सबिन साइमन घिमिरे। विराटनगर– ८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलका संचालकबाट होस्टलमा बस्ने विद्यार्थी माथि दुर्व्यवहार भएको छ। होस्टल सञ्चालिका मधु रेग्मीले विराट नर्सिङ क्याम्पसमा अध्ययनरत छात्राहरुलाई मंलबार बेलुका बलपूर्वक निकाल्ने प्रयास गरेकी हुन् ।
सामाजिक संजालमा आएको भिडियोमा होस्टल सञ्चालिका रेग्मीले होस्टलमा पैसा तिरेर बसेकी एक छात्रामाथि हातपात गर्दै उनले अध्ययन गर्ने किताब कापी लगायत सामान समेत फालिदिएकी हुन् ।
भिडियोमा सञ्चालिका रेग्मीले ती विद्यार्थीलाई चैत महिना नलाग्दै अग्रिम रुपमा पैसा माग्दै गरेको देखिएको छ ।
विद्यार्थीले फागुन महिनाको होस्टल शुल्क दिइसकेको भएपनि सञ्चालिका रेग्मीले चैत महिनाको पनि पहिले नै पैसा मागेकी थिइन् । तर विद्यार्थीले पैसा दिन इन्कार गरेपछि उनले तत्कालै निस्किएर जान भन्दै दुर्व्यवहार गरेकी हुन् ।
रेग्मीले विद्यार्थीको कोठामै प्रवेश गरेर सिरक, तन्ना, ब्लाङ्केट सिरानी समेत फालिदिएको भिडियोमा देखिएको छ । उनले विद्यार्थी माथि गालीगलौज समेत गरेकी छन् ।
होस्टल सञ्चालकको दुर्व्यवहारमा परेका विद्यार्थीहरु विराटनगर नर्सिङ क्याम्पसमा विएनएस नर्सिङको पहिलो वर्षका विद्यार्थीहरु भएको खुलेको छ । बागमति प्रदेश तथा सुदुर पश्चिम घर भएका ७ जना छात्राहरुले नाम ठेगाना र फोटो भिडियो नलिने सर्तमा घटनाबारे हामीलाई बताएका थिए।
पिडित छात्राहरुलाई नर्सिङ क्याम्पसले नै गत फागुन ३ गते उक्त होस्टलमा पठाएको छात्राहरुले बताएका छन ।
उनीहरुले बताए अनुसार होस्टल फि प्रति महिना ८ हजार र इन्टर्ी फि १ हजार रहेको होस्टलमा होस्टल सन्चालिकाले पैंसाको आवश्यकता परेको भन्दै १ महिना नपुग्दै १ लाख मागेको तर विद्यार्थीहरुले आफुसंग अहिले नरहेको र चैत्र ३ गतेसम्म पर्खन बताउदै आएका थिए। होस्टल सन्चालिकाले पटक पटक पैसा माग्दा तिमीहरु जहिले निस्किए पनि पैसा दिइराख र पछि बेसि भए फिर्ता गरौला भनेकी थिइन् भनेर पिडित छात्राहरुले बताएका छन्।
आफुलाई पैसाको आवश्यकता परेको र छात्राहरुबाट महिना नपुग्दै पैसा नपाएपछि होस्टल संचालिका आक्रोसित भएर आफुहरुको सामान फालेर तुरुन्त निकाल्न खोजेको छात्राहरुले बताए। संचालीकाको आक्रोसित व्यवहार र सामानहरु फ्याल्न थालेपछि २ छात्राहरु बेहोस समेत भएको विद्यार्थीहरुले बताए। त्यसपछि आफुहरु पढ्ने कलेजलाई कल गरेपछि कलेजले गाडि पठाएर आफुहरुलाई सुरक्षित राखेको छात्राहरुले बताएका छन्।
अहिले पनि आफुहरु मानसिक रुपमा कमजोर र डर त्रासको अवस्थामा रहेको उनीहरुको भनाई छ। साथै सम्बन्धित होस्टललाई कारवाहि गर्नुपर्ने पनि उनीहरुले बताएका छन्। विराटनगर नर्सिङ क्याम्पस प्रमुखले पिडित विद्यार्थीहरुको चाहना अनुसार अनुसार कारबाहि अगाडि बढ्ने बताएकी छिन्। कारबाहीका लागि मुद्दा दर्ता गर्न विराट नर्सिङ क्याम्पस प्रशासन तयार रहेको पनि जानकारी प्राप्त भएको छ।