‘अचेत समुह ‘ र ‘ पाइला परिवर्तनका लागि’ को संयुक्त आयोजनामा भइरहेको नहर सरसफाइ वृहत अभियान अन्तरगत आज अचेत समुहले ११ वटा डस्टबिन नोबेल अस्पताल अगाडिको नहर वरपर राखेका छन्। विराटनगरको म्याजिक लन्ड्री र लिलिपुट स्कुलको प्रायोजनमा आज अचेतले डस्टबिन राखेको हो। त्यस्तै कवाडि डट कम र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा नहर सरसफाइ आयोजकलाई १५ वटा डस्टविम हस्तान्तरण गरेको छ। नहर सरसफाइ महा अभियान गरिरहेको अचेत समुह लगायतले नोबेल अस्पताल वरपर कतै डस्टबिन नरहेको र सम्बन्धित निकायले पनि बेवास्ता गरेपछि आफैले पहल गरेर डस्टबिन राखिएको अचेत समुहका अध्यक्ष सविन घिमिरेले बताए।
आज सङ्कलन गरिएको २६ वटा डस्टबिन आवश्यकता अनुसार नहर वरपर राखिने जानकारी संयोजक संजयबाबु शर्माले बताए।
विराटनगरका केहि वार्डहरु समेटिएको सुनसरी मोरङ सिचाइ योजना अन्तरगतको हाइवे पश्चिम नहर दिनानुदिन फोहोर भएपछि अचेत समुह र पाइला परिवर्तनका लागि’ ले दिर्घकालिन योजना सहित नहर सरसफाइ महा अभियान माघ २० गतेदेखि सन्चालन गरिरहेको छ।
पहिलो चरणमा माघ २० गते नोबेल गेटदेखि कन्चन केशलीया मार्गको पुलसम्म पुर्ण रुपमा सरसफाइ, रङरोगन , बोटविरुवा रोप्ने, बारबेर गर्ने काम गरी सो क्षेत्रलाई नमुना नहर बनाउने र त्यसको नियमित संरक्षण र निरिक्षण गर्ने घिमिरेले बताएका छन । त्यसपछि प्रत्येक सनिबार सफाइ अभियान हुने उनले बताए।
दोस्रो चरणमा सोहि नमुना नहर अनुरुप विराटनगरका अन्य क्षेत्रमा पनि स्थानियको सहभागिमा नहर सरसफाइ गर्दै लैजाने पनि घिमिरेले बताएका छन्।