२०२२, २०२३ र २०२४ मा मैले अर्जेन्टिना भ्रमण गर्ने क्रममा, अराजक-पुँजीवादी जेभियर मिलेईलाई राष्ट्रपति चुनावमा विजयी गराउन प्रेरित गर्ने आन्दोलनलाई प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाएँ। मिलेईको प्रेसिडेन्सीले पुँजीवाद बिरोधी वामपन्थी र स्वतन्त्रता वादी दुवै पक्षको ध्यानाकर्षण गरेको छ। कसैले मिलेईका नीतिहरूले मानिसहरूलाई गरिवीमा डुबाउने देखाउन खोज्दछन भने अरुले उनलाई आशाको किरणको रूपमा हेर्ने गर्दछन।
अर्जेन्टिनाले दुक्ख लाग्दो कीर्तिमान राखेको छ । विगत १०० वर्षमा संसारको कुनै पनि देश अर्जेन्टिना जत्तिको नाटकीय रूपमा तल झरेको छैन। बीसौं शताब्दीको प्रारम्भमा, अर्जेन्टिनाको जनसंख्याको औसत प्रतिव्यक्ति आय संसारमा सबैभन्दा उच्च थियो। “riche comme un argentin”- अर्थात अर्जेन्टिनाका जनता जस्तो धनी भन्ने अभिव्यक्ति त्यो समयमा सामान्यतया सुन्ने गरिन्थ्यो।
उन्नाइसौं शताब्दीको उत्तरार्ध र बीसौं शताब्दीको शुरुमा अर्जेन्टिनाको प्रतिव्यक्ति आय इटाली, जापान वा फ्रान्सको भन्दा बढी थियो। केहि अनुमान अनुसार, १८९५ ताका, यसले विश्वव्यापी रूपमा उच्चतम प्रति-व्यक्ति आय पनि हासिल गर्यो । यसबाहेक, प्रथम विश्वयुद्ध अघि ४३ वर्ष सम्म अर्जेन्टिनाको वार्षिक बृद्धिदर ६ प्रतिशतले भएको थियो, जुन बृद्धि इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो हो।
अर्जेन्टिनाको अचम्म लाग्दो आर्थिक प्रगति कच्चा पदार्थको निर्यातमा मात्र आधारित थिएन । १९०० र १९१४ को बीच, देशको औद्योगिक उत्पादन तीन गुणा बढ्यो, जर्मनी र जापानको जस्तै औद्योगिक वृद्धिको स्तरमा पुग्यो। यो आर्थिक बिकास सामाजिक बिकास संगै भएको थियो । १८६९ मा, अर्जेन्टिनाको आर्थिक रूपमा सक्रिय मध्यम वर्गको जनसंख्या १२ देखि १५ प्रतिशत बीचमा थियो, १९१४ सम्ममा, यो संख्या बढेर 40 प्रतिशत पुगेको थियो। यसै समयमा, झन्डै जनसंख्याको आधा भन्दा कम मानिसहरुमा निरक्षरता घट्यो ।यद्यपि, यो सफलताको कथा एक सय वर्षको भारी गिरावट पछि टुंगिन पुग्यो । २०१८ मा वास्तविक GDP र १९१३ मा समान आँकडा बीचको अनुपातले दर्शाउदछ कि अर्जेन्टिनाको अर्थतन्त्र मुश्किलले बढेको छ, र दुबै वर्षको डाटा उपलब्ध भएका सबै देशहरू मध्ये अर्जेन्टिनाको स्थिति सबैभन्दा खस्किएको छ ।
मैले फॉउस्टो स्पोटोर्नोलाई भेटेँ, जो परामर्श फर्म OJF को Centro de Estudios Economicos का मुख्य अर्थशास्त्री हुन् । उनले मलाई अचम्म लाग्दो तथ्याङ्क देखाए, जस अनुसार १९९० को अपवाद बाहेक अर्जेन्टिनाले १९४५ देखि लगातार दोहोरो अंकको मुद्रास्फीति दर अनुभव गरेको छ । कार्लोस मेनेमले मुद्रालाई डलरमा पेग गरे पश्चात एक दशकको लागि मुद्रास्फीति हट्यो, तर अर्जेन्टिनाका सामानहरू प्रतिस्पर्धात्मक नभएकाले निर्यातमा नकारात्मक प्रभाव पर्न पुग्यो ।
