य खरिद गरी विकल्पको लाइब्रेरीमा राख्ने गरिन्छ, जसले किताब पढ्न इच्छा भएका मानिसहरुलाइ निरन्तर रुपमा निशुल्क सेवा प्रदान गर्दछ । स्वस्फुर्त रुपले यस वर्ष पनि कार्तिक २४ गते सनिबार विभिन्न युवाहरु सहभागी भएर सांस्कृतिक कार्यक्रम सहित देउसीभैलो खेलने संयोजक सुमन राईले जानकारी दिए।
गत वर्षको देउसीभैलोमा दर्जनौ थान किताब र लगभग ३४ हजार रुपैया संकलन भएको व्यवहोरा संयोजक राइले गराए । युवाहरुमा पढ्ने संस्कारको महत्वलाइ प्रबर्द्धन गर्न, वर्ष दिनको चाडबाडलाई सभ्य र रमाइलो संग मनाउन तथा सकारात्मक सामाजिक संदेश प्रदान गर्नको निम्ति यस किसिमको देउसी खेल्ने परम्परालाइ बिराटनगरमा सन् २००७ देखि संचालनमा ल्याइएको विकल्प एन अल्टरनेटिभका संस्थापक अध्यक्ष वसन्त अधिकारीले बताए।