विराटनगर – मालिकले गरेको ठगी धन्दामा फसेका लाल बहादुरको न्यायको मागको गर्दै विराटनगरमा सोमबार शान्तिपूर्ण अभियान हुने भएको छ । विराटनगरका न्यायप्रेमी सम्पूर्ण युवाहरुले आयोजना गर्न लागेको यस अभियानमा विराटनगरका सयौं युवा तथा अन्य नागरिक समाज सहभागी हुने कार्यक्रमका लागि तयारीमा जुटिरहेका एक युवाले बताएका छन् । सोमबार विराटनगरको ट्राफिक चोकमा दिउसो ४: ३० बजे कार्यक्रम हुने जनाइएको छ ।
लाल बहादुरका मालिक तथा ठगीमा परेका जाहेरवालाहरुले नै ” लाल बहादुर निर्दोष छन्” भनेर अदालतमा लिखित वकपत्र गरेपनि जिल्ला अदालत सुनसरीले कसैको कुरा नसुनी , नपढी लाल बहादुर विश्वकर्मालाई हचुवाको भरमा १८ महिना जेल र ३ करोड १४ लाख भन्दा बढी बिगो र ७० हजार जरिवाना सजाय सुनाउनु न्यायोचित नभएको तथा यसको विरुद्ध लाल बहादुर विकले दिएको पुनरावेदनको पेसी पनि पटक पटक सरेको कारण वहस नै हुन नसक्नु झनै न्यायोचित नभएको कारण आफुहरु सडकमा शान्तिपूर्ण तरिकाले आउनुपरेको ती युवाले बताए । राष्ट्रिय स्तरमा हलचल मच्चाएको यस घटनाको जिल्ला अदालत सुनसरीले फैसला सुनाएदेखि लाल बहादुर विश्वकर्मालाई न्याय दिलाउन हर तवरले आफुहरु लागि रहेको कारण यस अभियान नयाँ नभएको पनि उनले बताएका छन् ।
उनले भने , ” कुनै पनि नागरिकले न्यायको लागि भिक माग्ने अवस्था सृजना हुनु विडम्बना हो। जनताले त नमागी न्याय पाउनु पर्ने हो तर यहाँ त्यस्तो भएको छैन । लाल बहादुरले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गराएपछि विराटनगर उच्च अदालतमा पुष २६ २०७९ पछि ६ वटा पेसी हेर्न नमिल्ने भनि सरेको कारण लाल बहादुर तथा उनको परिवार अत्यन्तै हैरान र मानसिक रुपमा विक्षिप्त भएका कारण पनि न्यायको माग गर्दै आफुहरु सडकमा आउनुपरेको छ । हामी सम्मानित अदालतलाई सधै शिरमा राख्छौ । माननीय न्यायाधिसहरुको सम्मान गर्छौ । यो शान्तिपूर्ण प्रदर्शन कसैलाई दवाव दिन तथा विरोध गर्न नभए पनि यस अभियानले लाल बहादुरको मुद्धालाई सत्यतथ्य छानविन गरी अपराधी लाई उन्मुक्ति नदिनुका साथौ निर्दोषहरुलाई सजाय नदिन विनाम्रका साथ अनुरोध गर्नेछ । “
अहिले सामाजिक संजालमा लाल बहादुर विकको न्यायको व्यापक माग गरिएको छ । राप्रका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले पनि सनिबार फेसबुक स्ट्याटसमा लाल बहादुरको चाडो पुनरावेदन गर्न माग गरेका थिए । केहि महिना अगाडि पनि लाल बहादुर विकको न्याय माग गर्दै इटहरी तथा काठमाडौँमा पनि शान्तिपूर्ण प्रदर्शन भएको थियो ।
यो पनि : लालबहादुर विश्वकर्माको सातौँ पेसी पनि सर्यो ; परिवारको विचल्ली – Bikalpa Khabar