आफूलाई कसरी चिनाउन चाहनु हुन्छ ?
मेरो नाम शिक्षित भट्ट र मेरो जन्म सुदूर-पश्चिमको डोटीमा भएको हो l ८ वर्षको उमेरसम्म मैले डोटीमा बिताए l त्यसपछि म काठमाडौँ आएर स्कूलिंग र एस.ल.सी गरे पश्च्यात काठमाडौँ विश्व विद्यालयबाट २००२ मा इन्जिनियरिङ गरे र ७ वर्ष टेलिकम कम्पनीमा काम गरी एम. बि. ए को पढाई सकाए l एम.बि.ए सकेर मैले ५ वर्ष एउटा ठुलो बैङ्कमा काम गर्ने मौका पाए, ६ वर्ष अघि मैले जागिर छोडेर आफ्नो उद्यमशीलताको यात्रा सुरु गरे l
अहिले बजारमा टुटलको धेरै चर्चा-परि चर्चा भइरहेको छ, के हो यो टुटल भनेको ? कसरी काम गर्छ यसले ?
टुटल भनेको एउटा राईड सयरिंग गर्ने प्लेटफर्म हो l जसमा कसैलाई कतै जानु छ भने एप्स्बाट राईडको लागि अनुरोध गर्न सकिन्छ l नजिकमा भएको मोटरसाइकल चालकहरूले त्यो ऐप्पबाट सूचना पाउँछन् र तपाईँ भएको ठाउँमा आइपुग्छन् र तपाईँ थोरै पैसामा एकठाउ बाट अर्को ठाउँ पुग्न सक्नु हुनेछ l
तर यसलाई हामीले अलि बृहत् आर्थिक दृष्टिकोणबाट हेर्नुपर्छ जस्तो लाग्छ l हामीसङ सीमित स्रोत साधनहरू छन् l हमिले आफ्नो उपभोगको लागि ती स्रोत-साधनहरू अझ नयाँ ढङ्गबाट सिर्जना गर्न सकेनौ भने हामी दिगो भविष्य सिर्जना गर्न सक्दैनौ l उदाहरणको लागि, काठमाडौँ वा बिराटनगर जस्तो सहरमा प्रत्येक आउने व्यक्तिले आफू बस्ने घर आफै बनाउने भएको भए हाम्रो परिस्थिति कस्तो हुन्थियो होला कल्पना गर्नुस् त ? तर हामीसङ शेयरिंग इकोनोमीको अवधारणा भएको कारण हामी हाम्रो कोठा भाडामा दिने वा लिने गर्दछौ l
यदि तपाईँले त्यही बहसलाई मोटरसाइकल वा कारसंग जोडेर हेर्नुहुन्छ भने १० वटा मद्धे ८ वटा बजारमा हिडीरहेको मोटरसाइकल वा कारमा एक जना मान्छे मात्र हुन्छन् l भनेपछि हामीसंग मोटरसाइकल वा बाटो-घाटोको रूपमा त्यतिका धेरै स्रोतसाधनहरू खेर गइरहेको छन् l आज हामीले यस्तो प्रविधिको विकास गर्न सक्छौ, जसले गर्दा श्रोतहरू म्याच होस् र त्यसको धेरै भन्दा धेरै उपयोगिता सिर्जना गर्न सकियोस् l
बृहत् अर्थमा हेर्दा टुटल एउटा शेयरिंग इकोनोमी हो, जसले यात्रुलाई मोटरसाइकलमा एउटा ठाउँबाट अर्को ठाउँमा जान सस्तो, सुलभ र भरपर्दो सवारीको काम गर्दछ l साथै यसले मोटरसाइकल धनीको लागि आय-आर्जनको अवसर पनि सिर्जना गर्दछ l
यसो हेर्दा यो ऊभर वा भनौ ट्याक्सी राईड शेयरिंगको संस्कार जस्तै छ l त्यही कुरा यहाँ २ व्हीलर मोटरसाइकलमा लागु गर्न खोज्नु भएको हो ?
