विराटनगर। मंजिना मुभिज क्रिएसनको आयोजना र विराटनगर महानगरपालिकाको मुख्य प्रवर्द्धनमा जारी ५ औँ संस्करणको सडक महोत्सव आज समापन हुने भएको छ । माघे संक्रान्तिको अवसर पारेर सुरु भएको ५ औँ संस्करणको विराट सडक महोत्सव आज समापन हुने भएको हो ।

कोशी प्रदेशमा रहेका विभिन्न जातजातिका खानाका परिकार र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य साथ सुरु भएको महोत्सवको पाचौँ दिन समापन हुन लागेको आयोजक मंजिना मुभिज क्रिएसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनु भयो। ताम्राकारले २५ वटा खाना तथा वस्तुको स्टल रहेको महोत्सवमा हालसम्म २० लाखको कारोबार भैसकेको प्रारम्भिक तथ्यांक रहेको र अन्तिम दिनमा थप ५ देखि ७ लाखको कारोबार हुने अनुमान रहेको जानकारी दिनु भयो।

महोत्सवमा विराटनगरलगायत मोरङ र सुनसरीका विभिन्न स्थानबाट गरेर गरेर झन्डै ५-७ हजार व्यक्तिहरूले अवलोकन गरिसकेको ताम्राकारले बताउनु भयो।
महोत्सवमा हरेक साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिँदै आइरहेको छन्। महोत्सवको अन्तिम दिन आज शुभम न्यौपाने एण्ड द ब्याण्ड, संस्कृति ब्याण्ड, डिजे एके र परितोष गिरीको प्रदर्शनी रहने छ।

यस अघि दशैँको छेको पारेर आयोजना गर्ने गरिएको सडक महोत्सव देशमा भएको जेन-जी आन्दोलन र विषम राजनीतिक परिस्थितिका कारण यस पटक माघे संक्रान्तिको अवसर पारेर सुरु गरिएको थियो।


