#विज्ञापन
के तपाईको इन्टरनेट सेवा प्रदायकले दुई ओटा राउटर दिन्छ ?
विराटनगर । नेपाल दुर संचार प्राधिकरणको तथ्याङ्ग अनुसार नेपालमा १३८ ओटा कम्पनीले इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्स लिएक छन् । प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार केवल वायरलेस र फाइबर सबै मिलाएर नेपालमा २८ लाख ६० हजार घरपरिवारमा फिक्स्ड ब्रोड्ब्याण्ड पुगेको देखिन्छ। इन्टरनेट सेवाको गुणस्तरमा इन्टरनेट सेवा प्रदायकहरु माथि प्रश्नहरु उठने गर्दछ। प्राय नेपालका प्राय ईन्टरनेट सेवा प्रदायकले ईन्टरनेट जडान गर्दा एक वटा मात्र राउटर दिने गर्दछन । नेटवर्क पूर्वाधारले नेटवर्क कति भरपर्दो र विश्वसनीय रहने भन्ने निर्धारण गर्दछ भने ग्राहकहरुको घरमा वाइफ़ाइ कभरेज कस्तो छ भन्ने कुराले ग्राहकको इन्टरनेट अनुभवलाई धेरै फरक पार्दछ। अहिले सबै जस्तो इन्टरनेट सेवाप्रदायकले १०० वा १०० एमबीपीएस माथिको इन्टरनेट दिइरहेका छन् । यस्तोमा ठूलो अथवा धेरै कोठाहरु वा तल्ला भएको घरमा समेत एउटै इन्टरनेट कनेक्सन पर्याप्त हुन थालेको छ तर एउटा मात्र राउटरले वाईफाई कभरेज नदिने हुदा समस्या झेल्दै आएको छ्न । कम्पनीले दिने एउटै राउटरले सबैतिर कभरेज दिन भने सक्दैन । यस्तोमा बजारबाट सेकेन्डरी राउटर खरिद गरेर राख्ने गरिन्छ । जसका लागि कम्तिमा २५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।
यस्तोमा देशकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले मेस राउटरको अवधारणाको रूपमा आफैँले सेकेन्डरी राउटरको विकल्प समेत दिइरहेको छ । जुन खर्चका हिसाबले मात्र नभएर वाई-फाई तथा इन्टरनेटको अनुभवको हिसाबले समेत उत्तम विकल्प हुन सक्छ ।
अनुसार प्रविधि र क्षमता फरक-फरक हुन सक्छ । हाल बजारमा सिङ्गल ब्याण्ड, डुअल ब्याण्ड र डुअल ब्याण्ड प्लस मेस राउटर, सिक्सजी गरी फरक–फरक प्रविधिमा आधारित राउटर उपलब्ध छन् । प्रविधि अनुसार राउटरको मूल्य फरक हुनु स्वभाविक नै हो ।
जसमध्ये डुअल ब्यान्ड सहितको मेस राउटर राख्दा घरभरी सबैतिर उच्च गतिको एउटै वाई-फाई नेटवर्क विस्तार भएर रहन्छ । यसको अर्थ सामान्य किसिमको सेकेन्डरी राउटर लिएर राख्दा जस्तो यसमा छुट्टाछुट्टै वाई-फाई नेटवर्क नभएर एउटै वाई-फाई हुन्छ ।
जसले गर्दा एउटा तल्लाबाट अर्को तल्लामा जाँदा समेत वाई-फाई कनेक्सन टुट्दैन । साथै छुट्टाछुट्टै वाई-फाई नेटवर्क हुँदा एक अर्कोमा स्वीच गरिरहनु पर्ने पासवर्ड बदल्न अलगै राउटरको सेटिङ चलाउनु पर्ने झन्झट पनि यसमा रहँदैन ।
आजका दिनमा हामीले उपभोग गर्ने कन्टेन्टका आधारमा पनि डबल ब्याण्ड प्लस मेस राउटर निकै प्रभावकारी मानिन्छ ।
मूल्यमा कुन सस्तो ?
