विराटनगर – अपहरण गरी शरीर बन्दक बनाई फिरौती लिएको र कुटपिट अंगभंग मुद्दा लागेर १ वर्ष भन्दा बढिदेखि थुनामा रहेका नेपाल टाइम्सका सन्चालक विराटनगरका शहेन्शा सिद्दिकीलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको छ।
जिल्ला अदालतले सफाई दिएसँगै अदालतले शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्तावलाई अन्य मुद्दा वा निकायबाट थुनामा राख्नु नपर्ने भए प्रस्तुत मुद्दाको चुनाबाट आजै थुनामुक्त गरी सो को जानकारी यस अदालतमा पठाईदिनुहुन अनुरोध गर्दै कारागार कार्यलयलाई पत्रचार गरिसकेको छ।
झन्डै १९ महिनादेखि प्रहरीको हिरासत हुँदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागारमा रहेका सिद्दिकीलाई विराटनगरका व्यवसायी तथा नेपाल टाइम्सकै संचालक समेत रहेका अरुण राठीलाई अपहरण गरेको आरोप थियो । २०७९ मंसिर १४ गते भएको भनिएको घटनाबारे मंसिर १८ गते राठीले मोरङ प्रहरीमा जाहेरी दिएका थिए । राठीको जाहेरीपछि मंसिर २९ गते सिद्धिकी स्वमय प्रहरीसामु उपस्थित भएका थिए । सिद्दीकी २०७९ साल पुस २८ गते पुर्पक्षको लागि कारागार चलान भएका थिए । सो प्रकरणमा उनका चालक जयकुमार राम भने १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । एमालेका कोशी प्रदेश समानुपातिक उम्मेदवार तथा व्यवसायि राठीले आफूलाई बोलाई बन्धक बनाएर १५ लाख रुपैयाँ असुल गरेको आरोप सिद्दीकीमाथि लगाएका थिए । सिद्दीकीले भने मिडिया साझेदार रहेकोले उनले सो रकम नेपाल टाइम्सलाई दिएको र कुनै अपहरणको घटना नभएको दावी गर्दै आएका थिए।