विराटनगर – २०७२ सालदेखि सञ्चालनमा आएको तरहरा गोल्डेन चोक स्थित सिंहदेवी ज्वेलर्सले बचतकर्ताको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै २०७५ असार २० मा बचतकर्ताहरुले उजुरी हालेका थिए । असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा परेको थियो । सो मुद्धामा ज्वेलर्समा कालिगडका रूपमा काम गरिरहेका लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो ।
लाल बहादुर विकले एक पैसा पनि अपचलन गरेको तथा उनले कोहि व्यक्तिलाई ठगेको कहिकतै प्रमाण थिएन । ‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् र उनीबाट आफुहरु नठगिएको’ भनी मुख्य जाहेरवाला सहित ७२ जना जाहेरवालाहरुले अदालतमा बकपत्र मात्र गरेनन , ती नै जाहेरवालाहरु लाल बहादुर विकको न्यायको लागि सडकमा समेत पटक पटक उत्रिए। लाल बहादुर विकका मालिकहरुले समेत प्रहरी कार्यालय तथा आदालतको वकपत्रमा लाल बहादुर निर्दोष हुन् , उनको यस धन्दामा कुनै संग्लग्न छैन भनेका थिए। तर जिल्ला अदालत सुनसरी निर्मला योङ्गहाको इजलासले २०७८ पुष २३ गते लाल बहादुर विकले आफ्नो मालिकको आदेशमा गरेको २ वटा सहिलाई अधार मानेर विना इजाजत् बेन्किंग कारोवारको मुद्धामा ३ करोड १४ लाख ३३ हजार रुपैया विगो र ठगि मुद्धामा १८ महिना जेल र ७० हजार जरिवाना सुनायो। लाल बहादुर विकले २०७९ मंसिर २१ गते अदालतमा आत्मसमर्पण गरी अदालतको आदेश अनुसार जेल चलान भएका थिए ।
दिनभर काम गरेर बेलुकाको छाक टार्नुपर्ने विक परिवारलाई ३ करोडको विगो तिर्न सक्नु सपनामा पनि चिताउन नसकिने कुरो थियो। लाल बहादुर र उनका परिवारलाई कहिले नपरेको बज्र आइपरेको थियो । परिवारले मृत्यु भन्दा अरु उपाय नदेखेको पनि पटकपटक बताउदै आएका थिए । लाल बहादुर स्वयम पनि मानसिक र शारीरिक रुपमा अत्यन्तै कमजोर भैसकेका थिए। लाल बहादुर लगायत उनका बाबुले त आत्महत्या गर्ने हिम्मत सम्म जुटाइसकेका थिए ।
यस घटना बारेमा एक दुइवटा मिडियामा छोटो समाचार सामाग्री आएको थियो तर खासै धेरैको ध्यानाकार्षण भएको थिएन । लाल बहादुर विक आफैले जेल जानु अगाडि रुदै आफुलाई न्याय दिलाउन आग्रह गरेको भिडियो सामाजिक संजालमा हालेका थिए । त्यस भिडियोले गर्दा केहि मानिसहरु यस घटनाको सत्यतथ्य बुझ्न चाहि रहेका थिए ।
०७९ मंसिर २६ गते राति विकल्प खबरका पत्रकार सविन घिमिरेलाई यस घटनाबारे जानकारी आयो । लाल बहादुर विककी श्रीमती दिल कुमारी गहतराजको नम्बर उपलब्ध भएपछी उहासंग केहि कुराकानी पश्चात विकल्प खबरका सविन घिमिरेले यस मुद्धाको सत्यतथ्य समाचार संकलनका लागि लाल बहादुर विककको घर तरहरा गएर घिमिरेले लाल बहादुर विककी श्रीमती दिलु गहतराज, दिदि विष्णुमाया विक, लाल बहादुरका बा–आमा, गाउँका छिमेकी लगायत सो मुद्धाको एक जाहेरीवाला गङ्गा देवी गुरुङ्गसंग विस्तृत अन्तरवार्ता थिए । उनीहरु कसैले पनि लाल बहादुर दोषी छन् भनेनन । लाल बहादुर विकलाई विना कारण करोडौ विगो र जेल सजाय भएको उनीहरुको भनाइ थियो ।
