बसन्त अधिकारी
समिर क्षेत्रि
कुनैपनि देशको आर्थिक बिकाशमा उद्यम र ब्यापारले महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ l तर उद्यम र ब्यापार त्यसबेला मात्र फस्टाउन सम्भब छ जब देशमा सहज रुपले ब्यापार व्यवसाय गरि खाने वाताबरण सुनिस्चित गरिएको हुन्छ l आर्थिक बिकाशलाइ टेवा पुर्याउनको निम्ति ब्यापार सुरु गर्न, संचालन गर्न र आवस्यक परेको खण्डमा बन्द समेत गर्ने सहज बाताबरण आवस्यक हुन आउछ l तर नेपालमा ब्यापार व्यवसाय संचालन गर्न सहज बाताबरण छैन भन्ने कुरा हेरिटेज फाउन्डेसनको Index of Economic Freedom 2024 मा नेपाल १७६ देसहरु मद्धे १३० औ स्थान, र लगानी मैत्री देशको सवालमा नेपाल १७१ औ स्थानमा परेको कुराले स्थितिलाइ चित्रण गर्दछ l यो नकारात्मक परिस्थितिमा परिवर्तन ल्याउनको निम्ति नेपालले व्यावसायिक वाताबरण तयार गर्न आवस्यक छ l जसलाई सहजीकरण गर्नको निम्ति एकद्वार प्रणाली, अर्थात् एकल बिन्दु सेवा केन्द्र जस्ता नीतिले महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ l
एकल बिन्दु सेवा केन्द्र भन्नाले उद्यमीहरूलाई सरल, सहज र छरितो रुपमा सरकारी सेवाहरू प्रदान गर्ने व्यवस्था हो भन्ने बुझिन्छ। जुन व्यवस्थाले उद्यम-व्यावसाय संचालनको निम्ति आवस्यक सरकारी सेवाहरु जस्तै उद्योगको अनुमति, दर्ता, स्थापना, विस्तार, विदेशी लगानी स्वीकृति, प्रोत्साहन, छुट, सुविधा सहुलियत लगायतका सेवाहरूलाई सरल एवं सहज रुपमा एकै स्थानबाट प्राप्त गर्न सकिने अवसर प्रदान गर्दछ। यसको मूल उदेश्य भनेकै उद्यमीहरूलाइ आवश्यक पर्ने सबै प्रकारका अनुमति एउतै निकायबाट प्राप्त गर्न सकियोस भन्ने हो । यो व्यवस्थाले व्यावसाय दर्ता प्रक्रियाहरूलाई छरितो बनाउनुका साथै विभिन्न सरकारी निकायहरू बीचको समन्वयलाइ सहज बनाउन मद्दत पुर्याउदछ l साथै यसले प्रशासकीय बाधा तथा झन्झटहरू लाई समाधान गरी लगानीमैत्री वातावरण प्रदान गर्दछ, जसले उद्यमीहरूको समय र लगानीको बचत गरि व्यवसाय गर्न प्रोत्साहन गर्दछ । एकल विन्दु सेवाको अवधारणा सम्भवतः सन् १९७० को दशकतिर अमेरिका स्थित स्थानीय सरकारले नागरिकद्वारा सबैभन्दा बढी माग गर्ने प्रशासनिक सेवाहरूमा सुधार ल्याउन स्थापना गरेको प्रयासबाट आएको मानिन्छ ।
नेपालको संघिय सरकारले लगानीकर्ताको समस्या समाधान गर्न हेतु, उद्योग व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा परिकल्पना गरिए अनुसार २०१९ को मे महिनामा उद्योग विभाग परिसरमा एकल बिन्दु सेवा केन्द्रको स्थापना गरेको थियो । तर उक्त सेवा केन्द्रले अपेक्षा गरे अनुरुपको नतिजा भने दिन सकेको देखिदैन l लगानीकर्ताहरूलाई आवश्यक पर्ने १४ वटा सरकारी निकायलाई एकल विन्दु सेवा केन्द्रमा राखेर प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता जनाएपनि महत्वपूर्ण सरकारी निकायहरूले आफ्नो उपस्थिति नै जनाउन सकेको अवस्था छैन । फलस्वरूप एकल विन्दु सेवा केन्द्रले परिकल्पना गरे अनुरुप काम गर्न सकेको छैन भने, लगानीकर्ताहरुले सम्बन्धित निकायको कार्यालयमा नै पुगेर काम गर्नुपर्ने बाध्यता अवस्थित छ l साथै खटिएका विभिन्न निकायका कर्मचारीहरूले सबै मामिलामा निर्णय लिन नसकेको कारण सम्बन्धित निकायमा नै फाइलहरू पठाउनुपर्ने बाध्यता बनेको छ ।
