विराटनगर / सविन घिमिरे। मान्छे अपहरण गरेर शरीर बन्धक बनाएको आरोप लागेका शाहेनशाह सिद्दिकी (अब्दुल खत्ताब ) यतिबेला प्रहरी हिरासतमा जिल्ला प्रहरी कार्यालय मोरङमा छन् । खत्ताबलाई उनका कम्पनी नेपाल टाइम्स प्रा लि का २० प्रतिशत साझेदारी पाएका पार्टनर अरुण राठीले आफुलाई अपहरण गरेको र बलजफ्ती १५ लाख फिरौति लिएर छोडेको आरोप लगाई प्रहरीमा किटानी जाहेरी दिएका थिए । खत्ताब विरुद्ध पक्राउ पुर्जी जारी भएको केहि दिन पछि फेसबुकमा स्टेटस लेखि खत्ताब आफै प्रहरीकहा गएका थिए ।
खत्ताबले ६ वर्ष अगाडी स्थापना गरेका प्रदेश १ मै प्रतिष्ठित नेपाल टाइम्समा अरुण राठी २ वर्ष अघि मात्र जोडिएका हुन् । नेपाल टाइम्समा लगानी लगाउन धेरैजना इच्छुकहरु बढेसंगै नेकपा एमालेका नेता तथा उद्योगी अरुण राठीले नेपाल टाइम्स मिडिया प्रालिको २० प्रतिशत शेयर २० लाखमा खरिद गरेका थिए । काम गर्दै जाँदा बीचमा राठी र खत्ताबबीच टकराव आएको र मिडिया हाउसमाथिको स्वामित्व कसले आफ्नो पकडमा पार्ने होडबाजी चलिरहेको दुवैलाई नजिकबाट चिन्नेहरुले बताएका थिए ।
२० प्रतिशत शेयर खरिद गरेका राठीले नेपाल टाइम्स खरिद गर्न गरेको प्रस्ताव आफुले इन्कार गरेको कारण आफुमाथि षड्यन्त्र भएको खत्ताबले बताउदै आएका छन् । राठीले बारम्बार ” कि कम्पनी म किन्छु , कि पुरै सिध्याई दिन्छु ” भने बमोजिम रचिएको षड्यन्त्रको कारण अहिले आफुले दुख र सास्ती भोग्नु परेको खत्ताबले बताएका छन् । ” त्यतिका वर्ष दुख , कष्ट र संघर्ष गर्दै स्थापित गराइएको कम्पनी न बेच्छु न त सक्न नै दिन्छु ” भनेपछि आफुलाई फसाइएको खत्ताबको दावी छ ।पत्रकारसंगको कुराकानीमा खत्ताबले नेपाल टाइम्सलाई सिध्याउनको लागि अहिले आफुलाई हिरासतमा पुर्याइएको र विस्तारै नेपाल टाइम्स सक्न अन्य खेल पनि शुरु हुन सक्ने शंका व्यक्त गरेका छन्।
राठीले आफुलाई मंसिर १३ गते अब्दुल खात्ताबले फोन गरी भिडीयो अन्तरवार्ता गर्न बोलाएका र भोलिपल्ट भिडीयो खिच्न जाँदा आफुलाई अपहरण गरिएको आरोप लगाएका छन्। भिडियो खिचिसकेपछि आफुलाई बाधेर फिरौती मागेको र आफुले १५ लाख बराबरको चेक खात्तबलाई दिएको राठीको दावी छ । आफुलाई भिडियो खिच्ने बहानामा फकाईफुल्याई नेपाल टाइम्सको पुरानो अफिसमा अपरिचित व्यक्तिको सहयोगमा फलामको तारले बाधेर बन्धक बनाएको राठीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
यता नेपाल टाइम्सको वर्तमान अवस्था बुझ्दा राठीकै ३ वटा सहित ५ वटा विज्ञापन रोकिनु बाहेक हाल कम्पनीको काम पहिलाकै अवस्थामा चलिरहेको पाइएको छ । खत्ताब हिरासतमा गएपछि एकदुर्इ दिन राठी पक्षका केहि मानिसहरु कार्यालयमा आएर हेर्दै बुझ्दै जाने क्रम चलेको पनि बताइएको छ । दुई संचालक बीचको विवादले कम्पनीका कर्मचारीहरुको मनोभाव केही खस्किएपनि नेतृत्व बीचको विवादका बीच पनि त्याहा कार्यरत पत्रकारहरुले मिडिया हाउसबाट दैनिक दर्शक र पाठकहरुले पाउँदै आएको सूचनाको हक भने मर्न दिएका छैनन् । नेपाल टाइम्सबाट दैनिक रुपमा प्रकाशन तथा प्रशारण हुने नियमित कार्यक्रम र ताजा समाचार बुलेटिनहरु अहिलेपनि पूर्ववत अवस्थामा नै चलिरहेको एक कर्मचारीले बताएका छन् ।
भविष्यमा यो घटनाले नेपाल टाइम्सलाई केहि असर गर्न सक्छ वा सक्दैन भन्ने हाम्रो जिज्ञासामा कर्मचारी तथा संस्थापकहरुको लगनशीलताले गर्दा छोटो समयमै जनप्रिय बनेको यस मिडिया हाउसलाई कसैले पनि डुबाउने मनशाय लिएमा यहा आश्रित पत्रकार तथा कर्मचारीहरुको रोजगार खोसिनुका साथै करोडौ दर्शक तथा पाठकहरु पनि नेपाल टाइम्स मार्फत मिलिरहेको समाचार, सुचना तथा जनचेतनामुलक सामाग्रीहरुबाट बन्चित हुनुपर्ने अवस्था आउने कर्मचारीहरुले बताएका छन् । अहिलेको घटनाको प्रहरी अनुसन्धानमा आवश्यक परेको खण्डमा कर्मचारीले सहयोग गरेको र गरिरहने पनि कर्मचारीहरुको भनाइ छ। कर्मचारीहरुले घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य तत्काल बाहिर आउनुपर्नेमा पनि जोड दिएका छन् ।
हाल खत्ताबको पक्षमा अधिवक्ता स्वागत नेपाल वकालत गरिरहेका छन् भने अन्य अधिवक्ताहरुले पनि यस घटनालाई नजिकबाट नियालिरहेका छन् । अपहरण र बन्धक बनाइएको भनिएको आरोप निराधार रहेको कानुनविधको तर्क छ। उता राठी पक्षका अधिवक्ताको राठी अपहरणमा परेका हुन् भनेर दावी गरिरहेका छन् । यस घटनाको प्रहरीले अनुसन्धान सक्काएको छ भने अब थुनछेक बहस हुनेछ ।
1 Comment
Satyatathiy samay ka sath bahir aaune cha.
M Arun Rathi lai media chalaune kunai experience nai chain, m kasri kunai media yatikai lin sakchau.
Tyaha 4 jana partner chan.
Aik jana sag matra kura garer kunai company kasri lin sakinch?
Baki raheka partner lai pani company hatiyaune bisay ma sodhnu parch ki?
Mlai kunai byapar wa prstisdha ko kami chain ki maile hatiyaune parch r m tystho manche pani hoin.