विराटनगर। विकल्प एन अल्टरनेटिभद्वारा आयोजित ‘ विकल्प भिडियो प्रतियोगिता- २०२५’ को प्रथम पुरस्कार संगम पौडेलले प्राप्त गर्नु भएको छ। आज संस्थाले आफ्नो सामाजिक सञ्जाल संस्थामा प्रतियोगिताका विजेताहरूको नाम सार्वजनिक गर्दै पौडेलले प्रथम पुरस्कार प्राप्त गर्नु भएको घोषणा गरेको हो।
‘नेपाली समाजमा ई-रिक्सा’ को भूमिका विषयक भिडियो प्रतियोगितामा पौडेलले प्रथम स्थान हासिल गर्दा सत्य राजवंशी दोस्रो, सीताराम कोइराला तेस्रो र चौथो स्थानमा अनिश खनाल रहनु भएको थियो।
विकल्पका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले नेपाली समाजले ई-रिक्साको भूमिकालाई कसरी लिइरहेको र ई-रिक्सा सवारी चालक पत्र तथा कानुनी प्रावधानको विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित भिडियो प्रतियोगिता आयोजना गरिएको बताउनु भयो। अधिकारीले विकल्पले लामो समयदेखि ई-रिक्साको बिक्री अनुमति देखि लिएर नीति-निर्माण तथा लाइसेन्स र ई-रिक्सा सवारीचालकहरूको जीविकोपार्जनको विषयमा वकालत र पैरवी समेत गर्दै आएको जानकारी दिनु भयो।
विकल्पकी कार्यक्रम संयोजक रानु साहले भिडियो प्रतियोगितामा सहभागी २५ बढी प्रतियोगीहरू मध्येबाट शीर्ष चारको चयन गरिएको जानकारी दिनु भयो। उहाँले प्रतियोगिताका विजयीहरूले बुधबार एक कार्यक्रमबिच नगद पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गरिने बताउनु भयो।


