विराटनगर। नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिले मोरङस्थित बुढीगंगा गाउँपालिकालाई ५० थान ब्लाङ्केट हस्तान्तरण गरेको छ। आज विराटनगरस्थित सिएनआई कोशीको सचिवालयमा महानिर्देशक विजयहरि शर्माले उक्त ब्लाङ्केट गाउँपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको हो।
ब्लाङ्केट हस्तान्तरण गर्दै महानिर्देशक शर्माले गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरको विशेष अनुरोधमा पालिकाका सीमान्त, विपन्न र असहाय नागरिकहरूलाई जाडो र शीतलहरबाट जोगिन मदत पुग्ने विश्वास लिएको बताउनु भएको थियो। शर्माले सीएनआई कोशीले विगतका वर्षहरूमाझैँ संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउँदै आगामी दिनहरूमा समेत समुदायसँगको सहकार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
ब्लाङ्केट ग्रहण गर्दै गाउँपालिकाका प्रतिनिधिहरूले सहयोगलाई लक्षित वर्ग समक्ष पुर्याउने बताउनु भएको थियो।