दशकौं सम्म, अर्जेन्टिना एउटा यस्तो देश थियो जहाँ राज्य प्रतिको विश्वास अटल थियो। राज्य नै सर्वे सेवा भन्ने पेरोनिज्म विचारधारा राष्ट्रिय धर्म थियो। यद्यपि, २०२२ सम्म परिस्थितिमा परिवर्तन भएको देख्न सकिन्छ। मैले विभिन्न शहरहरू भ्रमण गरें, जस्तै कोरिएन्टेस शहर, जसले मलाई फ्रान्सको दक्षिणको सम्झना दिलाउँछ, जहाँ खजुरका रूख र संसारको सबैभन्दा ठूलो नदी मध्ये एक अवस्थित छ। मैले सहरका मेयर एडुआर्डो टासानोलाई भेटेँ, म भन्न सक्छु कि उदारवादी विचार त्यो बेला चमरमा थियो जब टसानो, जो आफुलाई एउटा सामाजिक लोकतन्त्रवादी भन्दछन्, उनलाई सोधियो, कि उनि अर्जेन्टीनामा के परिवर्तन गर्नेछन्, तब उनले चाडो भन्दा चाडो श्रम बजार विनियम र करमा कटौती भनेर उल्लेख गरे ।
जब बजार अर्थव्यवस्थाको छबिलाइ लिएर मेरो सर्वेक्षण२०२२ मा अर्जेन्टीनामा गरिएको थियो, त्यसले मानिसहरुको भावनामा महत्त्वपूर्ण परिवर्तन देखायो: मिलेईको चुनाव जित्नु भन्दा एक वर्ष भन्दा अघि, अर्जेन्टिनाका अधिकांश मानिसहरुले बजार अर्थतन्त्रको बारेमा विश्वका अन्य देशका मानिसहरूको तुलनामा बढी सकारात्मक धारणा राखेका थिए।
मैले २०२२ मा पहिलो पटक मिलेई आन्दोलनका केही प्रमुख राजनीतिज्ञहरूलाई भेटेँ र उनीहरूको मार्केटिङ को नवीन दृष्टिकोणबाट प्रभावित भएँ। मिलेईले चिठ्ठा निकालेर धेरैको ध्यान आकर्षित गरे: सामाजिक सञ्जाल मार्फत दर्ता गर्ने जो कोहीले कांग्रेस सदस्य मिलेईको अन्तिम महिनाको तलब जित्न सक्थे। जुन ३५०,००० पेसो, अर्थात् मे २०२२ मा लगभग १,८०० अमेरिकी डलर बराबरको रकम थियो। अर्जेन्टिनाको औसत आय लगभग ६०,००० पेसो थियो, जुन एक आकर्षक रकम थियो। उसले आफ्नो अन्तिम तलबको चेक दिने घोषणा गरेको तीन महिनामा, २० लाख अर्जेन्टिनाले चिठ्ठा भरे। “म पैसाको लागि राजनीतिमा गएको होइन” भन्ने कुरा माइली प्रमाणित गर्न चाहन्थे ।
मिलेईको चुनावपछि म तुरुन्तै अर्जेन्टिना फर्किएँ। जब म १९ नोभेम्बर २०२३ मा ल्याटिन अमेरिका पुगें, मैले मेरो फोनमा दुईवटा WhatsApp सन्देशहरू पाए। “हामीले जित्यौं,” जेभियर मिलेईको पार्टीका प्रतिनिधिले लेखेका थिए। मैले मिलेईको बारेमा करिब डेढ वर्षदेखि धेरै कुरा गरिरहेको थिएँ र उनि राष्ट्रपति बन्ने राम्रो मौका छ भन्ने लागेको थियो। दोस्रो WhatsApp सन्देश ब्राजिलको प्रमुख अखबार O Estado de S. पाउलो का सम्पादक-एट-लार्ज जोसे फुक्सबाट आएको थियो: “अर्जेन्टीनामा मुख्यत युवाहरूको बीचमा उनको ठूलो समर्थन छ र उनले चुनाव जित्न सक्थे भनेर मलाइ भन्ने तपाईं पहिलो व्यक्ति हुनुहुन्थियो।”
मिलेईको स्वतन्त्र बजार अर्थतन्त्र सुधारको परिणाम स्वरूप स्थिति अस्थायी रूपमा बिग्रिए, के अर्जेन्टिनाका जनता मिलेईको साथमा उभिएलान भन्ने कुराले मलाइ चिन्तित तुल्याउँछ । मलाई थाहा थियो कि त्यहाँ प्रारम्भिक समयमा कठिनाइ हुनेछ, किनकि अन्य सफल पुँजीवादी सुधार गरेका देशहरु (उदाहरणका लागि, बेलायतमा थ्याचर र पोल्याण्डमा बालसेरोविकज) ले पनि परिस्थिति राम्रो हुनु अघि लगभग दुई वर्षसम्म खराब हुँदै गएको देखे। के मानिसहरूमा यो कठिन परिस्थिति सहने धैर्य र लचिलो पन हुनेछ?