पत्रकार घिमिरेले लाल बहादुर विकको मुद्धाको विषयलाइ लिएर गरिएको अन्तरवार्ता मंसिर २८ मा विकल्प खबरको फेसबुक र युट्युबमार्फत प्रशारण भयो । भिडियो सार्वजनिक गरेपछि सामाजिक संजालमा मानिसहरुले मुद्दाको बिषयमा थप स्पष्ट जानकारी पाएका थिए l विभिन्न कागजात र फैसला तथा प्रतिवेदन अध्ययन गरेपछि सयौं गाउँले तथा मुद्धा हाल्ने जाहेरिवालाहरुसंग भेटघाट गरेपछि पत्रकार सविन घिमिरे यस मुद्धाको अन्तिम विन्दुमा नपुगुन्जेल फलो अप गरिरहने निर्णयमा पुगेका थिए ।
पुष १ गते लाल बहादुर विक मुद्धाको
जिल्ला अदालतले दिएको फैसलाको पूर्ण पाठ विकल्प खबर मार्फत सार्वजनिक गरिएको थियो । सो फैसलाको पूर्ण पाठ अध्ययन गर्दा लाल बहादुरका मालिक दिपक गजमेरका बुबा कृष्ण बहादुर गजमेरलाई पढ्न लेख्न नआउने भएको कारण २ जना वचतकर्ताको पासबुकमा लालबहादुर विकलाई हस्ताक्षर गर्न लगाई सोहि हस्ताक्षरको आधारमा फसेको वा फसाइएको कुरा स्पष्ट थियो । कृष्ण बहादुर विश्वकर्माले ” आफु पढ्न लेख्न नजानेको र आफ्नो छोरा दिपक गजमेर पसलमा नभएको बेला १० लाख र ५ लाख रुपैया बचत गर्न आएका २ जनाको पासबुकमा लाल बहादुरलाई सहि गर्न लगाएर पैसा आफुले बुझेको ” भनेर प्रहरी तथा अदालतको वकपत्रमा समेत बताएका थिए ।
यस पूर्ण पाठ मिडिया मार्फत सार्वजनिक भपछि सामाजिक संजाल तथा जनमानसमा यस मुद्धाबारे थप चासो बढेपनि लाल बहादुर विकको न्यायको लागि त्यति धेरै मान्छे खुलेर बोल्न सकेका थिएनन । शायद मानिसहरु अन्योल र शंकाको घेरामा थिए । पत्रकार घिमिरेले विभिन्न आधार, तथ्य र विक परिवारको दयनिय अवस्था देखाउदै पटकपटक सामाजिक अन्जालामा पोस्ट गरेपछि मुद्दामा विद्यमान अन्यौल चिरिदै थियो । । धेरै रुचाइने सामाजिक संजालका पेज तथा व्यक्तिहरुले उक्त पोस्टलाई अधार मानेर सामाजिक संजालमा शेयर गरे । यस पश्चात सामाजिक संजालमा लाल बहादुर विकको लागि न्यायको माग गरिएका सयौं पोस्टहरु शेयर हुन थाल्यो । लाल बहादुर विकका बुबा आमा तथा श्रीमती र दिदि बहिनी तथा आफन्तहरुलाई भेटघाट गर्ने , फोन बाट निरन्तर संत्वाना दिने काम पत्रकार घिमिरेले कहिले छुटाएनन ।
नेपाल जस्तो देशमा गरिबनिमुखा , बोल्न नसक्ने , शक्ति तथा पहुच नभएकाहरुले न्याय पाउनु असम्भव भएको ठान्दै लाल बहादुर विकले पनि न्याय पाउछन भन्नेमा धेरैले विश्वास गरेका थिएनन। शुरुवाती अवस्थामा स्थानिय मिडिया तथा पत्रकारहरुले लाल वहादुर विकको मुद्दामा ध्यान दिएको अवस्था थिएन तर ४ मिलियन भन्दा बढी फलोअर भएको रुटीन अफ नेपाल बन्द फेसबुक पेजले लाल बाहदुर विकको विषयलाई लिएर २ जनवरी , २३ मार्च २०२३ र पटक-पटक पोस्ट शेयर गरे पश्चात नेपालका अधिकाङ्ग्श सामाजिक संजाल प्रयोगकर्ताहरुको मुद्दामा ध्यानाकर्षण भएको थियो । उक्त पोस्टहरु लाखौले हेरे, हजारौ मानिसहरुले शेयर र कमेन्ट गरे जसले गर्दा लाल बहादुरको मुद्दा