यसरी हेर्दा उनीहरू भन्दा खासै फरक योजना होइन, तर त्यसलाई हामीले हाम्रो देश, समाज र परिवेशमा यो योजनालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर हेर्नुपर्दछ l हरेक देश, सहर र समाजको समस्या र आवश्यकता फरक-फरक हुन्छ, हामीले त्यसै अनुरूप त्यसको समस्या समाधान खोज्नु पर्दछ l बाहिरबाट हेर्दा यो उस्तै लागे पनि हामीले हाम्रो योजना लाई मूर्तरूप दिन हाम्रो समाजलाई सुहाउँदो प्रविधि प्रयोगमा ल्याएका हौ l एक हिसाबले हेर्दा यो अवधारणा उबर जस्तै देखिएपनि अर्को हिसाबले फरक पनि छ, किनभने हामीले ट्याक्सीको ठाउँमा मोटरसाइकल लाइ प्रयोगमा ल्याएका छौ l
यहाँहरूको समूह कति ठुलो छ छ ?
हाम्रो २० जना जतिको सानो समूह छ l
कहिले देखी सुरु गर्नुभएको ?
यो सुरु गरेको अढाई वर्ष जति भयो l
टुटलको कारणले कति जनाले रोजगारी पाएका छन् ?
यो अढाई वर्ष भित्रमा करिब १० हजार जतिले रोजगारी पाइसकेका छन् l हामीले यो सुरु गर्दा काम प्रति त्यति राम्रो सम्मान दिएको पाइएन, जुन कुरा कुरा तैयार गर्न हामीलाई ८ देखी ९ महिना लाग्यो l आज टुटलमा आबद्ध भएर कलेज पढ्ने विद्यार्थी लगायत थुप्रै युवाहरू (विदेशबाट फर्केर यही केही गर्ने रुचाउनेहरू समेत ) ले यसबाट फाइदा लिइरहेका छन् l
केही समय अघि मात्र सरकारले टुटल सञ्चालनमा रोक लगाएको थियो, के कारण थियो ? कसरी त्यो समस्याको समाधान भयो ?
नेपालमा २६ वर्ष अघि लेखिएको कानुनका कतिपय प्रावधानहरूले हाम्रो जस्तो उधमलाई स्पष्टता दिएको थिएन l त्यही कानुनी अस्पष्टताका कारण सञ्चालनमा व्यवधान आएको थियो l
भर्खरै मात्र टुटलले ३.५ करोड रुपैयाँ कर बझाउनु पर्ने भन्ने समाचार आएको थियो l यती ठुलो रकमको कारोबार गर्नु हुन्छ कि के हो ?
धेरै व्यक्तिहरूलाई त्यो लाग्नु स्वभाभीक हो, किनकि जे कुरा बहसमा आउँछ मानिसहरूले त्यही नै बुझ्दछन् l तर साधारण हिसाबले बुझाउँदा, तपाईँ मोटरसाइकल धनी हुनुभयो l मैले तपाईँको मोटरसाइकल चढेबापत तपाईँलाई मानौँ १०० रुपैयाँ दिए l त्यो १०० रुपैयाँबाट मैले ५ रुपैयाँ पाए, भनेपछि मेरो कमाई त ५ रुपियाँ हो र मैले त्यसमा कर तिर्नु पर्छ भन्ने मेरो बुझाई हो l
तर यहाँनेर जुन करको मूल्याङ्कन गरियो, त्यो १०० रुपैयाँमा गरियो l ३.५ करोडको ५ % मात्र हाम्रो आय हो, हामीले त्यति पैसा देखेको पनि छैन, हाम्रो बैङ्क खातामा आएको पनि छैन l
हामीले आम मानिसहरूलाई यो कुरा बुझाउन जरुरी छ कि हामीले त्यति ठुलो मात्राको कारोबार गरेका छैनौ र पैसा कमाएका पनि छैनौ l हामीसँग यस्तो प्रविधि या स्टार्ट-अप लाइ सहजीकरण गर्ने कानुनको अभाव छ जस कारण सबैले आ-आफ्नो तरिकाले व्याख्या गरिरहेका छन्, जसले समस्या निम्त्याइरहेको छ l
राज्यको तर्फबाट कति सहयोग वा असहयोग पाउनुभएको छ l राज्यले तपाइहरूलाई कसरी हेरेको छ ?
