ललितपुर – ललितपुरका स्थानीयले सामाजिक अभियन्ता ‘ईः’ का विरुद्ध प्रदर्शन गर्दै उनलाई घेरेका छन् ।
फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिने निर्णय गरेको ‘ईः’ का विरुद्ध स्थानीय नै विरोधमा उत्रिएका हुन् ।
स्थानीयले फुटपाथमा हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ठुलोठुलो ब्यानरसहित प्रदर्शन गरेका छन् ।
उनीहरूले फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन् । त्यस्तै स्थानियहरुले उनलाई घेरेका छन् भने प्रहरीले ई: लाई सुरक्षा दिइरहेको छ।
ई: ले फुटपाथ व्यवसायीलाई गरी खान दिनपर्छ र उनीहरुलाई व्यवस्थापन गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिकाको विरुद्ध पनि प्रदर्शन गरेका थिए।