-डा. राइनर जिटलम्यान
मेरो नयाँ पुस्तकमा “कसरी राष्ट्रहरु गरिबीबाट बाहिर निस्कन सफल भए” भन्ने कुरा प्रस्तुत गर्दछु । कुनै बेलाका धेरै धनी देशहरू कसरी गरिब हुन पुगे भन्ने बारे केही टिप्पणीहरू पनि यस पुस्तकमा राखेको छु। यी उदाहरणहरू अमेरिका, युरोप लगायत हामी सबैका लागि चेतावनी हुनुपर्छ।
विगत १०० वर्षमा अर्जेन्टिना जति नराम्ररी तल झरेको देश संसारमा सायदै अरु कुनै होला। २० औं शताब्दीको प्रारम्भमा, अर्जेन्टिनाको जनताको औसत प्रतिव्यक्ति आय संसारमा सबैभन्दा उच्च मद्धे एक थियो। त्यो समयमा सामान्यतया “रिच कमे अन अर्जेन्टिन” अर्थात अर्जेन्टिनी जति धनी भन्ने अभिव्यक्ति सुनिन्थियो।
अर्जेन्टिनाको पतन एउटै नामसँग जोडिएको छ “कोलोनेल जुआन डोमिंगो पेरोन”। उनि फेब्रुअरी १९४५ मा राष्ट्रपति निर्वाचित भएका थिए र उनको पहिलो कार्यकाल १९५५ सम्म रह्यो l त्यसबेला पेरोनको राजनीतिक एजेन्डा : ठूलो र बलियो सरकार रहेको थियो । तसर्थ अर्जेन्टिनाको टेलिफोन कम्पनी, रेलवे, ऊर्जा, आपूर्ति, र निजी रेडियो आदिलाई राष्ट्रियकरण गरियो l फलस्वरूप १९४६ देखी १९४९ सम्म मात्र सरकारी खर्च तीन गुणाले बढ्यो। सार्वजनिक क्षेत्रका कर्मचारीहरूको संख्या १९४३ मा २ लाख ४३ हजारबाट बढेर १९५५ मा ५ लाख ४० हजार सम्म पुग्यो – पेरोनको वर्कर्स पार्टीका समर्थकहरूलाई जागिर उपलब्ध गराउन सरकारी निकाय र निजामती सेवामा धेरै नयाँ जागिरहरूको सिर्जना गरियो।
आर्थिक नीति समाजवादी थियो: यद्यपि रेल्वेका लागि यात्रु र माल ढुवानीको मात्रा स्थिर रहेता पनि, कर्मचारीहरूको संख्या ११९४५ र १९५५ बीचमा ५० प्रतिशत भन्दा बढीले बढ्यो। पेरोनिस्ट ट्रेड युनियनहरू अर्जेन्टीनामा सैनिकहरू जतिको शक्तिशाली संगठन हुनपुगे। पेरोनको श्रीमती, इभा ड्वार्टेसलाई एक नायिकाको रूपमा पुज्न थालियो र सामाजिक कल्याणमा पानी सरह पैसा वितरण गरियो ।
सैन्य तानाशाह र पेरोनिनिस्ट सरकारहरूले एकअर्कालाई प्रतिस्थापन गरिरहे, अर्जेन्टिना धेरै भन्दा धेरै ऋणमा डुब्न पुग्यो। १९७३ मा पेरोन तेस्रो पटक सत्तामा आए – र फेरि उनको एजेन्डामा पुर्नवितरण र बढी राज्य नियन्त्रण समावेश थियो। १९७६ देखि १९८३ सम्म अर्जेन्टीनामा सेनाको शासन रह्यो, जसले विपक्षी खेमाका सबै सदस्यहरूलाई क्रूरतापूर्वक यातना दिने काम गर्यो ।
आर्थिक रूपमा अर्जेन्टिनाको इतिहास मुद्रास्फीति, उच्च मुद्रास्फीति, राज्य दिवालियापन र गरीबी हो। अर्जेन्टिनाले १८१६ मा स्वतन्त्रता पाएपछि, अर्जेन्टिना नौ पटक टाट पल्टिसकेको छ l जसमध्ये सबैभन्दा भर्खर २०२० मा टाट पल्टिएको थियो – यस्तो गौरवशाली इतिहास बोकेको देशको लागि दुखद कथा हो, जुन कुनै समय विश्वको धनी मध्ये एक थियो।