राज्यलाई त्यति दोष दिनु पनि मिल्दैन l राज्यको धेरै प्राथमिक विषयहरू छन्, जसमा हामी अहिले नपरेको हुन सक्छौ l नेपाल अहिले सङ्क्रमणकालीन अवस्थाबाट नयाँ संविधान अङ्गाली प्रजातन्त्र तर्फ उन्मुख भएको अवस्था छ l अब हामीले आर्थिक विकास गर्नु छ र राज्यको अहिलेको मूल नारा पनि समृद्ध नेपाल सुखी नेपाली नै रहेको छ l
हामी अहिले राज्यसँग पैरवी गर्दै छौ l मेरो बिचारमा सरकारले यसमा सहयोग नगर्नु पर्ने कुनै कारण देख्दिन l किनभने हामीले राज्यको थुप्रै योजनामा सहयोग पुर्याऊने काम गरिरहेका छौ l
हाम्रो कामले प्रधानमन्त्रीको रोजगारी कार्यक्रम लाइ सहयोग गरिरहेको कुरालाई कसैले नकार्न सक्दैन l श्रम तथा रोजगार मन्त्रालयले “श्रम प्रति सम्मान” कार्यक्रम जुन अहिले सुरु गरेको छ, त्यो अभियानलाई सहयोग गर्ने काम हामीले २ वर्ष अगाडी टुटल मार्फत सुरु गरेका छौ l
अर्थ मन्त्रालयको प्रत्येक व्यक्तिको खाता हुनुपर्दछ भन्ने जुन कार्यक्रम छ, हामीले हाम्रो बाइकरहरुलाई डिजिटल वालेट एकाउन्ट खोलेर त्यसमा पनि सहयोग गरिरहेका छौ, भनेपछि हामीले सरकारलाई सहयोग नै गरिरहेको हो l यसमा सरकारको असहयोग होला भन्ने मलाइ लाग्दैन l
राज्य वा सरकारले के गरिदिएको खण्डमा तपाइहरूलाई सहज हुने थियो ?
उद्यमशीलतालाई हामीले व्यापारबाट छुट्टाउनु पर्छ l हामी उद्यमी भनेको सम्भावना खोज्ने र त्यसलाई उजागर गर्ने व्यक्ति हौ, जसले आफ्नो देश, समाज र सहरहरूका आर्थिक, सामाजिक समस्यालाई समाधान गर्न विभिन्न सम्भावना खोज्ने काम गर्दछौ l
सम्भावनाहरूलाई उजागर गर्दा हामी नयाँ खोज गर्दछौ, नयाँ प्रविधि भित्रयाउदछौ, नयाँ तरिकाले समस्यालाई नियाल्दछौ र जोखिम पनि लिन्छौ l यसक्रममा हामी धेरै गल्तीहरू पनि गर्दछौ र त्यसबाट सिक्छौ पनि l
अहिले खोजेको सम्भावनाले आउने दिनमा काम गर्छ वा गर्दैन, फाइदामा जान्छ वा जाँदैन भन्ने कुरा भविष्यको गर्भमा लुकेको छ l ती सम्भावना लाइ उजागर गर्ने बेलासम्म सरकारले म लगायत केही नयाँ गर्ने प्रयासमा लागेका थुप्रै युवा उधमीहरुलाइ सहयोग गर्नु पर्दछ l
सरकारले जोखिम लिने वातावरण सिर्जना गर्नुको साथै करमा छुटको व्यवस्था गरिदिनु पर्दछ l किनकि हामीले हामीले हाम्रो बर्तमानलाई भविष्यको लागि दाउमा लगाएका छौ l १० वटा मद्धे ९ वटा उधम असफल भए पनि यदि एउटा उधमी सफल भएको खण्डमा त्यसले समाजमा परिवर्तन ल्याउन सहयोग गर्ने कुरामा कुनै शङ्का छैन l
टुटलमा समलग्न भएर रोजगारी गर्न रुचाउने मानिसहरू कसरी तपाईहरको टुटलमा आबद्ध भएर लाभान्वित हुन सक्छन् ?
