काठमाडौं । प्रतिनिधिसभा वैठकमा नेपाली कांग्रेसकै सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सुन प्रकरण छानबिन गर्नको निम्ति नैतिकताको आधारामा मंत्री श्रेष्ठ र महतले राजीनामा दिनुपर्ने बताए।
उनले भने , “उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपथ्र्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो । होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’
सांसद शर्माले राजिनामा माग गर्दै सरकारले सुन प्रकरणका नाइकेलाई नसमाए संसदमै अनसन बस्ने चुनौती समेत दिए।
‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने?,’ उनले भने, ‘मुख्य नाइके सरकारले समाएन भने म संसदमै अनसन बस्छु।’