खुसीको कुरा यो छ कि अर्जेन्टिनाको धेरै जनताले बुझेका छन् कि उनीहरूको समस्याको एकमात्र समाधान र गरिबीबाट बाहिर निस्कने बाटो भनेको थप पूँजीवाद हो। यही कारण अर्जेन्टिनाका जनताले जेभियर माइलीलाई मतदान गरेका हुन् l जो मान्दछन कि : “राज्य समाधान होइन, राज्य आफैमा समस्या हो” ।
अर्को राष्ट्र पतनको डरलाग्दो उदाहरण भेनेजुएला हो। भेनेजुएला २० औं शताब्दीको सुरुमा ल्याटिन अमेरिकाको सबैभन्दा गरीब देशहरू मध्ये एक थियो l १९६० को अन्त्यसम्म आई पुग्दा सम्म भेनेजुएलाले उल्लेखनीय विकास गरेको थियो।
बिकासको गतिलाई समातेर भेनेजुएला ल्याटिन अमेरिकाको सबैभन्दा गरिब देशबाट धनी देश बन्न पुग्यो। १९७० मा भेनेजुएला संसारको २० औ धनी देशहरुमा पर्न सफल भएको थियो । यहाँका जनताको प्रतिव्यक्ति आय स्पेन, ग्रीक र इजरायलको भन्दा उच्च थियो भने बेलायतका जनताको भन्दा १३ प्रतिशत मात्र कम प्रति व्यक्ति आय थियो ।
१९७० दशकमा भेनेजुएलाको आर्थिक सम्पन्नको अधोगति शुरू भयो। भेनेजुएलाको आर्थिक अवस्था खस्कनुको एउटा कारण विशाल तेल भण्डार माथिको निर्भरता थियो। यस बाहेक अन्य कारणहरू पनि थिए, जसमा श्रम बजारमा अत्याधिक सरकारी नियन्त्रण समावेश थियो, जसलाई १९७४ पछि नयाँ नियमहरूको लहरले झन् कडा बनाइएको थियो। ल्याटिन अमेरिकाको कुनैपनि देशहरुमा (अथवा संसारको कुनै पनि ठाउँमा ) श्रम बजारलाई सायद त्यति धेरै नियन्त्रण गरिएको थियो। १९७२ मा एउटा श्रमिकलाई काममा राख्न (ज्याला रकम भन्दा बाहेक) बार्षिक ५.३५ महिनाको ज्याला रकम बराबर पर्दथ्यो भने १९९२ मा अधिक नियमनको कारण सो रकम बढेर महिनाको ८.९८ सम्म पुग्यो ।
भेनेजुएलाको उदाहरणले यो कुरा दर्साउँछ कि समस्याहरू बढ्ने बित्तिकै मानिसहरू त्यसबाट सिक्छन् भन्ने हुदैन – इतिहास भन्ने कुरा हलिउड फिल्म जस्तो होइन जसमा सुखद अन्त्यको ग्यारेन्टी हुन्छ । यसलाई अर्को तरिकाले भन्दा : परिस्थिति सधैं बिग्रन सक्छ।
चाभेज सन् १९९८ मा राष्ट्रपति निर्वाचित भएका थिए। उनी भेनेजुएलाका धेरै गरिमाहरूका लागि आशाको किरण मात्र थिएनन् – उनको “२१औँ शताब्दीको लागि समाजवाद” को नयाँ प्रकारको चर्चाले युरोपेली र उत्तरी अमेरिकी वामपन्थी सदस्यहरूका बीचमा एउटा काल्पनिक स्वर्गको सपना लाइ पुनर्जागृत गरिदियो । यो कथा कसरी समाप्त भयो भनेर हामीलाई थाहा छ: भेनेजुएलाले पहिले आर्थिक, त्यसपछि राजनीतिक स्वतन्त्रता गुमायो, र आजसम्म ७.५ मिलियन मानिसहरू (जनसंख्याको एक चौथाई) समाजवादी देश छोडेर भागेका छन्। यदि यी सबैकुरा अर्जेन्टिना र भेनेजुएला जस्ता धनी देशहरूमा हुनसक्छ भने, यो कहीं पनि हुन सक्छ।