विराटनगर। नेकपा एमालेले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा मोरङका निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट हस्तान्तरण गरेको छ। आज विराटनगरस्थित एमाले पार्टी कार्यालयमा उम्मेदवारहरूलाई टिकट हस्तान्तरण गरेको हो।
एमालेले मोरङ क्षेत्र नं १ बाट घनश्याम खतिवडा, क्षेत्र नं २ वटा दिलीप अग्रवाल बगडिया, क्षेत्र नं ३ मा इरान राईलाई उम्मेदवार बनाएको छ। त्यस्तै, मोरङ क्षेत्र नं ४ मा जीवन घिमिरे, क्षेत्र नं ५ मा मनोज अग्रवाल र क्षेत्र नं ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ।
उम्मेदवारहरूलाई टिकट हस्तान्तरण गर्दै नेकपा एमालेका सचिव शेरधन राईले एमाले निर्वाचनमा एक ढिक्का भएर जाने भन्दै एमालेले कोशी प्रदेशमा दुई तिहाई सिट जित्ने दाबी गर्नु भएको थियो।