अगस्त २०२४ मा, म तेस्रो पटक अर्जेन्टीनामा थिएँ। प्रचलित भावना अझै पनि मिलेइको समर्थनमा थियो । सर्वेक्षणले जनसंख्याको ५० प्रतिशत भन्दा बढीले उनलाई समर्थन गरेको देखाएको थियो । अर्जेन्टिनाको दोस्रो ठूलो सहर कोर्डोबामा मैले मेयर अल्फ्रेडो कोर्नेजोसँग लामो कुराकानी गरें। उनी कट्टरपन्थी पार्टीका हुन् र सुरुमा मिलेइको बारेमा शंका गरेका थिए। उनले मलाई भने, उनको शंका अहिले आत्मविश्वासमा परिणत भएको छ । मेयर कोर्नेजोका अनुसार अर्जेन्टिना अहिले सही दिशामा अघि बढेको छ ।
ब्यूनस आयर्समा, मेरो भेट स्वतन्त्रता वादी थिंक ट्याङ्क लिबर्टाड वाई प्रोग्रेसोका महानिर्देशक अगस्टिन एचेबर्न संग भयो। उनले भने: “युवा र गरिब हरू मिलेइको साथमा छन्। उनीहरू मध्ये धेरैले उनलाई भोट दिएका छन् र उनीहरू आफ्नो समर्थनमा अडिग छन्। इचेबर्नले भनाइ अनुसार, तिनीहरूले मिलेइको आलोचना गरे भने पनि यो धेरै हदसम्म यसकारण हुनेछ किनकि उनीहरुलाई लाग्थ्यो कि उनि सोचेको भन्दा पर्याप्त कट्टरपन्थी थिएनन् । उनीहरू चाहन्थे कि मिलेइ तिरस्कृत “कास्टा” को बिरुद्ध अझ कडाइले कारवाही गरुन्, जसले देशलाई यति धेरै बर्बाद गर्यो ।
यसैबीच, मिलेइ राष्ट्रपति हुँदा महिनामा लगभग २६ प्रतिशतले चलिरहेको अर्जेन्टिनाको मुद्रास्फीति अहिले २.३ प्रतिशतमा झरेको छ । मैले अपेक्षा गरे अनुसार, सुरुमा गरिबीको दर बढेको थियो, तर २०२४ को अन्त्यमा माइलीले पदभार ग्रहण गर्दाखेरि को स्तरभन्दा तल झरेको थियो।
मिलेइको शासनकालमा एउटा ठूलो परिवर्तन भनेको अब बिचौलिया हरू, वामपन्थी झुकाव भएका राजनीतिक संगठनहरुलाई किनारा लगाएर सिधै लक्षित समूहलाई रकम छुट्याइन्छ, जसले गरिब हरुलाई समर्थन गर्ने दावा गरेपनि धेरै हदसम्म आफ्नो गोजी भर्ने गर्दथे l इचेबर्नले भने, “माइलीले “पैसा सिधै गरिबहरूलाई दिन्छन्, जबकि वामपन्थी संगठनहरुको हात रित्तै हुन्छ ।
यो मिलेइ र रूढिवादी माक्री बीचको ठूलो भिन्नता हो, जसले सत्तामा रहँदा जानी आफ्नो वामपन्थी राजनीतिक प्रतिद्वन्द्वहरूलाई आफ्नो कार्यालयको समयमा ठूलो नगद भुक्तानीको साथ बलियो बनायो। बिचौलियालाई हटाएको कारण गरिब अर्जेन्टिनाले पहिले भन्दा धेरै सहयोग पाउँछन्।
अर्जेन्टीनाबाट हामीले के सिक्न सक्छौं? १९७० को बेलायत जस्तै, थ्याचर वा मिलेइ जस्ता पुँजीवादी सुधारकहरूले मौका पाउनु अघि स्थिति नाटकीय रूपमा बिग्रनु पर्छ। तर, त्यति मात्रले पनि पुग्दैन । कुनै पनि अर्थपूर्ण सुधारभन्दा पहिले जनमतमा परिवर्तन हुनुपर्छ। थ्याचरको नेतृत्व हुनुअघि, एडम स्मिथ इन्स्टिच्युट र आर्थिक मामिला संस्थान जस्ता प्रभावशाली थिंक ट्याङ्कहरूले सार्वजनिक बहसलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अर्जेन्टीनामा स्वतन्त्रता वादी थिंक ट्याङ्कहरूले मिलेइको लागि पनि मार्ग प्रशस्त गर्यो, जसले अब उनीहरूले पहिले रोपेका बिउको फल खान सक्षम भएका छन्।
लेखक राइनर ज़िटेलम्यानको The Origins of Poverty and Wealth: My World Tour and Insights from Global Libertarian Movement को अंश l