विराटनगर। कोशी हस्पिटलमा मृत घोषणा गरिएको विराटनगरका एक १७ दिनका शिशुलाई दाहसंस्कार गराउन लगिएको बेला जिउदै भेटिएपछि पुन : अस्पताल फर्काइएको छ ।
शिशुको परिवार सदस्यले बताए अनुसार घरमा बच्चा अस्वस्थ भएको अनुमान गरिएपछि परिवारले बुधबार विहान कोशी अस्पतालमा उपचारको लागी लगेका थिए । उपचारको क्रममा कोशी अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए। दाह संस्कार गर्ने बेलामा शिशुको शरिर चल्न थालेपछि परिवारले तुरुन्त विराटनगरको गोल्डेन अस्पतालमा उपचार उपचारको लागि ल्याएका थिए। शिशुको अहिले सघन कक्षमा उपचार भइरहेको छ।
शिशु जिवितै पाइएपछि आक्रोशित बनेका आफन्तले कोशी अस्पतालमा डिउटीमा खटेका दुई जना चिकित्सक माथि कुटपिट समेत गरेका छन् ।