विकल्प एन अल्टरनेटिभका वाईपि फेलो द्वारा विराटनगरमा ” उद्यमशीलताको विकासमा राज्यको भुमिका ” शिर्षकमा अन्तर माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका भित्र रहेका सामुदायीक तथा नीजि विद्यालयहरुको १९ छात्रछात्राहरूको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिकाको सभाहलमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विकल्प एन अल्टरनेटिभका अध्यक्ष प्रा.डा. भेष प्रसाद धमला थिए । कार्यक्रम पवन काफ्लेको संयोजकत्वमा सम्पन्न भएको थियो ।
आदर्श मावि बाट सुजन खत्री, मिल्स मावि बाट प्रति कुमारी मण्डल, पोखरिया मावि बाट नम्रता रेग्मी, सत्यनारायण मावि बाट दिप्ती पोखरेल, सिद्धार्थ सिसु सदनबाट युभिका कार्की, शिक्षा द्विप कलेज बाट शिरिन भट्टराई , विराट क्याम्पसबाट दिपाअंजली राई, सेन्ट जोसेफ बाट रिजन मिश्र, सेन्ट मेरी स्कुल बाट ग्रिसमा निरौला, अरनिको कलेजबाट कविशा पोख्रेल, विकेविएम बाट एनिशा आचार्य, बिनु मेमोरियल कलेजबाट एन्जल श्रेष्ठ, कोबास कलेज बाट जेशिका यादव, दिल्ली पब्लिक स्कूल बाट खुशी मुन्द्रा, एभरेष्ट स्कुलबाट इशाल भट्टराई , ग्रिन ल्याण्ड कलेजबाट समिक्षा दहाल, कान्तिपुर कलेजबाट वसिम उलाह, मेरिल्याण्ड कलेजबाट एलिसा खतिवडा र अर्चिड कलेजबाट सर्मिचा लुइँटेलले आ-आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागी जनाएका थिए ।
प्रतियोगितामा सहभागी छात्रछात्राहरूले ” उद्यमशीलताको विकासमा राज्यको भुमिका” शिर्षकमा आ-आफ्नो गहन तर्कहरू प्रस्तुत गरि राज्यलाई प्रश्न समेत तर्साएका थिए । किन देशमा उद्यमशीलताको विकास भईरहेको छैन, राज्य कहाँ चुकेको छ र राज्यले के गर्दा उद्यमशीलताको विकास हुन्छ भनेर आफ्नो वाक कला मार्फत फरक-फरक विचार व्यक्त गरेका थिए ।
सहभागी प्रतियोगीहरूको प्रस्तुती र निर्णयक मण्डलको निर्णयले दिल्ली पब्लिक स्कुलको खुशी मुन्द्रा र सत्यनारायण माविको दिप्ती पोखरेलले सान्त्वना पुरस्कार हासिल गरे संगै प्रमाणपत्र, मेडल र गिफ्ट हैम्पर प्राप्त गरे ।
ग्रिन ल्याण्ड कलेजकी समिक्षा दाहालले तेस्रो स्थान प्राप्त गरे संगै नगद रू. दस हजार , प्रमाणपत्र, ट्रफी ,मेडल र गिफ्ट हैम्पर पाइन् ।
शिक्षा द्विप कलेजकी शिरिन भट्टराईले आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भईन। सो बापत उनले नगद रू.पन्ध्र हजार सहित प्रमाणपत्र, ट्रफी, मेडल र गिफ्ट हैम्पर प्राप्त गरिन।
यसैगरी वक्तृत्वकला प्रतियोगिताको प्रथम स्थान हासिल गर्न सफल भए एभरेष्ट स्कुलका इशाल भट्टराई। प्रथम स्थान हासिल गरे संगै भट्टराईले नगद रू. बिस हजार , प्रमाणपत्र, ट्रफी, मेडल र आकर्षक गिफ्ट हैम्पर प्राप्त गरे ।
