Browsing: समाचार

सरकारको मुख्य भूमिका विधिको सासान स्थापित गर्ने, नागरिकहरूको जीउधनको सुरक्षाको प्रत्याभूति गराउने, नागरिकहरूलाई सहज रूपले गरी खान सक्ने वातावरण तयार गरिदिने, सार्वजनिक हितका कामहरू जस्तै: बाटो, पुल, बिजुली, खाने पानी, शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा आदि जस्ता सेवाहरू प्रभावकारी तवरले प्रदान गरिदिने आदि हो l न कि नागरिकहरूको ब्याक्तिगत तथा आर्थिक स्वतन्त्रता माथि प्रहार गरी उनीहरूको जीवनलाई कठिन बनाउनु l सरकारले त्यही काम गर्न तर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ, जुन काम गर्न नागरिकहरू आफू सामर्थ्य हुँदैनन् l सरकारको उपस्थिति जहाँ हुनुपर्ने हो त्यहाँ नभएर, जहाँ नहुनु पर्ने हो त्यहाँ भएको खण्डमा नागरिकहरूले अनायासै दुक्ख पाउने स्थिति निम्तिनुको साथै उनीहरूले तिरेको करको रकमको सही सदुपयोग नहुने सम्भावना बढेर जान्छ l

नेपालमा हरेक राजनीतिक उतारचढावसँगै नयाँ आउने नेतृत्वले शिक्षा पद्वतिलाई आफ्नो उद्देश्य प्राप्तिका लागि आफू अनुकुल परिवर्तन गर्दै लगेको  बितेका लगभग…