राइनर ज़िटेलम्यान
धेरै मानिसहरु विश्व भ्रमण गर्ने सपना देख्ने गर्छन । म पनि २०२२ को अप्रिल देखि २०२३ को डिसेम्बर सम्म विश्व यात्रामा थिए जहाँ म एशिया, संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिका साथै १८ युरोपेली देशहरूमा पुगेको थिए।
मेरो डेढ वर्षको विश्व यात्रा अवधिमा केही देशहरु पटक-पटक भ्रमण गर्ने अवसर समेत जुर्यो । मलाई पटक-पटकको संयुक्त राज्य अमेरिकाको यात्रामा त्यहाँका न्यूयोर्क, वाशिङ्टन डी.सी., बोस्टन, मियामी, लास भेगास, वेस्ट पाल्म बीच र मेम्फिस लगायत स्थानमा पुग्ने मौका मिल्यो। त्यससँगै चिली, अर्जेन्टिना, पाराग्वे, पोल्यान्ड, अल्बानिया र जर्जिया लगायतका देशमा पनि धेरै पटक पुगियो।
मैले २०२२ र २०२३ मा यी ३० देशहरू भ्रमण गरी प्रत्येक देशमा आर्थिक स्वतन्त्रताको अवस्थाबारे जान्ने प्रयास गरे। राजनीतिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रता दुवै समान रूपमा महत्त्वपूर्ण छन्, तर मेरो ध्यान आर्थिक स्वतन्त्रतामा केन्द्रित थियो। आर्थिक स्वतन्त्रताको विषयमा किन पनि केन्द्रित भए भने मलाई विश्वास छ गरिबी विरुद्धको लडाइँमा कुनै पनि देशको लागि आर्थिक स्वतन्त्रता सबैभन्दा महत्त्वपूर्ण आधार हो।यस विषयमा नेपाल र भियतनामलाई उदाहरणको रुपमा लिन सकिन्छ।
नेपाल र भियतनामको तुलना गर्दा आर्थिक स्वतन्त्रताको महत्व छर्लंग हुन्छ । नेपालमा माओवादीले शासन गर्छन (मैले भ्रमण गरेको बेला) भने भियतनामलाई समाजवादी राष्ट्रको रूपमा चिनिन्छ। झट्ट हेर्दा यी दुई एसियाली देशहरू धेरै फरक हुन सक्दैनन् तर १९८० को दशकको अन्त्यतिर बजार सुधारको सुरुवात पछि भियतनाममा उद्यमशीलताको भावना फस्टाएको छ जसले यसलाई विश्वकै सबैभन्दा विश्वव्यापीकरण भएको देशहरूमध्ये एक बनाएको छ।
यसको विपरीत, नेपाल विकासको दृष्टिले पछि परेको छ । भियतनामले विश्वभरका लगानीकर्ताहरूलाई स्वागत गर्दछ जबकि नेपालले तिनीहरूलाई बाहिर राख्न प्रयास गर्दछ।नेपालले गरिबी निवारणको क्षेत्रमा प्रगति गरेको छ तर अझै पनि नेपाल संसारका सबैभन्दा गरिब देशहरू मध्येको एक हो। यसको विपरीत, भियतनामले गरिबीमा निवारणमा उल्लेखनीय काम गरेको छ जसले सन् १९९४ मा झण्डै ८० प्रतिशत निरपेक्ष गरिबीमा रहेको जनसंख्यालाई आज ३ प्रतिशतमा झरेको छ।
मेरो भियतनाम भ्रमणको क्रममा, जुन सबैभन्दा पछिल्लो पटक डिसेम्बर २०२४ मा भएको थियो, मेरोसंवादको क्रममा’मुनाफा’, ‘ उद्यमशीलता ‘, ‘स्वतन्त्र व्यापार’, र ‘विदेशी लगानीकर्ता’ जस्ता शब्दहरूलेकसैलाई पनि असहज बनाएको अनुभव भएन । भियतनामी समाजले यी विचारहरूलाई स्विकार गरेको छ। त्यहाँ, युद्धपछिको आजको समयमा अमेरिकीहरूप्रतिको दृष्टिकोण विशेष किसिमले सकारात्मक छ।