हाम्रो टुटल पार्टनर भन्ने ऐप्प छ जसलाई तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ l त्यसपछि अफिसमा गएर तप जानकारी लिई फर्म भर्न सक्नुहुन्छ र आफूलाई सजिलो हुनेगरि जहिले पनि काम गर्न सक्नुहुन्छ l तर त्यसको निम्ति १८ वर्षदेखि माथिको मानिसहरू हुनु पर्दछ l
भविष्यको लागि केही योजना छ कि वर्तमान आल्जिएर बसीरक्ननु भएको छ ?
समस्या त सबैको यात्राको पाटो नै हो, समस्या आउँछ भन्ने कुरा हामीलाई थाहा नै छ l तर हामीले समस्या र अप्ठ्यारा परिस्थितिबाट सिक्नुपर्छ, फेरी त्यही गल्ती भनिचाहे डोर्याउनु हुँदैन l
हाम्रो दीर्घकालीन योजना भनेको हामी टुटललाइ विस्तार गर्न चाहन्छौ र हामी तपाईँहरूको सहरमा पनि चाडै आउने प्रयास गर्दै छौ l हाम्रो सेवालाई सुधारदै यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँ लग्न सहयोग गर्ने र हजारौको लागि थप रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो l
अहिले काठमाडौँ बाहेक कुन कुन ठाउँमा यसले सेवा दीदैछ ?
अहिले हामीले पोखरामामा परीक्षण गरिरहेका छौ l
यहाँले पुर्वान्चल बासीहरूलाई के भन्न र सन्देश दिन चाहनु हुन्छ ?
पुर्वान्चल बासी भन्दा पनि हामी सबै जना नेपाली नै हौ l समग्रमा भन्दा हाम्रो देश सम्मभावना बोकेको देश हो, जसका धेरै कारणहरू छन् l हाम्रो ५०% भन्दा बढी जनसङ्ख्या युवाको छ l
अर्को कुरा अर्थतन्त्रको केन्द्र पहिले एटलान्टिक महासागरबाट हिन्द महासागरमा आइपुगेको छ l संसारको ७ अर्ब जनसङ्ख्या मद्धे ४ अर्ब एसियामा छ, जसमद्धे ३ अर्ब हाम्रो वरिपरि छन् l भनेपछि जुन समस्या विराटनगरमा छ, त्यही समस्या भारतको कुनै सहरमा पनि छ l त्यो समस्या कृषि, यातायात, शिक्षा सम्बन्धी जुनसुकै क्षेत्रमा हुनसक्छ l हाम्रा समस्या उनीहरूको पनि समस्या हो l
हाम्रो उधमशिलता ती देशहरूको समस्या लाइ निराकरण गर्नको निम्ति निर्यात गर्ने बेला आएको छ, किनकि अहिलेसम्मको विश्व अर्थतन्त्र पश्चिमबाट हामीकहाँ भित्रियो l अब हामी पनि हाम्रो, खोज, सेवा तथा उत्पादनलाई निर्यात गर्नको निम्ति सक्षम छौ भनेर प्रमाणित गर्ने बेला आएको छ l
टुटल बाहिर देशको फ्राइन्चाइज् हो कि नेपाल कै हो ?
टुटल नेपालको आफ्नै हो बाहिर फ्राइन्चाइज् होइन l
तपाईको समयको लागि धन्यवाद
धन्यवाद छ तपाईलाई पनि l