मुनलाइट गर्ल्स होस्टेलकी संचालिका मधु कटुवाल रेग्मी कोशी अस्पतालमा भर्ना भएकी छिन् । विराटनगर नर्सिङ क्याम्पसमा नर्सिङमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी रेग्मीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको थियो । अदालत लाने क्रममा प्रेसरको समस्या भएर स्वास्थ्यमा समस्या देखिएकाले अदालतबाट म्याद थप गरि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हाल रेग्मीको उपचार भइ रहेको र अस्पतालले डिस्चार्ज दिएपछि सम्मानित हिरासतमा ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साझ होस्टल संचालिका रेग्मीले छत्राहरुमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछी रेग्मीलाई कारवाही गर्न चरैत्रिरबाट दबाब थियो ।