तर नेपालमा स्थिति धेरै फरक छ। नेपालमा मुनाफा कमाउने प्रयासलाई राम्रो मानिँदैन। नेपालमा कानुन नै छ जसले वस्तुहरूलाई लागत मूल्यभन्दा २० प्रतिशत बढी मूल्यमा बेच्न प्रतिबन्ध गरेको छ ।मैले यात्राको क्रममा भ्रमण गरेको प्रत्येक देशका उद्यमी, अर्थशास्त्री, राजनीतिज्ञ र आम मानिससँग कुरा गरे।मैले यात्रापूर्व भ्रमणमा जाने देशकोइतिहासबारे अध्ययन गर्न समय लिएँ र बजार अर्थतन्त्र र पुँजीवादप्रति जनमत बुझ्नका लागि मत सर्वेक्षणहरू गर्न लगाएँ।
अधिकांश देशहरूमा, यी सर्वेक्षणहरू लन्डनस्थित इप्सोस मोरी संस्थानद्वारा सञ्चालन गरिएको थियो। समग्रमा, यो बजार अर्थतन्त्र र पुँजीवादप्रतिको मनोवृत्तिमा हालसम्म गरिएको सबैभन्दा विस्तृत अध्ययन थियो र यसले मलाई प्रत्येक देशको जनमतको प्रारम्भिक झल्को दिएको थियो।एकातिर व्यक्तिगत कुराकानी र अवलोकनहरू र अर्कोतर्फ अनुभवजन्य अनुसन्धान दुवै महत्त्वपूर्ण रहे। म कुनै देशमा यात्रा गरेर त्यहाँका मानिसहरूसँग कुरा गरेपछि प्रायः सर्वेक्षणका नतिजाहरूलाई राम्रोसँग बुझ्न सक्षम हुन्थें। त्यसैगरी, सर्वेक्षणबाट संकलित तथ्यांक प्रयोग गर्दा मैले कुराकानीबाट पाएको प्रतिक्रियालाई राम्रोसँग वर्गीकृत गर्न सके।
हामीले कुल ३५ देशहरूमा सर्वेक्षण सञ्चालन गर्यौ र मानिसहरूले आर्थिक प्रणाली राम्रो भएको देशमा कस्ता विशेषताहरू हुन्छन् भन्ने अपेक्षा गरेका छन् जस्ता छवटा प्रश्न सोधेर सर्वेक्षण सुरु गर्यौ। सर्वेक्षणको क्रममा हामीले सचेत रूपमा ‘पुँजीवाद’ शब्द प्रयोग गरेनौ किनभने धेरै मानिसहरूका ‘पुँजीवाद’ शब्दले नराम्रो अर्थ राख्छ। जे होस्, ‘पुँजीवाद’ शब्दलाई छोड्दा पनि अधिकांश देशका मानिसहरू बजार अर्थतन्त्रप्रति शङ्का र राज्यको ठूलो हस्तक्षेपलाई समर्थन गर्छन्।
पोल्यान्डमा बजार अर्थतन्त्रको समर्थकहरूको ठूलो संख्या छ। तर, कुनै समयको युरोपको सबैभन्दा गरिब राष्ट्र पोल्यान्डमा सन् १९९० पछि भएको पुँजीवादी सुधारहरूले मानिसहरुको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याएकोले सर्वेक्षणको परिणामप्रति अचम्म मान्नु पर्ने कारण छैन् । पुँजीवादी सुधारको परिणामस्वरूप पोल्यान्ड पछिल्लो केही दशकमा संसारको सबैभन्दा द्रुत गतिमा आर्थिक बिकास गर्ने देशहरूको रूपमा उभिएको छ। मैले यो दुई वर्षमा सायद १० पटक पोल्यान्ड भ्रमण गरेको छु र सबैपटकमा पोल्याण्डका नागरिकले देखाएको परिश्रम र उद्यमशीलताबाट प्रभावित भएको छु। पोल्याण्डको जनसंख्या पछि संयुक्त राज्य अमेरिका र चेक गणराज्यका नागरिकहरुको स्वतन्त्र बजारप्रतिको धारणा सकारात्मक छ।
दुवै देशस्वन्तन्त्र बजारका मान्यताहरु ग्रहण गरेर विकास र संवृद्धि हासिल गर्न सफल राष्ट्रहरु हुन्। दक्षिण कोरियाको विषयमा जानकारहरुका लागि त्यहाँका जनताहरुको स्वतन्त्र बजार अर्थतन्त्रप्रतिको समर्थन कुनै अचम्मको विषय हुँदैन। सन् १९६० को दशकमा दक्षिण कोरिया र अफ्रिकाका गरिब देशहरूको आर्थिक हैसियत समान थियो, तर आज यो संसारको सबैभन्दा आर्थिक रूपमा सफल देशहरूमध्ये एक हो जहाँ जनताको जीवनस्तर उल्लेखनीय रूपमा वृद्धि भएको छ। । आज युरोपका अधिकांश मलहरू दक्षिण कोरियाका शपिङ सेन्टरहरुका तुलनामा फिक्का देखिन्छन्।
