विराटनगर – भोलि २०८० साल फाल्गुन १७ गते शाहन्शाह र अरुण राठी मुद्दाको पेशी तोकिएको छ । नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (शाहन्शाह सिद्दीकी) झन्डै १५ महिना देखि प्रहरीको हिरासत हुदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागार पठाइएको अवस्था छ भने शाहन्शाह लामो समय देखि फैसला कुरेर बसिरहेका छन् ।
आफुलाई २०७९ मंसिर १४ गते आफुलाई बन्धक बनाई फिरौति मागेको आरोप लगाइ मंसिर १८ गते अरुण राठीले प्रहरीमा शाहन्शाह सिद्दीकी बिरुद्ध जाहेरी दिएका थिए । २०७९ साल मंसिर २९ गते जिल्ला प्रहरी कार्यालयमा आफुलाई उपस्थित गराएका सिद्दीकी लाइ अदालतले २०७९ साल पौष २८ गते पुर्पक्षको लागि थुनामा राख्ने र उनका ड्राइभर जय कुमार रामलाई १ लाख रुपैया धरौटीमा छोड्ने आदेश गरेको थियो ।
राठीले आरोप लगाएको जस्तो कसुर आफुले नगरेको बताउने सिद्दीकी दुई साझेदार बीच भएको आपसी मतभेदको कारण आफु कारागारमा बस्नु परेको बताउछन् । उता नेपाल टाइम्सका साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरी अनुसार, सिद्दिकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग छ । यो मुद्दाले अहिले राम्रै सामाजिक संजाल तताएको अवस्था छ भने मुद्दाको बिषयले धेरैको ध्यानाकर्षण गरेको छ ।