विराटनगर – बंगलादेश बसाप एशोसिएशनले बंगलादेशको राजधानि ढाकामा आयोजना गरेको ” हिरोइक फ्रिडम फाइटर सहिद अहसान उल्लाह मास्टर अन्तराष्ट्रिय बसाप गोजु र्यु कराते च्याम्पियनशीप २०२३ ” का लागि नेपाललाई प्रतिनिधित्व गर्न मोरङबाट खेलाडी तथा अफिसियलहरु सोमबार सो तर्फ प्रस्थान गरेका छन्।
खेलाडिहरुको हौसला बढाउन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, सितोरियो करातेका संस्थापक खेलाडि तथा वरिष्ठ कराते प्रशिक्षक भानु यादव, पु.क्षे.खे.वि.स. कार्यालय प्रमुख सोभितराज प्रसाईले खेलाडीहरुलाई खादा ओढाएर सोमबार बिदाई गरेका थिए ।
डिसेम्बर २७,२८ र २९ मा हुनगइरहेको उक्त प्रतियोगितामा नेपालका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वशनिय रहेको मोरङ कराते महासंघका अध्यक्ष रुपेश बरालले बताएका छन्। न्यु सेप कराते एकेडेमिले खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्दै विदाई गरेको थियो । एकेडेमिका सन्चालक प्रभाकर राना मगर(रिक्कि) आफैपनि टिममा कोचको भुमिकामा ढाका प्रश्तान गरेका छन् भने पुर्वान्चल क्षेत्रिय खेलकुद विकास समितिका उपनिर्देशक बिमल पोखरेल पनि नेपालको तर्फबाट अफिसियलको रुपमा ढाका प्रस्थान गरेका छन् ।