वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति नेपालको साझेदारीमा संचालित महिनावारी स्वच्छता व्यबस्थापन सम्बन्धित ३ महिने कार्यक्रम अन्तरगत महोत्तरी जिल्लाको सम्सी गाँउपालिकामा १७० जना किशोरीहरु र १० जना शिक्षिकाहरुलाई लक्षित गरि ३ दिने महिनावारी स्वच्छता सम्बन्धित तालिम सम्पन्न भएको छ। ६ वटा विभिन्न चरणहरुमा सम्पन्न गरिएको तालिममा किशोरीहरूलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि जानकारी साथै १८० जना किशोर किशोरी र विद्यालयका शिक्षकहरूलाई पुनः प्रयोग गर्न मिल्ने घरेलु सेनेटरी प्याडहरू बनाउन पनि तालिम दिइएको थियो ।
तालिममा सहभागीहरूलाई २ प्याड होल्डरहरू, २ प्यान्टि, ७ नेपकिन, १ साबुन बार, १ रुमाल, २ जिप लक झोला र १ ड्र स्ट्रिङ झोला रहेको महिनावारी स्वच्छता व्यवस्थापन किट प्रदान गरिएको टोलीकि प्रतिनिधि प्रतिक्षा वस्तिले जानकारी दीइन । महिनावारी स्वास्थ्य सम्बन्धी शिक्षालाई प्याड उत्पादनमा व्यावहारिक सीप तालिमको संयोजन गरी महिनावारी सम्बन्धी बहुआयामिक चुनौतीहरूको सामना गर्न कार्यक्रम डिजाइन गरिएको वस्तीको भनाई थियो । यसका साथै वल्र्ड भिजनले अभिभावक र किशोरकिशोरीहरू बीच अन्तरक्रियात्मक संवाद सत्र सञ्चालन गरेको थियो जहाँ किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य एएसआरएच र एमएचएम लगायतका विषयमा अभिभावक र किशोरकिशोरीहरू बीचको अन्तरक्रिया गरिएको थियो ।