सर्वेक्षण प्रकाशित हुँदा केही मानिसहरूअर्जेन्टिनामा बजार अर्थतन्त्रप्रतिको उच्च समर्थन देखेर आश्चर्यचकित भए। सर्वेक्षण गरिएका देशहरूमध्ये केवल पाँच देशहरूमा बजार अर्थतन्त्रप्रतिको समर्थन उच्च थियो जबकि २९ देशहरूमा कम थियो। केही आलोचकहरूले ‘अर्जेन्टिना त पेरोनिस्ट देश हो’ भन्दै नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाए । तर, हाम्रो तथ्यांकले देशका मानिसको मनस्थितिमा भएको परिवर्तन देखायो जुन पछि अराजकतावादी-पुँजीवाद समर्थक जेभियर मिलेइकोराष्ट्रपतीय चुनावबाट प्रकट भयो।
मैले २०२२, २०२३ र २०२४ मा अर्जेन्टिना भ्रमण गरे र सुरुवातदेखि नै मिलेइ आन्दोलनलाई नजिकबाट अवलोकन गरेको थिए। मलाई लाग्छ म तीमध्ये एक थिएँ जसले २०२२ मै मिलेइकोविजय सम्भव छ भनेर भनेको थिए, किनकि मैले सर्वेक्षण र आफ्ना कुराकानीबाट देशभरि जनताको मनोभाव परिवर्तन भएको महसुस गरेको थिएँ।
यसको विपरित, हाम्रो सर्वेक्षणले पुँजीवादी मोडेलको रूपमा व्यापक रूपमा मानिएको चिलीका मानिसहरू बजार अर्थतन्त्र र पुँजीवादप्रति सन्देही छन् भन्ने देखायो। अर्को गल्ती? होइन, हाम्रो सर्वेक्षणको केही महिनापछि, चिलीका मतदाताहरूले समाजवादीलाई राष्ट्रपतिको रूपमा चयन गरे। हाम्रो सर्वेक्षणले प्रायः भविष्यका प्रचलनहरू भविष्यवाणी गर्न सम्भव बनाउँछ, जस्तै हामीले अन्य देशहरूमा पनि देखेका छौं।जस्तै : स्विट्जरल्याण्ड, विश्वको सबैभन्दा पुँजीवादी देशहरू मध्ये एक हो जहाँ पुँजीवाद विरोधी भावना पनि व्यापक हुँदै गइरहेको हाम्रो सर्वेक्षणले देखाएको छ।
भियतनाम अर्को देश हो जहाँ ‘पुँजीवाद’ शब्दले धेरै मानिसहरूका लागि स्पष्ट रूपमा सकारात्मक अर्थ राख्छ। मैले दोस्रो सर्वेक्षण १३ देशहरूमा संचालन गरेको थिएँ जहाँ मैले धनी व्यक्तिहरूप्रति नागरिकहरुको के धारणा छ भन्ने जान्न खोजेको थिए । यी सबै सर्वेक्षणहरूको मैले आफ्नै खर्चमा गरेको थिएँ जसको कुल लागत ६६०,००० युरो परेको थियो । यस दोस्रो सर्वेक्षणको परिणामले फ्रान्स र जर्मनीजस्ता देशहरूमा, जहाँ सामाजिक ईर्ष्या प्रचलित छ, धनीहरूलाई प्रायः बलिको बोकोको रुपमा हेरिन्छ।
यसको विपरीत , भियतनाम, पोल्याण्ड र दक्षिण कोरियाजस्ता देशहरूमा, धनी व्यक्तिहरूलाई आदर्शको रूपमा हेरिन्छ।अर्थशास्त्रीहरूले प्रायः यस्ता ‘सफ्ट’ कारकहरूको महत्वलाई कम मूल्यांकन गर्छन्। तर निस्सन्देह पोल्यान्ड र भियतनाम जस्ता देशहरूमा, जहाँ उद्यमशीलता र धनको प्रशंसा गरिन्छ, आर्थिक प्रगतिको लागि स्थिति जर्मनी जस्तो देशको तुलनामा धेरै अनुकूल हुन्छ। म जर्मनीमा बस्छु, जहाँ पुँजीवाद र उद्यमशीलतालाई शङ्काका दृष्टिले हेरिन्छ। यस श्रृंखलाका आगामी अंकहरूमा, मैले भ्रमण गरेका केही देशहरूमा मलाई प्रभाव परेका विषयहरुको बारेमा थप विस्तृत रूपमा लेख्नेछु।