विराटनगर – ४ फब्रुअरि अर्थात माघ २१ गते आइतबारका दिन विश्व क्यान्सर दिवसका अवसरमा उपचारको पहुँचको दुरीलाई घटाउदै लाने संकल्प सहित क्यान्सर विरामीको उपचार सहयोगार्थ “आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुंचको दुरीलाई बन्द गरौ’ भन्ने नारा सहित वृहत कार्यक्रम आयोजना हुने भएको छ ।
रेवन्त-रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्यूटले उक्त कार्यक्रम आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना व्यापक रुपमा फैलाउने उद्धेश्यका साथ आयोजना गर्न लागिएको बताएको छ। फरक तथा पृथक १५ वटा भन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गर्ने प्रतिबद्धताका साथ आयोजना गरिएको कार्यक्रममा स्कुल र्याली , साइकल र्याली, स्कुटर र्याली, कार र्याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका विद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती जस्ता विभिन्न कार्यक्रम रहेका इन्स्टिच्युटले प्रेस सम्मेलन गरी जानकारी दिएको छ । कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ केहि बिरामीहरुलाई प्रदान गरिने निर्णय भएको पनि इन्स्टिच्युटले जनाएको छ ।
सो दिन संघिय सांसद डा. शेखर कोइराला र कोशी प्रदेशका मुख्य मंत्री केदार कार्कीकोले रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको समुद्घाटन गर्ने पनि तय भएको छ ।