नेपाल भरि ब्यापक बन्न मद्धत पुग्यो । ट्रोल नेपाल , जोक्स नेपाल जस्ता पेज मार्फत निरन्तर लाल बहादुर विकलाई न्याय दिनुपर्छ भन्ने पोस्टहरु आउन थालेपछि फेसबुक , टिकटक लगायत सामाजिक संजालमा रातारात लाल बाह्दुरको न्यायको लागि ‘ जस्टिस फर लाल बहादुर ‘ अभियान नै सुरु भयो । धेरैभन्दा धेरैले लाल बहादुर विकलाई चाडोभन्दा चाडो न्याय दिनुपर्छ भनेर सामाजिक संजालमा चर्को आवाज उठाउन थाले ।
गणतन्त्र दिवसको दिन राष्ट्रपतिद्वारा विभिन्न अपराधीहरुलाई आममाफी दिएको दिन राष्ट्रिय स्तरको टिभी न्युज ट्वेन्टी फोरले ”
लालबहादुर विकको ऐनामा रेशम चौधरीको अनुहार” शिर्षकको भिडियो प्रशारण गर्यो जसमा लाल बहादुर विकलाई न्याय दिन ढिलाइ भएको भन्दै संचारकर्मी राजीव खत्रीले दह्रो झापड हानेका थिए । दर्जनौ मिडिया तथा कन्टेन्ट क्रिएटर र विभिन्न पेजहरुले लाल बहादुरको विषयमा निरन्तर खबरदारी गर्न थालेपछि यसले न्यायको लागि आवाज देशव्यापी रुपमा बुलन्द गर्न सहयोग पुर्याइरहेको नै थियो । यसै बिचमा लाल बहादुर विकका
बुबा हर्कबहादुर विकको अन्तरवार्ता सविन घिमिरेले लिए र विकल्प खबरमा सो प्रशारण भयो । त्यस अन्तरवारताले धेरैलाई न्याय साच्चिकै ढिला हुदैछ भन्ने आभास गराउनुको साथै लाल बहादुर विकको घरको आर्थिक अवस्थाको समेत चित्रण गरायो ।
२०७९ पुष २६ गते पुनरावेदनको पहिलो पेसी सुनुवाई भएको थियो । त्यसपछि ७ वटा पेशी सर्यो । यसरी पटकपटक पेसी सर्दा लाल बहादुर विक र उनका परिवारका सदस्य दिनदिनै कमजोर र मानसिक रुपमा विक्षिप्त हुदै गएका थिए । पेसी सरेको खबर सुन्नासाथ एकपटक लाल बहादुरकी श्रीमती बेहोस समेत भएकी थिइन् l लाल बहादुर विक लगायत उनकी श्रीमती, आमाबुबा आफन्त सबैले हरेश खादै थिए ।एक हिसाबले भन्दा अन्य मानिसहरु पनि थाक्न थालेका थिए । तर पत्रकार घिमिरेले भने न्यायको आवाजलाई अझ बुलन्द बनाउन छाडेनन । उनले आवाज मात्र उठाएनन् तर लाल बहादुर विकको परिवारमा आउने हरेक समस्या र अभावलाई टार्दै एक अभिभावकको भूमिका निर्वाह गरेका थिए । पटक पटक पेसी सर्दा घिमिरे सामाजिक संजाल तथा सडक सबैतिर झनै आक्रामक भएर लेख्न अनि बोल्न थाले । विभिन्न भिडीयो, अडियो तथा लेखन सामाग्री तयार गरेर विभिन्न मिडिया मार्फत उनले यस कुरालाई अझ ब्यापक मात्र बनाएनन, उनले राजनीतिक पार्टीका नेता, गायक, कलाकार, भ्लगर, प्रख्यात टिकटकर, सामाजिक अभियन्ता, युटुबर, दारी ग्याङ्ग, एम आर आर र रुटिन अफ नेपाल बन्द जस्ता चर्चित सामाजिक संजालहरुलाई आवाज उठाउनको लागि झाक्झाकाइ रहे l देशका प्रतिष्ठित कलाकार, गायक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पनि लाल बहादुर विकलाई समर्थन गर्दै उनको न्यायको लागि आवाज उठाउन मद्धत गरे ।
पत्रकार घिमिरेले विभिन्न पार्टीका संसदहरुलाई लाल बहादुरको विषयमा आवाज उठाउन विभिन्न किसिमले दबाब सृजना गरिरहेका थिए ।