ह्वाइट मुन सेनेटरी प्याड, नेपाल बिजनेस कलेज र भिजि कलेजले बिजेता हरुलाई आर्थिक रकम प्रदान गरेका थिए भने ह्वाइट मुन सेनेटरी प्याडले सहभागी सबै छात्राहरुलाई आकर्षण गिफ्ट हैम्पर प्रदान गर्नुको साथै विजेताहरूलाई गुड लाइफ फुड एण्ड वेभरेज ले पनि गिफ्ट हैम्पर दिएको थियो।
निर्णायक मण्डलमा युवा उद्यमी मल्ल इन्टरप्राइजेज र वेककप क्याफेका संचालक अभिनायक मल्ल , के के चार्भी सप्लायर्स प्रा.ली का डाइरेक्टर प्रविन अग्रवाल र किन्डरपिलर एकेडेमीका म्यानेजिङ डाइरेक्टर तथा मोरङ्ग व्यपार संघको महिला समिति संयोजक श्रुति शर्मा रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सहभागीहरूलाई शुभकामना दिनुको साथै विराटनगर महानगरपालिका सधैं युवा र उद्यमशीलताको पक्षमा रहेको बताउनुभयो । महानगरले समय समयमा युवा लक्षित विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको जानकारी गराउनु भयो ।
कार्यक्रम बोल्दै कार्यक्रमको अध्यक्ष तथा विकल्प एन अल्ट्रनेटिभका अध्यक्ष समेत रहेका प्रा.डा. भेष प्रधान धमलाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूमा यतिको स्पष्टता, उद्यमशीलताको ज्ञान र राज्यको भुमिका के हो भन्ने कुराको जानकारी हुनु गर्वको कुरा हो साथै देश विकासको आधारस्तम्भ युवा रहेको र युवाले उद्यमशीलता गर्नु पर्ने तथा राज्यले यसको सहज नीतिगत वातावरणको सिर्जना गर्ने हो । यस्ता कार्यक्रम र प्रतियोगिताहरूले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र ज्ञान प्रस्फुटन पनि हुन्छ भन्ने कुरा ब्यक्त गरि सम्पूर्ण प्रतियोगीहरूलाई विशेष धन्यवाद र शुभकामना दिनुभयो ।
विकल्प एन अल्ट्रनेटिभका संस्थापक तथा डाइरेक्टर वसन्त अधिकारी वक्तृत्वकला प्रतियोगिताका सहभागीहरू सोचेको भन्दा राम्रो प्रस्तुति दिएकोमा खुशी व्यक्त गर्नुभयो । हामीले सोचेको र आशा गरेको भन्दा अब्बल र उत्कृष्ट प्रस्तुती दिए विद्यार्थीहरूले, जसले गर्दा हाम्रा निर्णायक मण्डल लाई विजेता छनौट गर्न नै मुस्किल भएको थियो । यो उमेरमा युवाहरुमा उद्यमशीलता प्रतिको यो ज्ञान र सोच हुनु भनेको युवाहरूको भविष्य उज्ज्वल छ , तर राज्यले भने उद्यमशीलता लाई अझ जोडतोडले प्रवर्द्धन गर्नु पर्छ । उद्यमशीलता लाई लक्षित गरि नीति निर्माण र त्यसको कार्यान्वयनमा अझै विशेष ध्यान दिनु पर्ने बताउनुभयो।
विकल्प एन अल्ट्रनेटिभका संस्थापक तथा डाइरेक्टर वसन्त अधिकारीले आजको कार्यक्रम भव्य र सभ्य भएकोमा कार्यक्रम संयोजक पवन लगायत सम्पुर्ण वाईपी टिमलाई धन्यवाद दिनुभयो । साथै विद्यालयहरुले विद्यार्थी पठाएर सहयोग गरेको र विभिन्न संस्था तथा कम्पनीहरूले कार्यक्रमलाई आर्थिक र भौतिक रूपमा सहयोग गरेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा धन्यवाद टक्स्याउनु भयो । साथै थप आगामी दिनहरुमा विकल्पले यस्तै युवा र उद्यमशीलता सँग सम्बन्धित अरू नयाँ कार्यक्रमहरू पनि आयोजना गर्ने बताउनु भयो ।