महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडी सरकारी गाडी आगजनी गर्नेलाई चाडोभन्दा चाडो कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय मोरंगले जनाएको छ । विकल्प खबरका सम्वाददाता संगको कुराकानीमा जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भटराईले प्रहरीले हाल यस विषयमा अनुसन्धान गरिरहेको तथा गाडी तोडफोड र आगजनीमा संग्लनहरुको नाम तथा पहिचान यकिन गर्ने काम पनि भइरहेको हुनाले चाडै नै दोषी उपर कानुन बमोजिम कारवाही हुने बताएका छन ।
विराटनगरका विद्यार्थी संगठनका विद्यार्थीहरुले आईतबार बिहान आफ्नै क्याम्पसको गेट अगाडि प्रदेश योजना आयोगको गाडि मात्र जलाएर पूर्ण रुपमा नस्ट परेनन् , संगठनका विद्यार्थीहरुले कार्यक्रमस्थलमा नै गएर सडकमा पार्किङ गरेर राखिएका ५ वटा सरकारी गाडीमा तोडफोड गरी क्षति पु¥याएका थिए । उनीहरुले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेर आगो नियन्त्रण गर्न आएको विराटनगर महानगरपालिकाको दमकललाई समेत ढुङ्गा मुढा गरेर अवरोध गरेका थिए । जलाइएको गाडि पूर्ण रुपमा क्षति भएपश्चात प्रहरीको सुरक्षामा आगो निभाइएको थियो ।
सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेहरु सिसी क्यामारा कैद भएका कारण उनीहरुको खोजी तीव्र बनाईएको र घटनामा संलग्नको पहिचान समेत भईसकेको मोरङ प्रहरीले त्यस दिन नै जनाएको थियो ।
मोरङको रंगेलीबाट कर्मचारीलाई अभद्र व्यवहार मुद्धामा गत बिहीबार पक्राउ परेका महेन्द्र मोरङ क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) र नेपाल विद्यार्थी संघ (नेविसंघ) का सदस्य दीपक यादव लगायत ६ जनालाई छाड्नुपर्ने लगायतका माग ४ दिन अगाडीदेखी नै राख्दै आएको थिए ।
आफ्ना मागहरु सम्बन्धीत निकायले नसुनेपछि गाडीमा आगजनी एवं तोडफोडमा वाध्य भएर उत्रनु परेको विध्यार्ती संगठनका विद्यार्थीहरुको भनाई छ । निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेका विद्यार्थीहरुको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार तथा हातपात गरेको सिसि फुटेजमा स्पष्ट देख्न सकिन्छ ।
कानुनि राज्यको धज्जी उड्ने गरी विद्यार्थी संगठनको लज्जास्पद हर्कतलाई लिएर हालसम्म पनि चौतर्फी विरोध भइरहेको छ ।