फलस्वरूप राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रख्यात नेता ज्ञानेन्द्र शाहीले “उच्च अदालतको प्रक्रियामा अन्याय परेका ‘लालबहादुर‘ भनेर सामाजिक संजालमा पोस्ट गरेका थिए । २०८० असार ३० शाहीले विकल्प खबरका पत्रकार सविन घिमिरेसंग भेट गरि लाल बहादुरको मुद्दाको विषयमा जानकारी लिए । शाहीले निर्दोषको न्यायको लागि आफुहरुले सकेसम्मको पहल र सहयोग गर्ने आश्वासन दिएका थिए । उनका पार्टीका समर्थक तथा कार्यकर्ताहरुले पनि विभिन्न समयमा लाल बहादुर विकको न्याय माग गर्दै प्रदर्शन तथा खबरदारी गरेका थिए।
२०८० जेठ ३१ गते राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना सांसदहरुले संसद भवन अगाडि ‘ जस्टिस फर लाल बहादुर विक’ अंकित टिशर्ट लगाएर लाल बहादुर विकको न्याय माग गरे । २०८० साउन ६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विराटनगर आएका बेला, “लाल बहादुर विक जस्ता अन्यायमा परेका मानिसहरुको न्यायको लागि तपाइको पार्टीले के गरेको छ ? ” भनेर प्रश्न गरेका थिए जसलाई विकल्प खबरमा पनि प्रशारण गरिएको थियो ।
जवाफमा रबि लामिछानेले लाल बहादुर निर्दोष रहेको र उनको न्यायको लागि आफ्नो पार्टी तथा संसदहरुले बोलिरहेको बताए बताएका थिए । रास्वपाका धेरै नेता , सांसद , सदस्य तथा शुभचिन्तकहरुले लाल बहादुर विकको न्याय माग गर्न विभिन्न अभियान गर्दै पिडीत परिवारलाई सक्दो अन्य सहयोग पनि गरेका थिए । यी आदि कुराहरुले लाल बहादुर विकको न्याय माग गर्दै देश ब्यापी माहोल तात्तियो ।
पहिला वास्ता नगर्ने अधिवक्ताहरुले पनि देशभरिको माहोल देखेपछि लाल बहादुर विकको पक्षमा मुद्दा लड्न चासो देखाउन थाले । लाल बहादुर विकको पक्षमा वहस गरेका वरिष्ठ अधिवक्ता मान बहादुर राई र उनको टिम , अधिवक्ता निराजन ओझा लगायत पत्रकार घिमिरे पनि मुद्धा जित्नेमा निश्चित थिए । वरिष्ठ अधिवक्ता मान बहादुर राइको टिम लाल बहादुर विकको पक्षमा खर्रो वहस गर्नलाई एकदमै तयार थिए । उता बेञ्च बलियो बनाउनको खातिर विभिन्न नाम चलेका वकिलहरुलाई लाल बहादुर विकको पक्षमा वहस गर्नको लागि सहयोग गर्न पत्रकार घिमिरेले धेरैलाई अनुरोध पनि गर्दै थिए । श्रावण १६ गतेको ९ औ पेशीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अधिवक्ता सोविता गौतम स्वयम् लाल बहादुरको पक्षमा बहस गर्न आउने कुरा निश्चित भयो ।
श्रावन १६ गते लाल बहादुर विकका पक्षका वरिष्ठ अधिवक्ता मान बहादुर राई ,अधिवक्ता कर्ण बहादुर राई , सांसद तथा अधिवक्ता सोविता गौतम र अधिवक्ता शुलभ प्याकुरेलले सो दिन लाल बहादुर विकको पक्षमा विभिन्न अधार, तथ्य, सिद्धान्त तथा नजिरहरु पेस गर्दै तगडा बहस गरे । सो दिन उच्च अदालत विराटनगरको विपुल न्यौपाने र मिलन कुमार राईको संयुक्त इजलासले गरेको फैसलाले लाल बहादुर विकलाई दुवै मुद्धामा सफाई दियो। अर्थात जिल्ला अदालत सुनसरीले लाल बहादुर विकलाई १.५ वर्ष कारागार र ३ करोड भन्दा बढी जरिवाना तोकेको फैसलालाई उच्च अदालत विराटनगरले उल्टाइदियो । साझ मात्र फैसला आएको कारण उच्च अदालत विराटनगरबाट खुशी हुदै तुरुन्त
