क्यानडललाइट मोटिभेसनल टिमको आयोजनामा गत मंगलवार ‘ एकदिने प्रेरणात्मक कार्यक्रम ‘ समापन भएको छ। लालीगुराँस नगरपालिकाको आर्थिक सहयोगमा वसन्तपुरका ३ वटा विद्यालयका करिब १५० विद्यार्थीहरुको उपस्थितिमा ‘ उद्यमशीलता ‘ विषयमा कार्यक्रम आयोजना गरिएको थियो।
विकल्प एन अल्टरनेटिभका संस्थापक निर्देशक वसन्त अधिकारी प्रमुख वक्ताको रुपमा रहेर उद्योमशीलताको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए भने विकल्प खबरका पत्रकार सविन घिमिरेले आफ्नो पत्रकारिता यात्रको अनुभव विद्यार्थी माझ सुनाएका थिए। कार्यक्रमको बीचमा उद्यमशीलता शिर्षकमा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो जसमा ६ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रममा लालीगुराँस नगरपालिकाका उप मेयर जमुना मगर कारकीले आफ्नो धारणा व्यक्त गर्दै यस कार्यक्रमले विद्यार्थीहरुमा उद्योमशीलतामा आफनो योगदान दिन प्रेरणा दिने विश्वास राखेका थिए। क्यान्डललाइट मोटिभेसनल टिमका अध्यक्ष सुजन घिमिरेले यस्ता कार्यक्रमहरुलाई जिल्लाको अन्य ठाउमा पनि विस्तारित गरी विद्यार्थीहरुलाई सहि दिशानिर्देश गर्न अभिप्रेरित गर्नुपर्ने बताएका थिए।
कार्यक्रम समापन पश्चात सहभागि विद्यार्थीहरुले कार्यक्रमले आफुहरुलाई उद्योमशीलतासम्बन्धि झनै प्रष्ट भएको बताएका थिए।