नेपाल संघीयतामा प्रवेस गरे संगै संविधानले तीन तहको सरकारलाई शक्ति विभाजन गरेको कारण प्रदेश सरकारले आफ्नो नीति तथा कानुन, रणनीति, योजना, स्रोत व्यवस्थापन आदिको जिम्मेवारी पनि पाएको छ । यसै अनुरूप कोशी प्रदेश सरकारले “प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७” पारित गर्यो, जसमा एकल बिन्दु सेवा केन्द्रको व्यवस्था गरेपनि यसको कार्यान्वयनका लागि भने प्रदेश सरकारले खासै पहल गरिएको देखिदैन । नेपालमा उद्योग तथा व्यवसाय दर्ता गराउन उद्यमीले विभिन्न कार्यालयहरूमा हस्ताक्षर, प्रमाणीकरण, स्वीकृतिका लागि धाउनुपर्ने हुँदा समय र आर्थिक भारको सामना गर्नुपर्छ । यसरी व्यवसाय दर्ता प्रक्रियामा लाग्ने समय र लागत उद्यमीहरूका लागि हितकर नहुन सक्छ। जसलाई सहज बनाउन कोशी प्रदेश सरकारले एकीकृत सेवा केन्द्रको स्थापन गरी सञ्चालनमा ल्याउन आवश्यक देखिन्छ ।
एकलविन्दु सेवा केन्द्रको अवधारणाले धेरै देशहरूमा काम गरेको उदाहरण हामी देख्न सक्छौँ । उधाहरणको लागि हामि हाम्रो छिमेकी राष्ट्र भारतलाइ लिन सक्छौ, जसले ‘नेसनल सिङ्गल विन्डो सिस्टम’ (National Single Window System) सञ्चालनमा ल्याएर व्यवसायिक बाताबरण सुधारमा ठूलो उपलब्धि हासिल गरेको छ। २०२४ को अन्त्यसम्म को तथ्यांक अनुसार उक्त सेवाकेन्द्रले ७ लाखभन्दा बढी आवेदन प्रक्रियालाइ सहजीकरण गरि करिब ५ लाख सेवाहरूका लागि स्वीकृति प्रदान गरिसकेको छ । यो डिजिटल प्लाटफर्मले केन्द्रीय र राज्य सरकारका विभिन्न मन्त्रालय र विभागहरूको स्वीकृति प्रणालीलाई एकीकृत गर्दै, प्रक्रियाहरुलाई सरल बनाइ देशभरका व्यवसाय र उद्यमीहरूलाइ सहज रुपले ब्यापार-व्यावसाय गर्ने बाताबरण तयार गरेको छ । यो सहजताले भारतलाई एउटा विश्वव्यापी व्यावसायिक केन्द्रको रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। भारतको नेसनल सिङ्गल विन्डो सिस्टमले व्यवसायिक प्रक्रियाहरू लाई सरल बनाउन र लगानीका लागि अनुकूल वातावरण निर्माण गरिएको सकारात्मक प्रयासलाई झल्काउँछ ।
ब्यापार-व्यवसाय नाफा कमाउने माध्यम मात्र हैन, यसमा जोखिमको सम्भावना पनि उतिकै रहेको हुन्छ, त्यसै कारण मानिस र पुजी त्यहि जान्छन जहा उनीहरुको निम्ति उपयुक्त वाताबरण हुन्छ l राज्यले अंगालेको आर्थिक नीतिले कुनैपनि देशको आर्थिक बिकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने हुनाले केन्द्र तथा प्रदेश सरकारले प्रभावकारी तवरले एकद्वार प्रणाली लागु गरि उद्यम तथा ब्यापारलाइ सहज बनाइ नेपालि नागरिक तथा नेपालको आर्थिक उन्नतिको निम्ति पहल गर्न नितान्त आवस्यक छ l