विराटनगर – विराटनगर महानगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष तथा विराटनगर महानगरपालिकाका प्रवक्ता सन्तोष न्यौपानेले आफ्नो वार्डमा पर्ने नहरमा फोहोर फ्याक्ने व्यक्तिको स्पस्ट पहिचान खुल्ने गरीको भिडियो तथा फोटो पठाइ सहि सुचना दिने व्याक्तिलाई कम्तिमा नगद एक हजार रुपैयाँ इनाम दिने घोषणा गरेका छन्। अचेत समुह र पाइला परिवर्तनका लागिको संयुक्त आयोजनामा सन्चालन भइरहेको नहर सरसफाई महाअभियानको तेस्रो हप्ता सनिबार आफ्नो धारणा राख्ने क्रममा न्याौपानलेे इनाम घोषणा गर्दै सुचना दिने व्याक्तिको नाम गोप्य राख्ने पनि जनाएका थिए।
अध्यक्ष न्यौपानेले विकल्प खबरका सम्वाददातासंगको फोन संवादमा युवाहरुले संचालन गरिरहको नहर सरसफाइ महाअभियान वार्ड नम्बर ५ पनि आइपुग्न लागेकोमा वार्ड नम्बर ५ को हकमा नहर सफा गरिरहेका युवाहरुलाई साथ दिनको लागि पनि नहरमा फोहोर फ्याक्नेहरुको हकमा उक्त घोषणा गरिएको बताए । नहरमा नियोजित तरिकाले विभिन्न घरायसी तथा पसलजन्य फोहोरहरु फालिने गरेको कारण नहरमा कसैले फोहोर फ्याकेको भिडीयो तथा फोटो वडामा पठाएर खबर गरे तुरुन्त महानगर प्रहरीको टोलि झिकाईने र सुचना सहि ठहरिए फोहोर फ्याक्ने व्यक्तिलाई ठाउँकोठाउँ वा घर पसलमा गई कानुन अनुसार कारवाही गर्ने न्यौपानेले जानकारी दिए । सहि सुचना दिएकोमा सुचानाकर्तालाई कम्तिमा रुपैया एक हजार इनाम दिने अध्यक्ष न्यौपानेले फोन संवादमा बताएका छन् ।
विराटनगरको हाइवे पश्चिम दिनानुदिन फोहोर हुदै गएपछि अचेत समुह त पाइला परिवर्तनका लागि’ को संयुक्त आयोजनामा माघ २० गतेदेखि प्रत्येक सनिबार नहर सरसफाइ वृहत अभियान संचालन भइरहेको छ। सरसफाइ महाअभियानमा विराटनगर महानगरपालिकाले मुख्य सहयोग गरेको छ भने प्रत्येक सनिबार नहर सफा गर्नका लागि सयौको संख्यामा विभिन्न संघसंस्था तथा विद्यालय र स्थानीयवासि युवाहरुको सहभागिता हुने गरेको छ।
पहिलो चरणमा माघ २० गते नोबेल गेटदेखि कन्चन केशलीया मार्गको पुलसम्म पुर्ण रुपमा सरसफाइ, रङरोगन , बोटविरुवा रोप्ने, बारबेर गर्ने काम गरी सो क्षेत्रलाई नमुना नहर बनाउने र त्यसको नियमित संरक्षण र निरिक्षण गर्ने आयोजकले बताएको छ।
दोस्रो चरणमा सोहि नमुना नहर अनुरुप विराटनगरका अन्य क्षेत्रमा पनि स्थानियको सहभागिमा नहर सरसफाइ गर्दै लैजाने जानकारी नहर सरसफाइ महाअभियानका संयोजक संजयबाबु शर्माले जानकारी दिए।