विराटनगर। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूले धमाधम मनोनयन दर्ता गराईरहेको छन् । आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउने अन्तिम दिन उम्मेदवार हुन चाहने व्यक्तिहरूले देशैभर उम्मेदवार दर्ता गराईरहनु भएको हो।
निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न आज कार्यालय समय सम्मको समय तोकेको छ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले दल वा स्वतन्त्र रूपमा आज बिहानैदेखि उम्मेदवारी दर्ता गराईरहेका छन्।


