नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यालय विराटनगरमा नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले तालाबन्दी गरेको छ ।
क्रियाशील पत्रकारहरुलाई पत्रकार महासंघको सदस्यताबाट बन्चित गरेको तथा सदस्यता काटेको विषयमा आन्दोलित प्रेस युनियनले मंगलबार महासंघको विराटनगर स्थित कार्यालयमा तालाबन्दी गरेको हो।

युनियनका अध्यक्ष मीनकुमार नवोदित र महासचिव संजीव वाग्ले लगायत युनियन आवद्द पत्रकारहरुले तालाबन्दी गरेका हुन।