इन्टरनेट बजारमा सेकेन्डरी राउटरका लागि टीपी लिङ्क, एमआई लगायतका अनेकौं विकल्प छन् । यता इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई ईन्टरनेट जडान गर्दा नोकिया, ह्वावे, जेडटीई लगायतका राउटर उपलब्ध गराउँदै आएका छन् ।
बजारमा सिङ्गल ब्याण्ड राउटरका लागि कम्तिमा २५०० रुपैयाँ पर्न आउँछ । डबल ब्याण्ड राउटरको मूल्य भने पाँच हजार रुपैयाँसम्म हुने गरेको छ ।
त्यस्तै हाल बजारमा सबैभन्दा प्रभावकारी मानिएको डबल ब्याण्ड प्लस मेस राउटरको मूल्य चार हजार पाँच रुपैयाँभन्दा माथि छ फेरिपनी बजारमा उपलब्ध राउटरहरुले मेन राउटर सग मेस प्रविधिमा काम गर्दैनन ।
यस्तोमा वर्ल्डलिङ्कले उपलब्ध गराउने नोकियाको डबल ब्यान्ड प्लस मेस राउटर सस्तो देखिन्छ ।
उदाहरणका लागि वर्ल्डलिङ्कका ग्राहकले तीन महिना, छ महिना र एक वर्षका लागि इन्टरनेट जडान गर्दा थप केही शुल्क बुझाएर यस्तो राउटर लिन सक्छन् । कम्पनीका अनुसार ग्राहकले तीन महिना र ६ महिनाको लागि इन्टरनेट जडान गर्दा दुई हजार रुपैयाँ रेन्टल र पन्ध्र सय डिपोजिट तिरेर एउटा बिकन राउटर राख्न सक्छन् ।
जसमध्ये १५०० रुपैंया डिपोजिटको रुपमा रहन्छ, जुन तपाईँले इन्टरनेट प्रयोग गर्न बन्द गरेसँगै फिर्ता पाउन सक्नु हुन्छ । अझ एक वर्षका लागि इन्टरनेट जडान गर्ने ग्राहकलाई त कम्पनीलाई डिपोजिटको रूपमा १५०० रुपैयाँ बुझाए पुग्छ ।
आफ्नो कोठा सम्म वाइफ़ाइ सिग्नल नआएर दिक्क भएका, वाइफ़ाइको नाम/नेटवर्क रुम र घरको तलानै पिच्छे फरक भएर समस्यामा परेकाहरुलाई साथै घरमा ‘५ जी’ को पुरा वाइफ़ाइ कभरेज नभएकाहरुलाई यो सबै समस्याको समाधान वर्ल्ड्लिङ्कको नोकिया बिकन १ १ ले गर्दछ।
बजारमा पाइने सेकेण्डरी राउटर भन्दा भिन्न यो राउटरलाई वर्ल्ड्लिङ्ककै एपबाट कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ । यसले तपाईको घरभरि नै एउटै नेटवर्कको सिर्जना गरेर वाइफ़ाइको नाम स्विच गरिराख्नु पर्ने झन्झटबाट मुक्ति बनाउने कम्पनीले दाबी गरेको छ ।
२.४ र ५ गिगाहर्ज दुवै फ्रिक्वेन्सीमा काम गर्ने नोकिया बेकनले वाइफ़ाइलाई थप भरपर्दो र बलियो बनाउने हुनाले अनलाइन् गेमीङ्ग भिडियो स्ट्रिमिङ्ग भिडियो कन्फरेस गर्नुपर्ने साथै उच्च गतिको इन्टरनेट आवश्यकता पर्ने ग्राहकहरुको लागि झनै उपयुक्त रहेको कम्पनी जनाएको छ ।