विराटनगर । विराटनगर महानगरपालिकाको सातघुम्तीमा भएको आगलागीमा महानगरको लापरवाहीको कारण तीन जनाको ज्यान गएको भन्दै पिडित तथा स्थानीयले युवाहरुले महानगरपालिका घेराउ गरेका छन् ।
विराटनगर ७ को सातघुम्तीमा रहेको कबाड़ी गोदाममा भएको आगलागी नियन्त्रणको लागि महानगरलाई तत्काल सूचना दिएको भएपनि ४५ मिनेटपछि मात्र दमकल पुगेकोले मानवीय क्षति भएको स्थानीयको आरोप छ । महानगरले समयमै दमकल पठाएर उद्धार गरेको भए मानवीय क्षति हुने थिएन भन्दै स्थानीयले महानगरको गेटमा तालाबन्दी गरेका थिए ।
आगलागीमा विराटनगर ६ की ५५ वर्षीया शुशिला पासवानको घटनास्थलमै, विराटनगर ६ कै ३४ वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पतालमा र सुनिता कामतको काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै तीन जनाको अस्पतालमै उपचार भइहरेको छ ।
बुधबार अपरान्ह विराटनगर ७ स्थित सात्घुम्तीको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न महानगरपालिकाले तत्काल दमक नपठाएको र ४५ मिनेटपछि दमकल पुग्दा पनि दमकलमा पानी नभएकोले आगलागी समयमै नियन्त्रणमा आउन नसकको स्थानीयले बताएका छन् । आलगाली नियन्त्रण गर्न दुहबी र सुन्दरहरैंचासम्मका दलमक बोलाएर दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
यता विराटनगर महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले महानगरको दमकल फोन आएको १० मिनेटमा घटनास्थल पुगेको बताएका छन् । उनले आरोप लागेको जस्तै महानगरको दमकल बिग्रिएको थिएन भन्ने जिकिर गरेका छन् ।