अंग्रेजी महिनाको २०२० अक्टोबरमा १६मा बिकल्प एन्ड अल्टरनेटिभले नेटवर्क फर फ्रि-सोसाइटीको सहकार्यमा “अंडरस्टैंडिंग पब्लिक पोलिसी“ भन्ने शीर्षकमा अनलाइन छलफल कार्यक्रम संचालन गरेको थियो। उक्त कार्यक्रमको अथिति वक्ताको रुपमा, विगतक लामो समय देखि समृद्धि फाउन्डेशन नामक संस्थामा आफ्नो योगदान दिदै आउनु भएका, दीपेन्द्र चौलागाईंलाई आमन्त्रण गरेको थियो l उहा यस सम्बन्धित विषयमा राम्रो ज्ञान भएको र एउटा अनुसन्धान गर्ने संस्थामा आउटरीच कार्यक्रम देखी लिएर नेपालका संसद सदस्यहरू, राजनीतिज्ञहरू,नीति-निर्माताहरुसंग समन्वय गरी काम गरेको अनुभव समेट्नु भएको छ।
सुरुवातमा आफु कार्यरत संस्थाको परीचयदिदै उहाले समृद्धि फाउण्डेशन, नितिगत अनुसन्धान प्रतिष्ठानको रुपमा काम गर्दै गरेको संस्था जसले सार्वजनिक नीति ,व्यक्तिगत स्वतन्त्रता र सिमित सरकारको कुरामा निरन्तर बहस तथा पैरवी गरिरहेको जानकारी दिनुभयो । त्यसका साथै उहाले अहिले हामी संघीय राज्य प्रणालीमा गएको हुनाले स्थानिय स्तरमा विकासको निमित्त ज्ञान र नीति बीच अन्तराललाई कम गर्न विकल्प अन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरजस्ता संस्थाहरुले महत्वपूर्ण भूमिका निभाई रहेको कुरा अवगत गराउनु भयो ।
उहाको विचारमा, नेपालीहरुले राजनीतिक स्वतन्त्रता हासिल गरिसकेको भएता पनि आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिका मुद्दाहरू अझैपनि बहसमा नल्याएको कुरा बताउनुभयो । उनले उदाहरणको रुपमा देख्नसकिन्छ, जुन समाज अझै पनि नियन्त्रण मुखी छ, त्यो समाजको त्यति धेरै विकास उन्मुक्त नरहेको,संकोचित र शोसित नै रहेको तसर्थ प्रजातन्त्रको सम्बर्धनको निम्ति गर्न खुला बहसका चौतारीहरु आवश्यक पर्दछ भन्नुभयो ।छोटोमा भन्नु पर्दा प्रजातन्त्र को विकल्प भनेको अझ धेरै प्रजातन्त्र हो भनी प्रस्ट्याउनु भएको थियो ।
“सार्वजनिक नीतिको समबन्ध नागरिकसंग नड़ र मासुको जस्तो हुन्छ तसर्थ प्रत्येक सार्वजनिक नीतिले नागरिकको जीवनलाई असर गरिरहेको हुन्छ । हुनत कुनै पनि देशको आफ्नो संबिधान अनि आफ्नो सिमान्त हुन्छ । संविधानमा मौलिक अधिकारहरु हुन्छन्;नागरिकका आफ्ना आकांक्षा र अपेक्षा हुन्छन्;राजनितिक पार्टीहरुले घोसणा पत्र मार्फत आफ्ना प्रतिबद्धता जाहिर गरेका हुन्छन् अनि त्यस्तो प्रतिबद्धताभित्र रहेर , त्यो संबिधान अन्तरगत बसेर नागरिकहरुका अपेक्षाहरुलाई पुरा गर्नको लागि राज्यले नीति तथा कार्यक्रमहरु बनाएका हुन्छन् l जुन नीति तथा कार्यक्रमहरुलाई राज्यले प्राप्त गर्नको निम्ति, सुशासित ढंगले चलायमान गर्न तोकिएको कदम वा कुनै पनि नीति-नियमहरुलाई सार्बजनिक नीति भनिन्छ,” उहाले परिभाषित गर्नु भयो ।
साथै जोडिदै, सार्वजनिक नीतिहरु सर्वसाधारणको जीवनलाई सहयोग पुर्याउनको लागि बनाईको हो तर दुर्भाग्यवश, नेपालमा नीतिहरू नागरिकको जीवनलाई नियन्त्रण गर्न बना इएको हो जस्तो भन्दा हुन्छ । वास्तवमा भन्ने हो भने, सरकारको काम भनेको सार्वजनिक सेवा प्रवाहको माध्यमबाट आमनागरिकको जीवनलाई सजिलो बनाउनु हो जसका लागि प्रत्येक नागरिकले सरकारलाई कर तिरेको हुन्छ भनेर विचार व्यक्त गर्नुभयो । प्रायजसो हाम्रो सार्बजनिक नीतिहरु भावनामा बहेर बनिरहेको हुन्छ र नेपालमा सार्वजनिक नीति कहिले पनि सार्वजनिक नभएको भन्नु भयो ।
अन्तिममा उहाले कस्तो सार्वजनिक नीति राम्रो हुन्छ भन्ने क्रममा, जुन नीति भावनामा आधारित नभई तथ्यमा आधारित हुन्छ ; सार्वजनिक नीति पारित हुनु वा लागु हुनु भन्दा अघि व्यापक रुपमा त्यसका सरोकारवालाहरुसंग कत्ति को छलफल भएको छ वा त्यसमा इन्पुट्स दिनुभएको छ भन्ने प्रमुख कुराले त्यो सार्वजनिक नीतिलाई परिपक्क बनाउछ भनि अनुग्रह गर्नुभयो l
उक्त कार्यक्रमलाई बिकल्प एन्ड अल्टरनेटिभ संस्थाका संस्थापक बसन्तअधिकारीले गर्नु भएको थियो l कार्यक्रममा ५४ जनाले छलफलमा सहभागीता जनाएका थिए l