Browsing: अर्थ-राजनीति

समृद्ध नेपालको निम्ति आर्थिक स्वतन्त्रता अभियान एउटा राष्ट्रव्यापी अभियान हो, जसले गरिबी लाई नेपालको मुख्य समस्याको रूपमा पहिचान गरी सुशासन…

https://www.youtube.com/watch?v=Oan7b6jF7_E&t=1s आज नेपाली नागरिकहरुलाई स्वदेशमा रोजगारीको पर्याप्त सम्भावना नभएको कारण आफ्नो श्रम बेच्न बैदेशिक रोजगारीको सहारा लिनुपर्ने बाध्यता रहेको कुरा…

सिटि रिक्साको आगमनले धेरै न्यून आय भएकाहरुलाई स्वरोजगार बनाइ विदेश पलायन हुनेक्रमलाइ केहिहदसम्म  भएपनि रोक्न सफल भएको छ l यहासम्म कि सिटि रिक्सा चालकहरुले स्वरोजगार बनिदिदा प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ समेत मद्दत पुग्नुको साथै SDG को १७ वटा लक्षहरु मद्धेका धेरै लक्षलाइ आत्मसात गर्दछ l

५ वर्षको उमेरमा पोलियोको सङ्क्रमणमा परि शारीरिक अपाङ्गता लिएर बाचिरहेका ३८ वर्षका मुजाहिद अन्सारी, केही समय अघिसम्म घडी मेकानिकको रूपमा…

आज मोटरसाइकल हरेक नेपालीको निम्ति नितान्त आवस्यकताको साधन भैसकेको अवस्था छ l काममा जान, छोरा-छोरी स्कुल पुर्याउन, जीविकोपार्जनका सामाग्रीहरु ढुवानी…

केही मानिसहरूको बिचारमा १% मानिस (अधिकांश उद्यमी-व्यापारी) हरू सित संसारको आधा सम्पत्ति रहेको छ, जसको कारण संसारमा यतिका धेरै मानिसहरू गरिबी र अभावमा बाच्न बाध्य छन् l सीमित मानिसहरू सित धेरै सम्पत्ति रहेको कुरा स्वीकार गर्न सकिन्छ, तर संसार उनीहरूको कारण गरिब रहेको आरोप गलत छ l
संसारका १ प्रतिशत मानिसहरूसित पैसा जम्मा हुनुभन्दा पहिले के संसार समृद्ध थियो त ? पक्कै पनि थिएन, आजभन्दा २ सय वर्ष अघिसम्म संसारका अधिकांश विकसित देशका जनता समेत गरिबी र अभावमा बाचेको कुरा इतिहासले प्रस्ट्याउदछ l बरु संसार उद्यमी तथा व्यापारीहरूको नवीनतम सोच, बस्तु तथा सेवाको योगदानको कारण यो सम्पन्नताको अवस्थामा आइपुग्न सफल भएको हो भनेर भन्दा फरक पर्दैन l

कुनै बेला सीमित मानिसहरू बाहेक अधिकांश मानिसहरू अभाव र गरिबीमा बाच्नु पर्ने बाध्यता थियो l बिजुली बत्ती, टेलिफोन, घडी, क्यामेरा, कम्प्युटर, रेडियो, टेलिभिजन, जुत्ता-चप्पल, कापी, किताब, कलम आदि जस्ता सबै कुराहरू धेरै मानिसहरूको निम्ति विलासीताका विषय थिए l केही सीमित धनाढ्य र राजा-महाराजाहरूले मात्र यी सबैकुराहरुको उपयोग गर्ने पहुँच र सामर्थ्य राख्दथे l तर आज ती सबै कुराहरू आम नागरिकहरूको पहुँचको विषय बनेका छन्, जुन पुजिबादि विकास कै देन हो l