लाइभ गरेर पत्रकार घिमिरेले सबैलाई यसबारे जानकारी दिए ।
त्यो दिन सामाजिक संजाल नै यहि घटनाले तातिएको थियो । विकल्प खबर र पत्रकार सविन घिमिरे त्यो दिनको सेलिब्रिटी नै बनेका थिए । देश विदेशमा रहेका नेपालीहरु खुशीले गदगद भए । न्यायको पक्षमा कहिले नथाकी विभिन्न माध्यमबाट पहल गरेकोमा पत्रकार घिमिरे र विकल्प खबर सहित न्यायका योद्धाहरुलाई सारा नेपालीले धन्यवाद दिए । लाल बहादुर स्वयम् र उनको परिवारमा जिन्दगीभर नमिलेको खुशी मिल्यो । मानिसहरुले नेपाली समाजमा न्याय अझ नमरिसकेको महसुस गरे । लाल बहादुर विकको हकमा अदालतले अदालतकै फैशला उल्टाएर न्याय नमरेको आभास नेपालीलाई दिलायो । उच्च अदालतको फैसलासंगै अगस्ट २ अर्थात् श्रावन १७ गते लाल बहादुर विक सफाइ पाएर जेलबाट रिहा भए । आज लाल बहादुर बिक आफुले जानेको शीपलाई सदुपयोग गर्दै गहना बनाउने कालिगढको काममा फर्किएका छन् । उनी अहिले आफ्नो परिवार संग खुसि साथ जीवनयापन गरिरहेका छन् भने पत्रकार घिमिरे सहित विकल्प खबर नियमित रुपमा आम नेपाली नागरिकहरुको सरोकारका बिषयमा आवाज उठाई रहेका छन् ।
” धेरै घटनामा विभिन्न मानिसहरुलाई अनुसन्धानको घेरामा ल्याइन्छ । सत्यतथ्य बाहिर आउन तथा पिडीतलाई न्याय दिनको लागि अनुसन्धानमा सघाउनु हाम्रो दायित्व पनि बन्न जान्छ । तर लाल बहादुर जस्ता निर्दोष व्यक्तिहरुलाई ५ वर्षसम्म दुख दिएर , उनको जयज्यथा समाप्त पारेर , मानसिक तथा शारीरिक तनाव दिएर एउटा सिंगो परिवारको जिन्दगी बर्बादी गर्नु राज्यले गरेको अपराध हो ।
हुन त लाल बहादुर विकजस्ताका अमुल्य ५ वर्षको बर्बादी कुनै मुल्यले क्षतिपूर्ति व्यहोर्न सक्दैन , तर बाँकी जीवन स्वदेशमै केहि गरेर जीवनयापन गर्छु भन्दा पनि राज्य मौन छ । क्षतिपूर्ति त परको कुरा , सफाई पाएको ५ महिना पुग्न लागिसक्दा पनि लाल बहादुर विकले आफुले राखेको धरौटि फिर्ता पाएका छैनन् न त उनको सानो घर जग्गा नै फुकुवा हुने छाटकाट छ।
अदालतमा बुझ्द्दा र प्रक्रियाबारे सुन्दा त्यसको लागि अझै वर्षौ लाग्ने देखियो । यता लाल बाहदुर र उनका परिवार भने त्यो धरौटि फिर्ता आउला र मुद्धा लड्दा लागेको रिणको भारि बिसाउला भनेर बसेका छन् । अहिले गरिरहेको ज्याला मजदुरीले यो महंगाईमा परिवारको दुइ छाक टार्नै धौधौ परेको कारण केहि ऋणपान गरेर सानोतिनो व्यवसाय स्वदेशमै संचालन गरेर परिवार पाल्ने सोचेका लाल बहादुर अहिलेपनि आफ्नो घरजग्गा सरकारले कहिले फुकुवा गर्दिन्छ भन्ने पर्खाइमा छन् । ‘ सयौ अपराधि छुटोस तर निर्दोष एक जनाले पनि सजाय नपाओस ‘ भन्ने कानुनि तथा न्यायालयको प्रक्रियामा निर्दोष अन्यायमा पर्नै नहुने हो तर यहाँ निर्दोषले हरेक दुख कठिनाई भोगेपछि निर्दोष ठहरिन्छन । ओहो कस्तो देश ? निर्दोषले न्याय पाउनुपर्ने….” – सविन घिमिरे