विराटनगर – विगतका वर्ष झैं यसपटक पनि विकल्प एन अल्टरनेटिभको सहकार्यमा विराटनगरका युवाहरूले पुस्तक मागेर देउसी खेल्ने परम्परालाइ निरन्तरता दिएका छन् ।
पुस्तकालय सञ्चालनका निम्त्ति युवाहरुले देउसी खेल्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । युवाहरुमा पढ्ने संस्कारको महत्वलाइ प्रर्वद्धन गर्न, बर्ष दिनको चांडपर्व रमाइलोसँग मनाउन तथा सकारात्मक सन्देश प्रवाहका निम्त्ति सन् २००७ देखि यस किसिमको देउसी खेल्न विकल्प एन अल्टरनेटिभले शुरु गरेको थियो ।
देउसीको क्रममा पुस्तक संकलनका साथै नगद समेत दालभेटिमा दिइने भएको हुँदा सो रकमले किताब, किताब राख्ने दराज र पुस्तकालयमा आवश्यक पर्ने अन्य सामाग्रीहरु खरिद गर्ने गरिएको कार्यक्रम संयोजक सुमन राईले बताए । उनले आम नागरिकका लागि विकल्प निःशूल्क पुस्तकालय सञ्चालन गरिरहेको जानकारी पनि दिए ।
दिपावलीको अवसरमा आयोजित यस वर्षको देउसी कार्यक्रममा युवाहरुले केहि थान किताबका साथै लगभग ३८ हजार रुँपैया नगद संकलन गरेको राइले बताए ।