महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडी सरकारी गाडी आगजनी गर्नेलाई चाडोभन्दा चाडो कारवाही गर्न माग गर्दै आज मोरङ जिल्लाका विद्यार्थी संघहरुले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई संयुक्त रुपमा बिग्यप्ती दिएका छन् ।
नेविसंघ मोरङ सभापति सरोज पोखरेल , अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरे , अनेरास्ववियु मोरङ अध्यक्ष मिलन बस्नेत, नेपाल समाजवादी विद्यार्थी युनियनक अध्यक्ष तरुण विक्रम खवास, समाजवादी विद्यार्थी युनियन मोरङ अध्यक्ष मोहम्मद शमसेर र जनमत विद्यार्थी संघ मोरङका संयोजक प्रकाश शाहको हस्ताक्षर रहेको बिग्यप्तीमा २६ गते आइतवार विराटनगर स्थित महेन्द्र मोरङ्ग क्याम्पस गेट बाहिर विद्यार्थी आन्दोलनका नाममा कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी र पान्त्रालीमा अवस्थित कंचनजंगा पाटी प्यालेस वाहिर पार्किङ गरेर राखिएको विद्युत प्राधिकरणका गाडीहरुमा समेत ढुङ्गा मुडा सहित तोडफोड गरिएको घटनाप्रति संयुक्त विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनामा संयुक्त विद्यार्थी संगठनको कुनैपनी संलग्नता नरहेको जानकारी गराइएको छ।
घटनामा संलग्न व्यक्तिहर वास्तविक रुपमा विद्यार्थी हुनै नसक्ने जिकिर गर्दै विद्यार्थी आन्दोलनलाई बदनाम गर्ने जो कोहिलाई प्रशासनले यथासिघ्र सत्यतथ्य छानबिन गरि दोषिलाई कडा भन्दा कडा कानुनी कारबाहि गर्न जोडदार माग बिग्यप्तीमा गरिएको छ।
राजनैतिक दवाव, प्रशासनिक मिलेमतो र प्रभावमा परि गतिविधि गर्ने अराजक तत्वहरु लाई कानुनी कारबाहिको दायरामा नल्याई संरक्षण दिन खोजिएमा सयुक्त विद्यार्थी संगठनहरु त्यसको प्रतिरोधमा उत्रने चेतावनी पनि पत्रमा उल्लेखित छ।
विद्यार्थी संघका नेताहरु संगको कुराकानीमा जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भटराईले प्रहरीले हाल यस विषयमा अनुसन्धान गरिरहेको तथा गाडी तोडफोड र आगजनीमा संग्लनहरुको नाम तथा पहिचान यकिन गर्ने काम पनि भइरहेको हुनाले चाडै नै दोषी उपर कानुन बमोजिम कारवाही हुने बताएका छन ।
विराटनगरका विद्यार्थी संगठनका विद्यार्थीहरुले आईतबार बिहान आफ्नै क्याम्पसको गेट अगाडि प्रदेश योजना आयोगको गाडि मात्र जलाएर पूर्ण रुपमा नस्ट परेनन् , संगठनका विद्यार्थीहरुले कार्यक्रमस्थलमा नै गएर सडकमा पार्किङ गरेर राखिएका ५ वटा सरकारी गाडीमा तोडफोड गरी क्षति पु¥याएका थिए । उनीहरुले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेर आगो नियन्त्रण गर्न आएको विराटनगर महानगरपालिकाको दमकललाई समेत ढुङ्गा मुढा गरेर अवरोध गरेका थिए । जलाइएको गाडि पूर्ण रुपमा क्षति भएपश्चात प्रहरीको सुरक्षामा आगो निभाइएको थियो ।
सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेहरु सिसी क्यामारा कैद भएका कारण उनीहरुको खोजी तीव्र बनाईएको र घटनामा संलग्नको पहिचान समेत भईसकेको मोरङ प्रहरीले त्यस दिन नै जनाएको थियो ।
मोरङको रंगेलीबाट कर्मचारीलाई अभद्र व्यवहार मुद्धामा गत बिहीबार पक्राउ परेका महेन्द्र मोरङ क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) र नेपाल विद्यार्थी संघ (नेविसंघ) का सदस्य दीपक यादव लगायत ६ जनालाई छाड्नुपर्ने लगायतका माग ४ दिन अगाडीदेखी नै राख्दै आएको थिए ।
आफ्ना मागहरु सम्बन्धीत निकायले नसुनेपछि गाडीमा आगजनी एवं तोडफोडमा वाध्य भएर उत्रनु परेको विध्यार्ती संगठनका विद्यार्थीहरुको भनाई छ । निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेका विद्यार्थीहरुको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार तथा हातपात गरेको सिसि फुटेजमा स्पष्ट देख्न सकिन्छ।