६४ बर्षीय इटहरी निवासी दिल बहादुर मगरले झन्डै ४० बर्ष सम्म गाडी चलाए पश्चात अवकाश लिने सोच बनाए l आफ्नो पुरानो घर बेच्नु अघिसम्म उनको घर भाडामा बस्ने छविलाल सरदारले उनलाई एउटा सिटि रिक्सा किन्नको निम्ति आग्रह गरे l उक्त सिटि रिक्सा भाडामा चलाए बापत हरेक दिनको किस्ता स्वरुप ५०० रुपैया बुझाउने कुरा दिलबहादुर संग ब्यक्त गरे l दिल बहादुरले “लाइसेन्स छ त तिमी संग” भनेर सोध्दा, छविलालले “छ” भनेर उत्तर दिए, तर उनीसँग लाइसेन्स थिएन l
दिल बहादुरले सिटि रिक्सा किने पश्चात छविलाललाइ लाइसेन्स लिएर आउन भने l केहिदिन पछि छविलाल सिटि रिक्सा लिन आए l “लाइसेन्स ल्यायौ त ?” भनेर दिल सोधे l “ल्याएको छु” भनेर छविलालले भनेपछि, “त्यसो भए लैजाउ रिक्सा, किस्ता समयमा बुझाउनु अनि हिफाजतले रिक्सा गुडाउनु” भनेर सम्झाए l छविलालले सबैकुरा सुने पश्चात “हुन्छ” भनेर सिटि लिएर त्यहाबाट हिँडे l
छविलालको चार जनाको सानो परिवारमा बसोबास गर्दथे, जसमा उनकी श्रीमती दुर्गा, १५ बर्षको छोरा र ८ बर्षको छोरी छिन l छविलालको श्रीमती दुर्गाको माइती घर चितवन हो, उनीहरु दुबैले अन्तरजातीय बिवाह गरेका हुन् l आर्थिक अवस्था कमजोर रहेको कारण दुर्गा खाडी मुलुक ओमानमा बैदेशिक कामदारको रुपमा गएकी थिइन् र जीवन गुजाराको निम्ति छविलाल सिटि रिक्सा गुडाउँथे l
दिलबहादुर मगरको रिक्सा गुडाउन थालेको ७-८ महिना पछि २०७९ साल असोज ४ गते करिब ४:३० बजे सवारी छोडेर फर्कदै गर्दा गलत दिशामा रोकी राखेको ट्रकको पछाडी बाट एकजना ८२ बर्षीय वृद्ध मानिस एक्कासी निस्किएको हुदा छविलालको सिटि रिक्सामा ठक्कर लागि ढल्न पुग्छन् l ति वृद्ध मानिसलाई छविलालले नजिकैको अस्पताल लिएर जान्छन्, त्यहाँ उपचार सम्भव नभएको कारण बिराटनगर स्थित अस्पतालमा लगिन्छ, ति ठक्कर लागेका मानिसको सोहि रात मृत्यु हुन्छ l
छविलालले आफुलाई प्रहरीलाई सुपुर्दगी गर्दछन् l अनुसन्धान पश्चात छविलाल लाइ अदालतले ३ बर्ष २ महिना कैद सजाय तोक्छ भने रिक्सा धनिलाइ २ बर्ष कैद र पिडित पक्षलाई ५ लाख ६० हजार रुपैया क्षतिपुर्ति तिराउने आदेश दिन्छ l तर पिडित पक्षका आफन्तहरु असल र बुझ्ने भएकाले त्यो पैसा आफुले बुझाउनु नपरेको बताउँछन दिल बहादुर l ३५ हजार धरौटीमा छुटे, मुद्दा मामिलाको क्रममा आफ्नो ६-७ लाख खर्च भएको र लामो समयसम्म तारेक धाए पश्चात हालसालै अदालतको फैसला आफ्नो पक्षमा दिएको भनाइ छ दिल बहादुरको l
श्रीमान जेल गए पश्चात ६ महिना पछि दुर्गा नेपाल फर्किन्छिन् l उनि छोरा छोरी दुवै लिएर चितवन तर्फ लाग्दछिन l तर छोराले चितवन बस्ने इच्छा नगरेपछि दुर्गा फर्केर फेरी इटहरी आउछिन l तर श्रीमान जेल परे पश्चात कमाउने कोहि नभएको हुनाले उनि फेरी बैदेशिक रोजगारीमा जाने सोच बनाउछिन र छोरीलाई माइतमा जिम्मा लगाएर कुबेत तर्फ लाग्छिन् l
यता १५-१६ बर्षको छोरा प्लम्बिङ्गको काम गर्दागर्दै गलत संगतमा पर्न पुग्दछ l दशैको समयमा दुर्गाले आफ्ना छोरा छोरीलाई दसैँ खर्च पठाई दिन्छिन् l छोराले उक्त पैसा लिएर बोर्डर पारि जोगवनी गइ लागु पदार्थ सेवन गरि आफ्नो कोठामा झुन्डिएर आत्महत्या गर्दछ l दुर्गा कुवेत गएको २ महिना मात्र भएको थियो, छोराको यो दुखद खबर सुनेर छोराको काज क्रिया गर्नको निम्ति दुर्गा तुरुन्त नेपाल फर्कन्छीन l
