विराटनगर। कोशी प्रदेश सरकारले आन्तरिक तथा कानून मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई पदस्थापन गर्ने निर्णय गरेको हो।
त्यस्तै, बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।
बोर्डमा कार्यकारी भूमिका रहने सदस्य सचिव पदमा प्रदेश सरकारले समयमै नियुक्ति नगर्दा कर्मचारीहरूलाई तलब खुवाउन समेत कानुनी कठिनाई रहेकोले अर्को व्यवस्था नभए सम्म उपसचिव सिग्देललाई सदस्य सचिवको जिम्मेवारी दिइएको जनाइएको छ।