आफ्नो बुढा जेलमा परेको केहि समय पछि छोरा गुमाउन पुगेकी दुर्गाले इटहरीमा बस्ने कुनै सार देखिनन्, त्यसैले उनि छोरी लिएर चितवन (माइत) तर्फ लाग्छिन् l आज दुर्गा आइसक्रिम फ्याक्ट्री मा काम गरेर आफु र आफ्नो छोरीको जीवन गुजारा गर्दै आएकी छन्, केहि रकम कमाउन फेरी विदेश जाउ कि भन्ने उनको मनसाय छ, तर पहिलाको भिसाको मिति समाप्त नभई नया भिसा नलाग्ने भएको कारण उनि माइतमा बसेर आफ्नो छोरीको लालन पालन गर्दै आएकी छिन l
छविलाल, दुर्गा र दिल बहादुर प्रतिनिधि पात्र मात्र हुन्, उनीहरु जस्ता कयौं परिवारले नेपाली समाजमा यस किसिमको नियति भोग्दै आएको हुन सक्छन l लाइसेन्स सवारी साधन गुडाउन अतिआवश्यक बैधानिक आधार हो l तर आज अधिकांस नेपाली सिटि रिक्सा चालकहरु संग लाइसेन्स नभएको अवस्था छ l
लाइसेन्स लिनको निम्ति राज्यले तोकेको लिखित तथा ट्रायल परिक्षा अनिवार्य पास गर्नु पर्ने हुन्छ l रिक्सा चालकहरु आफ्नो सवारी साधन राम्ररी गुडाउन जाने पनी उनीहरु मध्ये धेरै जसो साक्षर नभएको कारण लिखित परिक्षा पास गर्न असमर्थ छन्, जसकारण प्राय सिटि रिक्सा चालकहरु लाइसेन्स बाट बन्चित हुनुपर्ने अवस्था निम्तिएको छ l
लाइसेन्स नभएकै कारण कदाचित् ठुलो दुर्घटना घट्न गएमा वा मानिस हताहत भएमा यी सिटि रिक्सा चालक तथा सिटि रिक्सा धनी जेल समेत जाने अवस्था आउन सक्छ l त्यति मात्र हैन, लाइसेन्सको अभावमा इन्सुरेन्स रकम दाबि नहुने भएकोले पिडित पक्षले पाउनु पर्ने क्षतिपुर्ति तिर्न न्युन आय भएको सिटि रिक्सा चालक तथा सवारी साधन धनी असमर्थ हुन्छन, जसले उनीहरुको जीवनमा थप समस्या निम्त्याउने देखिन्छ l
यी यावत समस्याहरुलाई समाधान गर्नको निम्ति राज्यले नपढे लेखेका सिटि रिक्सा चालकहरुको निम्ति लाइसेन्स लिने बाताबरण लाइ सहज बनाउन आवस्यक छ l पढे लेखेका हरुले सजिलै लाइसेन्स लिन सक्ने भएपनि, लेखपढ गर्न नसक्ने सिटि रिक्सा चालकहरु भने लिखित जाँच पास गर्न असमर्थ देखिन्छन् l सिटि रिक्सा चालकहरु संग गरेको वार्तालाप अनुसार, लिखतको ठाउंमा मौखिक र ट्रायल व्यवस्था गर्ने हो भने आफुहरुलाई लाइसेन्स लिन सहज हुने भनाइ उनीहरुको छ l ट्रयाक्टरको हकमा ट्रायल परिक्षा मात्र पास गरे पुग्छ, लिखित परिक्षा दिन आवस्यक छैन l सिटि रिक्साको सवालमा त्यसैगरी मौखिक/अन्तर्वार्ता र ट्रायल जाँच पास गरेको आधारमा लाइसेन्स दिने व्यबस्था गरि राज्यले धेरै सिटि रिक्सा चालक तथा उनीहरुको परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउन सक्ने देखिन्छ l
आज सिटि रिक्सा नेपालका तराईका सहर र गाउँहरुमा लाखौ मानिसहरुको निम्ति जीविकोपार्जन र सहज यातायातको साधन बनेको अवस्था छ l यसले धेरै हदसम्म विदेश पलायनलाई रोकी स्वदेशमै न्यून आय भएका मानिसहरुको निम्ति रोजगारी सृजना गर्न सफल भएको छ l बाताबरण मैत्री भएको भएको कारण पेट्रोलको परनिर्भरता लाइ अलिकति भएपनि कम गरिदिएको छ l यति धेरै राम्रा पक्ष हुदा हुदै पनि सिटि रिक्सा तथा यिनको चालकहरुले सुरुवाती दिन देखि नै दर्ता, व्यवस्थापन, लाइसेन्स तथा इन्सुरेन्स आदिको समस्या झेल्दै आएको पाइन्छ l सिटि रिक्साले नेपाली समाजमा पुर्याएको आर्थिक तथा सामाजिक योगदानको महत्वलाई बुझी देशभरि हजारको संख्यामा रहेका सिटि रिक्सा चालक, तथा उनीहरुको परिवारको जिविकोपार्जन लगायत, लाखौ नेपाली यात्रुहरुको सहज र सुलभ यात्रा सुनिश्चित गर्नको निम्ति लाइसेन्स लिने प्रक्रियालाई सहज बनाउने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवस्यक छ l